02/08/2026
Lions International District 325 I नेपाल को पहिलो क्याबिनेट बैठक एबम् क्याबिनेट पदाधिकारीहरुको पदस्थापन कार्यक्रम ईश्वि सम्वत ०१ अगस्ट २०२६ तदनुसार मिति २०८३/०४/१६ गते शनिवार का दिन महेन्द्र पुलिस क्लब भवन भृकुटी मण्डप काठमाडौँमा भव्य समारोह बीच सम्पन्न भयो ।उक्त कार्यक्रममा Lions club of Kathmandu, Sakura ले लायन बर्ष ०२६/०२७ को शुरुवात जुलाई महिना भरि गरेका सेवा Membership growth, Club extension, LCIF Contributions, Dues Clearance तथा Donation and Service लगायतका क्षेत्रहरूमा गरिएका कार्यहरूको मुल्याङ्कन गरि District बाट म लगायत हाम्रो क्लबलाई बिभिन्न शीर्षकहरूमा पुरस्कृत गर्नु भएकोमा Lions International का आदरणीय International director लायन राजन लम्साल सर र IPDG लायन ईन्दु लम्साल mam; पुर्ब गभर्नर ज्यूहरू साथै डिस्ट्रिक्ट गभर्नर लायन सूर्य कुमार केसी सर र आयोजक लायन्स क्लब अफ काठमाणडौं, भृकुटी का कार्यक्रम संयोजक लायन ईन्दु घिमिरे mam लगायतका सम्पूर्ण क्याबिनेट पदाधिकारीज्यूहरू, जोन तथा रिजन चेयरपर्सनज्यूहरू, क्लबका सम्पुर्ण लिडर महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। साथै म लगायत हाम्रो क्लबलाई यो सम्मान तथा अवार्डका लागि योग्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने क्लबका समस्त लायन पदाधिकारीहरु प्रति उच्च सम्मानका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग, सदभाव, समन्वय, समझदारी र हातेमालो अगाडि बढ्दै समाज सेवाको यात्रालाई अझै उचाइमा पुर्याउनेछौं भन्ने विश्वास व्यक्त गर्दछु ।
हार्दिक धन्यवाद!
जय लायनबाद
लायन टेकबहादुर अर्याल
अध्यक्ष
लायन बर्ष ०२६/०२७
लायन्स क्लब अफ काठमाण्डौ साकुरा परिवार।