NFPJ Nepal

NFPJ Nepal Photojournalists NFPJ is also striving to develop visual literacy in the country. NFPJ already has more than 200 working Photo Journalists as the member.

NFPJ is a group of Photo Journalists working for online, daily newspapers, weekly, fortnightly and monthly magazines with the objective of promoting Photo Journalism activites and especially preserving and advocationg for the rights of Photo Journalism in Nepal. NFPJ plans to have programmes to assist Photo Journalists to promote their photographs worldwide. NFPJ, established in 1997 has already conducted Photography/Photo Journalism workshops. Each year members of the forum have been participating the Photo Contests such as World Press Photo, etc.

NFPJ NEPAL PROUDLY PRESENTSINTERNATIONAL PHOTOGRAPHY SUMMIT NEPAL 2027ONE WORLD. ONE LENS. ONE STORY.April 26-28 2027 (1...
25/09/2026

NFPJ NEPAL PROUDLY PRESENTS
INTERNATIONAL PHOTOGRAPHY SUMMIT NEPAL 2027
ONE WORLD. ONE LENS. ONE STORY.
April 26-28 2027 (13-15, 2084) | Kathmandu, Nepal
Coming Soon
“Celebrating 100 Years of Nepalese Photojournalism, Connecting Photographers across the World, and Shaping the Future of Visual Storytelling.”

Organizer By: National Forum of Photojournalists (NFPJ NEPAL)

📢 सूचनाराष्ट्रिय फोटो पत्रकार समूहका सदस्यहरुको लागि  एकदिने कार्यशाला सञ्चालन हुने भएकाले निम्न मिति र समयमा  उपस्थ्तिक...
25/09/2026

📢 सूचना

राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यहरुको लागि एकदिने कार्यशाला सञ्चालन हुने भएकाले निम्न मिति र समयमा उपस्थ्तिको लागि हार्दिक अनुरोध गरिन्छ।

📍 स्थान: शहीद शुक्र माध्यमिक विद्यालय, पुरानो बसपार्कको ठीक पछाडिको बाटोमा
🕢 समय: बिहान ७:३० बजे देखि १०:०० बजेसम्म
💻 विशेष अनुरोध: सहभागीहरूले ल्यापटप अनिवार्य रूपमा साथमा ल्याउनुहोला।

23/09/2026

यात्रा निरन्तर रसुवाको सोचेको भन्दा बिल्कुल फरक बाटो

22/09/2026

30th anniversary celebration of NFPJ Nepal

Celebrating 30 years of dedication, vision, and the power of visual storytelling.Warmest congratulations to National For...
22/09/2026

Celebrating 30 years of dedication, vision, and the power of visual storytelling.

Warmest congratulations to National Forum of Photo Journalists (NFPJ Nepal) on completing three remarkable decades of preserving moments, capturing truth, and strengthening the voice of photojournalism.

Wishing NFPJ continued success and many more milestones ahead.

With best wishes from:
Nepal On The Web | Plutonic Media | Plutonic Tech

Thank you for the wishes,
22/09/2026

Thank you for the wishes,

Celebrating 30 years of dedication, vision, and the power of visual storytelling.

Warmest congratulations to National Forum of Photo Journalists (NFPJ Nepal) on completing three remarkable decades of preserving moments, capturing truth, and strengthening the voice of photojournalism.

Wishing NFPJ continued success and many more milestones ahead.

With best wishes from:
Nepal On The Web | Plutonic Media | Plutonic Tech

22/09/2026

NFPJ Nepal ३०औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

मितिः २०८३÷०६÷०६३०औँ स्थापना दिवसको हार्दिक शुभकामनाराष्ट्रिय फोटोपत्रकार समूह ( एनएफपिजे ) नेपालको ३०औँ स्थापना दिवसको ...
22/09/2026

मितिः २०८३÷०६÷०६

३०औँ स्थापना दिवसको हार्दिक शुभकामना

राष्ट्रिय फोटोपत्रकार समूह ( एनएफपिजे ) नेपालको ३०औँ स्थापना दिवसको सुखद अवसरमा नेपालभर तथा विदेशमा रहनुभएका सस्थाका सम्पूर्ण फोटोपत्रकार, सञ्चारकर्मी, सदस्य, शुभेच्छुक तथा सहयोगी संस्थाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तीन दशकको गौरवपूर्ण यात्रामा राष्ट्रिय फोटोपत्रकार समूहले फोटोपत्रकारको पेशागत हकहित, क्षमता विकास, व्यावसायिक मर्यादा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको छ । इतिहासका महत्वपूर्ण राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्राकृतिक घटनाहरूलाई तस्बिरमार्फत अभिलेखीकरण गर्दै समाज र राष्ट्रलाई सत्यको दृश्य दस्तावेज प्रदान गर्न नेपाली फोटोपत्रकारहरूले पु¥याउँदै आएको योगदान अत्यन्त महत्वपूर्ण छ ।
“तस्बिर केवल दृश्य होइन, समयको साक्षी र इतिहासको दस्तावेज पनि हो ।” यही मान्यतालाई आत्मसात् गर्दै एनएफपिजे नेपालले नयाँ पुस्ताका फोटोपत्रकारलाई प्रोत्साहन गर्ने, सीप तथा प्रविधिको विकास गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्ने र फोटोपत्रकारितालाई थप मर्यादित तथा व्यावसायिक बनाउने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल र डिजिटल सञ्चारको विस्तारसँगै फोटोपत्रकारिताको स्वरूप पनि परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा विश्वसनीयता, सत्यता, व्यावसायिक आचारसंहिता र मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै जिम्मेवार फोटोपत्रकारिताको अभ्यास गर्नु आजको प्रमुख आवश्यकता हो । यस ३०औँ स्थापना दिवसले हाम्रो विगतको योगदानको सम्मान गर्दै आगामी यात्राका लागि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ प्रतिबद्धता प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रदीपराज वन्त
केन्दीय अध्यक्ष
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे ) नेपाल

राष्ट्रिय फोटो पत्रकार समूह  (एनएफपिजे, नेपाल) ३०औँ वर्षमा प्रवेशकाठमाडौं । नेपालको फोटो पत्रकारिताको संस्थागत विकास, प्...
22/09/2026

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ३०औँ वर्षमा प्रवेश

काठमाडौं । नेपालको फोटो पत्रकारिताको संस्थागत विकास, प्रवर्द्धन र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल आजदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ।

फोटो पत्रकारहरूको हकहित, व्यावसायिक क्षमता अभिवृद्धि तथा नेपाली फोटो पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित स्थापना भएको एनएफपिजे नेपालले तीन दशकको यात्रामा विभिन्न महत्वपूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ।

समाचार, संस्कृति, पर्यटन, कला, सामाजिक जीवन तथा देशमा भएका महत्वपूर्ण राजनीतिक, सामाजिक र प्राकृतिक घटनाक्रमलाई तस्वीरमार्फत अभिलेखीकरण गर्दै आएको एनएफपिजे नेपालले फोटो पत्रकारिताको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। संस्थाले फोटो प्रदर्शनी, फोटो प्रतियोगिता, तालिम, कार्यशाला, अन्तर्राष्ट्रिय फोटो आदानप्रदान तथा विभिन्न सामाजिक एवं मानवीय गतिविधिमार्फत आफ्नो भूमिका विस्तार गर्दै आएको छ।

विशेषगरी विश्व फोटोग्राफी दिवस, राष्ट्रिय फोटो पत्रकारिता दिवस, फोटो प्रदर्शनी तथा फोटो पत्रकारिता सम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको संस्थाले नयाँ पुस्ताका फोटो पत्रकारलाई व्यावसायिक र प्रविधिमैत्री बनाउन पनि निरन्तर पहल गर्दै आएको छ।

तीन दशकको यात्रालाई संस्थाले केवल वर्षगाँठका रूपमा मात्र नभई नेपाली फोटो पत्रकारिताको विगत, वर्तमान र भविष्यलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। पछिल्लो समय डिजिटल प्रविधि, ड्रोन, मोबाइल पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स तथा सामाजिक सञ्जालको तीव्र विकाससँगै फोटो पत्रकारितामा आएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले आफ्ना गतिविधिलाई थप समयसापेक्ष बनाउँदै आएको छ।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा संस्थाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, पेशागत हकहित तथा नेपाली फोटो पत्रकारिताको अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महासचिव घनश्याम श्रेष्ठसहित केन्द्रीय समितिले संस्थागत गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

संस्थाका वरिष्ठ उपाध्यक्ष एल.वि. सागर श्रेष्ठले तीन दशकको यात्रा फोटो पत्रकारहरूको निरन्तर मेहनत, योगदान र एकताको परिणाम भएको बताउँदै आगामी दिनमा फोटो पत्रकारितालाई अझ प्रविधिमैत्री, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

तीन दशकको यात्रामा एनएफपिजे नेपालसँग जोडिएर नेपाली फोटो पत्रकारिताको विकासमा योगदान पुर्‍याउने संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, फोटो पत्रकार, शुभेच्छुक तथा सहयोगी सबैप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ।

३०औँ वर्ष प्रवेशसँगै एनएफपिजे नेपालले नेपाली फोटो पत्रकारिताको इतिहासलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई जोड्ने, पेशागत क्षमता अभिवृद्धि गर्ने र नेपालको कला, संस्कृति, पर्यटन तथा सामाजिक जीवनलाई तस्वीरमार्फत विश्वसामु चिनाउने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

हार्दिक शुभकामनाराष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (NFPJ Nepal)को ३०औँ स्थापना दिवसको सुखद अवसरमा सम्पूर्ण अग्रज, संस्था...
22/09/2026

हार्दिक शुभकामना

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (NFPJ Nepal)को ३०औँ स्थापना दिवसको सुखद अवसरमा सम्पूर्ण अग्रज, संस्थापक, पूर्व तथा वर्तमान पदाधिकारी, सदस्य, फोटो पत्रकार एवं शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तीन दशकको गौरवपूर्ण यात्रामा राष्ट्रिय फोटो पत्रकार समूहले नेपाली फोटो पत्रकारिताको विकास, संरक्षण र प्रवर्द्धनसँगै समाज, राष्ट्र र इतिहासका महत्वपूर्ण घटनाहरूलाई तस्बिरमार्फत अभिलेखीकरण गर्दै आएको छ। फोटो केवल एउटा तस्बिर मात्र नभई समय, समाज र इतिहासको जीवन्त दस्तावेज हो भन्ने मान्यतालाई स्थापित गर्न संस्थाले पुर्‍याएको योगदान महत्वपूर्ण छ।

परिवर्तित प्रविधि र डिजिटल सञ्चारको युगसँगै फोटो पत्रकारितामा नयाँ अवसरसँगै चुनौतीहरू पनि थपिएका छन्। आगामी दिनमा संस्थाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता, प्रेस स्वतन्त्रता तथा फोटो पत्रकारहरूको पेशागत हकहितको संरक्षण गर्दै अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं।

३०औँ स्थापना दिवसले राष्ट्रिय फोटो पत्रकार समूहलाई थप एकताबद्ध, सशक्त र गौरवपूर्ण यात्रातर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस्। नेपाली फोटो पत्रकारिताको उन्नति र विकासमा संस्थाको योगदान अझ फराकिलो बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

३०औँ स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल परिवार

Address

Kathmandu
44621

Alerts

Be the first to know and let us send you an email when NFPJ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NFPJ Nepal:

Shortcuts

Share