Blind Youth Association Nepal-BYAN

Blind Youth Association Nepal-BYAN A only National Self- Help Non Governmental Organisation of the Blind Youth.

संस्था परिचय
नेत्रहीन युवा संघ नेपाल देशैभरि छरिएर रहेका दृष्टिविहीन तथा न्युन दृष्टियुत्त युवाहरु हक हित र अधिकारको संवर्धन गर्नका लागि वकातल गर्ने एक अधिकार मुखि संस्था हो । यस संस्थाका सम्पुर्ण सदस्यहरु पुर्ण दृष्टिविहीन ताथ न्युन दृष्टियुत्त युवाहरु रहेका छन । आफ्नो स्थापना काल देखिनै यस संघले देशका विभिन्न भागमा आफ्नो संगठन विस्तार गर्दै दृष्टिविहीन तथा न्युन दृष्टियुत्त युवाहरुकालागि क्षमता

विकाश, नेतृत्व विकाश एवं व्यक्तित्व विकाश र शिप विकाश सम्बन्धी विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ । स्थापना कालको ३ बर्षमै यस संघले काठमाडौ उपत्यका लगायत पुर्वाञ्चलमा झापा , पश्चिमाञ्चलमा कास्की र रुपन्देही अनि मध्य पश्चिमाञ्चल क्षेत्रको बाँके जिल्लामा आफ्नो जिल्ला शाखा समेत विस्तार गर्न सफल भएको छ । यि विभिन्न क्षेत्रमा गरि हाल यस संस्था भित्र ३०० भन्दा बदिको संख्यामा संगठित सदस्यहरु आवद्ध छन जसमा महिला र पुरुषको लगभग समान प्रतिनिधित्व रहेको देखिन्छ । उच्च शिक्षा, प्राविधिक शिक्षा एवं प्रयाप्त तालिमको अभावमा दक्षता हाँसिल गर्न नपाएका दृष्टिविहीन युवाहरुको आजको मुख्य चूनौति भनेकै रोजगारीमा पहुँच नपुग्नु हो, अतह यस संघले विभिन्न सरकारी तथा गैरसरकारी संस्था एवं नागरीक समाजसंग समन्वय गर्दै दृष्टिविहीन युवाहरुको स्वाभिमानि र मार्यादित जिवनयापनका लागि सहजिकरण र वकालत गर्दै आएको छ ।

प्रशासनिक क्षमता
हाल यस संस्थाको कार्यालय सुकेधारा ४ रारामार्ग , काठमाण्डौमा रहेको छ । संस्थामा ३ जना पुर्णकालिन कर्मचारीहरु रहेका छन। संस्थामा दुई कम्प्युटर, टलिफोन , इन्टरनेट, प्रिन्टर , फोटोकपि , फयाक्स लागायत कार्यक्रम एवं नियमित बैठक संञ्चालनका लागि आवश्यक फर्निचर एवं अन्य उपकरणहरुको उपलब्धता रहेको छ ।

विगतका कार्यक्रम र उपलब्धीहरु
१. युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा पुर्वाञ्चलको मोरङ्ग र सुदुरपश्चिमको कैलाली जिल्लामा २०६९ जेष्ठमा दृष्टिविहीन युवाका लागि आधारभुत नेतृत्व विकाश तालिम प्रदान गरियो जसमा करिब ४० दृष्टिविहीन युवाहरुले नेतृत्व विकाशको शिप प्राप्त गरे ।

२. शिक्षा विभागको आर्थिक सहयोगमा दृष्टिविहीन युवाहरुको विचमा पश्चिमाञ्चल क्षेत्र स्तरिय बुद्धिचाल प्रतियोगिता २०६९ असारमा आयोजना गरियो । जसमा १५ जना दृष्टिविहीनहरुको सहभागिता थियो ।

३. शिक्षा विभागको आर्थिक सहयोगमा २०७० असारमा दृष्टिविहीन युवाहरुकालागि पश्चिमाञ्चल क्षेत्र स्तरिय विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरियो जसमा ८० भन्दा बदी महिला पुरुष दृष्टिविहीन युवाहरु विभिन्न खेलमा सहभागि भई पुरस्कृत हुन सफल भए ।

४. दृष्टिविहीनहरुकालागि परिक्षाको समयमा सहयोगी लेखक राखि परिक्षा दिनुपर्ने अवस्थामा परिक्षाको समयावधि अन्य व्यक्ति सरह भएको जसका कारण दृष्टिविहीन विद्यार्थीले प्रर्याप्त समयको अभावमा उत्कृष्ट क्षमता प्रर्दशन गर्न नसक्ने हुदा यस संघको पहलमा गरिएको पैरवीबाट त्रिभुवन विश्व विद्यालयले लेखनसहयोगि मार्फत परिक्षा दिने हरुकालागि थप एक घन्टा समयको व्यवस्था गर्नु ।

५. प्रवेशिका परिक्षामा ८ कक्षाको लेखन सहयोगीको व्यवस्थाले प्रवेशिका परिक्षाका दृष्टिविहीन परिक्षार्थीलाई थप अप्ठयारोमा पारेकोले यस संस्थाको पहलमा प्रवेशिका बोर्ड संग विभिन्न चरणमा गरेको वकालत बाट हाल उक्त प्रावधान संसोधन भई कक्षा ८ को सत्ता कक्षा ९को सहयोगि लेखक प्रयोग गर्न पाएका छन ।

17/06/2026

Address

P8FW+PG7, Nab Complex, Sukedhara, Kathmandu 44600
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841319348

Alerts

Be the first to know and let us send you an email when Blind Youth Association Nepal-BYAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Blind Youth Association Nepal-BYAN:

Shortcuts

Share