Sunuwar Artist and Filmmaker Society

Sunuwar Artist and Filmmaker Society This is an official page of "Sunuwar Artist and Filmmamker Society."

हिजो मिति २०८३ साल असार २० गते आयोजना भएको सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिको चौथो महाधिवेशनको बन्द...
05/07/2026

हिजो मिति २०८३ साल असार २० गते आयोजना भएको सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिको चौथो महाधिवेशनको बन्द सत्रबाट लक्ष्मी सुनुवारज्यूको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ । चौथो महाधिवेशन सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, उपस्थिति सम्पूर्ण महानुभावहरु तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिनुहुने सम्पूर्णमा सुकच परिवार हार्दिक आभार प्रकट गर्दछौं । नव निर्वाचित कार्य समितिले संस्थालाई अझ धेरै माथि पुराउने कार्यक्रमहरु गर्नेछ । नव कार्य समितिलाई धेरै धेरै बधाई अनि सफल कार्यकालको शुभकामना ।
अध्यक्षः लक्ष्मी सुनुवार
उपाध्यक्षः इँगिहोपो कोँइच सुनुवार
महासचिवः निर्भीक सुनुवार
सचिवः सगिना स्राइन सुनुवार
कोषाध्यक्षः मणिराज सुनुवार किरात
सदस्यः केर डि कोँइच लिनुच
सदस्यः सुजु सुनुवार
सदस्यः नवीन कुमार सुनुवार
सदस्यः रोशन रापचा सुनुवार
Sukacha Samaj

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिको ‘चौथो महाधिवेशन’ यहि २०८३ असार २० गते शनिवार सुनुवार सेवा समाजको...
28/06/2026

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिको ‘चौथो महाधिवेशन’ यहि २०८३ असार २० गते शनिवार सुनुवार सेवा समाजको संघीय भवन, बालकुमारीमा हुन गइरहेको हुनाले उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन तपाई सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

सुकच परिवार
Sukacha Samaj

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति सुनुवार कलाकार तथा चलचित्रकर्मीहरुको हक, अध...
19/06/2026

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति सुनुवार कलाकार तथा चलचित्रकर्मीहरुको हक, अधिकार र उनीहरुको व्यवसायीक कार्यदक्षताका लागि विभिन्न शीपमूलक तालिम, कार्यशाला गोष्ठी, कोँइच उत्सव लगायत चलचित्र, वृत्तचित्र निर्माण, गीत संगीत निर्माणमा सहयोगका साथै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको कुरा विदितै छ । यसै अनुरुप तपशिलको मिति, स्थान र समयमा ‘चौथो महाधिवेशन’ हुन गइरहेको हुँदा यसलाई सभ्य अनि भव्य रुपमा सफल पारौं ।

तपशिलः
मितिः २०८३ असार २० गते शनिवार
समयः बिहान ११ बजेदेखि
स्थानः सुनुवार सेवा समाज, संघीय भवन, बालकुमारी ।

Sukacha Samaj

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’ ...
16/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’ कार्यक्रम २०८३ जेठ २६ गते अनामगर युनियन हाउसमा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसाल लामाज्यूले उद्घाटन गर्नुभई सातै दिन उक्त स्थानमा कार्यशाला सञ्चालन गरी असार १ गते चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र र प्रशिक्षकज्यूहरुलाई कदर–पत्र वितरण गर्नुहुँदै सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकेर बनाउनु भएको लघु चलचित्र पनि प्रस्तुत गरिएको थियो ।
यस कार्यशालालाई फलदायी र प्रभावकारी रुपमा सफल बनाउन अहोरात्र खट्नुहुने प्रशिक्षकज्यूहरु शिव मुखिया, मणिराज पौडेल, ललित मगरज्यूका साथै चलचित्र विकास बोर्ड, कार्यशालामा सहभागी हुनुहुने प्रशिक्षार्थीहरुलगायत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिनुहुने सहृदयी मनहरु र हामीलाई राम्रो सेवा उपलब्ध गराउनुहुने अनामनगर युनियन हाउस, अनामनगर सम्पूर्ण पनि हामी आभारी छौं । सम्पूर्ण धेरै धेरै धन्यवाद ।

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज
केन्द्रीय समिति
Sukacha Samaj

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’क...
14/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’को चाैथाे दिनको केहि झलकहरु ।
Sukacha Samaj

Photo: ManiRaj Sunuwar Kirat Marasuki

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’क...
13/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’को तेस्रो दिनको केहि झलकहरु ।
Sukacha Samaj

Photo: ManiRaj Sunuwar Kirat Marasuki

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’क...
12/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’को दोस्रो दिनको केहि झलकहरु ।
Sukacha Samaj

Photo: ManiRaj Sunuwar Kirat Marasuki

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’क...
11/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’को पहिलो दिनको केहि झलकहरु ।

Photo: ManiRaj Sunuwar Kirat Marasuki & Kerr D. Koinch Linuch

09/06/2026

चलचित्र विकास बोर्डको सहकार्यमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिले आयोजना गरेको ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’ कार्यक्रम आज युनियन हाउस, अनामनगरमा प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसाल लामाज्यूले औपचारिक रुपमा उद्घाटन गर्नुभई सुरु भएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डको प्रतिनिधित्व निता बिम्बज्यू, कार्यक्रम प्रशिक्षकज्यूहरु सहित जिरेल, याक्थुङ मुन्चइत, नेवा, गुरुङ, थारु, माझी, राई भुजेल लगायताका विभिन्न आदिवासी जनजाति चलचित्र संस्थाहरुको प्रतिनिधिज्यूहरु र प्रशिक्षार्थीहरुको उपस्थितिमा कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थिति सम्पूर्णमा सुकच परिवार हार्दिक आभार प्रकट गर्दछौं ।
Sunuwar Artist and Filmmaker Society

Photo: ManiRaj Sunuwar Kirat Marasuki

Address

Balkumari
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Sunuwar Artist and Filmmaker Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sunuwar Artist and Filmmaker Society:

Shortcuts

Share