Pako Pukhudyaa Manandhar Sana Khalaa

Pako Pukhudyaa Manandhar Sana Khalaa Private Guthi Organisation

बर्षौंको लगनको लागि सम्मान..... हरिबहादुर मानन्धर र श्याम कुमार परियार
14/09/2026

बर्षौंको लगनको लागि सम्मान..... हरिबहादुर मानन्धर र श्याम कुमार परियार

पारू भ्वय् २०८३
14/09/2026

पारू भ्वय् २०८३

ने. सं ११४६ को गुँला पर्वको अन्तिम दिन ।PC : Suroz Manandhar
12/09/2026

ने. सं ११४६ को गुँला पर्वको अन्तिम दिन ।

PC : Suroz Manandhar

गुँलाको हरेक शनिबार नजिकका विभिन्न बौद्ध बहाल, बही घुम्ने सिलसिलामा आज बिष्णुमति खोला नजिक रहेको ऐतिहासिक तथा धार्मिक मह...
12/09/2026

गुँलाको हरेक शनिबार नजिकका विभिन्न बौद्ध बहाल, बही घुम्ने सिलसिलामा आज बिष्णुमति खोला नजिक रहेको ऐतिहासिक तथा धार्मिक महत्व भएको खुसीबहीको परिक्रमा गरियो ।

खुसीबही (आधिकारिक नाम: नदी सङ्गम महाविहार) काठमाडौँको ऐतिहासिक तथा धार्मिक स्थल हो, जुन काठमाडौँ महानगरपालिकाको वडा नं. १३, विष्णुमती नदीको किनारमा अवस्थित छ। 'खुसी' को अर्थ नेवारी भाषामा नदी र 'बही' को अर्थ बौद्ध विहार हुने भएकाले नदीको किनारमा रहेका कारण यसलाई 'खुसीबही' भनिएको हो।

हाम्रो गुथिका गुथियार श्री नरेन्द्र मानन्धरज्यु Narendra Manandharका अनुसार प्राचिनकालमा पश्चिमका खसहरूले आक्रमण गरि विभिन्न कालखण्डमा खुसीबही जलाई दिएको मानिन्छ। हाल पहिलेको जस्तो बाैद्व विहार अस्तित्व नरहेपनि केही ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तुहरू यहाँ रहेका छन्। जसमा तिब्बती लिपीमा स्वर्ण तथा चाँदीले लेखिएका प्रज्ञापारमिता ग्रन्थ केही पाना र महासिद्व गुरु नारोपाले बजाउने काँङ्गलिग (मानिसको तिघ्राको हड्डी वा नलि हाडबाट बनाईएको तान्त्रिक धार्मिक बाजा जुन विशेष गरी वज्रयान र छोड परम्परामा तन्त्र अभ्यासमा प्रयोग गरिन्छ। यो विहार तत्कालीन कान्तिपुर नगर क्षेत्रको बाहिर सुनसान स्थानमा स्थापना गरिएको र यही महासिद्व गुरु नारोपाले साधन गरेको मानिन्छ। त्यसैले वज्रयान परम्पराका बाैद्व सिद्व, रिम्पोछे र लामा गुरूहरू यहाँ गएर पूजा, साधना र भ्रमण गर्ने गर्दछ।

PC : Binaya Manandhar, Suroz Manandhar, Àbhishek Manandhar

09/09/2026

थौं जुग चह्रे, यें पञ्चदान जुग फेरेजुगु दिन कलयुग सुरू जुगु दिन।। स्वयम्भू सं दापा थाना च्वनागु।।

थौं जुग चह्रे, यें पञ्चदान जुग फेरेजुगु दिन कलयुग सुरू जुगु दिन।। स्वयम्भू सं दापा थाना च्वनागु।।
09/09/2026

थौं जुग चह्रे, यें पञ्चदान जुग फेरेजुगु दिन कलयुग सुरू जुगु दिन।। स्वयम्भू सं दापा थाना च्वनागु।।

22/08/2026

वि.सं. २०३७ सालदेखि स्थगित रहँदै आएको गुँलागा दशमीका दिन गुह्येश्वरी मन्दिरमा गई दाफा बाजा बजाउने ऐतिहासिक प्रचलन आज ४८ वर्षपछि गुँलाथ्व दशमीका दिन (शनिबार पारेर ) पुनः ब्युँताइएको छ। यस वर्ष पाक्व पुखुद्यां मानन्धर सना: खलः को सांस्कृतिक उपसमितिको सक्रियतामा यो पुरानो सांस्कृतिक परम्परालाई पूर्ण रूपमा सुचारु गरेको हो। आज स्वयम्भूमा गुँला पर्वको नियमित पूजाआजा सम्पन्न गरी करिब ४० जनाको सहभागितामा गुह्येश्वरी मन्दिरका साथै बौद्ध स्तूपमा दाफा बाजा र धा: बाजा प्रस्तुतिसहितको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
विभिन्न आन्तरिक कारणवश वि.सं. २०३५ देखि २०५२/५३ सम्म खलः को बाजा अवरुद्ध हुन पुगेको थियो। तत्पश्चात, वि.सं. २०५२/५३ पछि पुराना र नयाँ पुस्ताको संयुक्त पहलमा यस खल: को बाजा बजाउने कार्य पुनः प्रारम्भ गरिएको थियो। वर्तमान समयमा सांस्कृतिक उपसमितिले कार्यसमितिसँगको समन्वय र नयाँ पुस्ताको सक्रिय सहयोगमा पुर्खादेखि चलिआएका परम्परा, सांस्कृतिक गतिविधिहरू तथा पुराना बाजाहरू जस्तै खिं, कोचाखिं, ब्य, पोंगा र बाँसुरी आदिको संरक्षण गर्दै यस ऐतिहासिक धरोहरलाई पूर्ण रूपमा पुनर्जीवित गरिरहेको छ।

17/08/2026
PC : Anish Manandhar
17/08/2026

PC : Anish Manandhar

Address

Ward No 22, Pako
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pako Pukhudyaa Manandhar Sana Khalaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share