दमक काठमाडौँ सरोकार समाज

दमक काठमाडौँ सरोकार समाज People who are come from Damak to kathmandu for any work or any other...

🌺🙏 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🙏🌺सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमाहरितालिका तीजको पावन अवसरमा हार्...
14/09/2026

🌺🙏 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा
हरितालिका तीजको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🌿❤️

भगवान् शिव–पार्वतीको कृपाले सबैको जीवनमा
सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा पारिवारिक खुसी छाओस्।
यस पावन पर्वले आपसी प्रेम, सद्भाव, एकता र आत्मीयतालाई अझ प्रगाढ बनाओस्। 🌸

तीजको उमंग, प्रेम र खुसी सधैं रहिरहोस्। ❤️🌿

🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺

दमक काठमाडौं सरोकार समाज
एकता, सहयोग र सरोकार — हाम्रो साझा पहिचान।

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂दमक काठमाडौं सरोकार समाजका संस्थापक सचिव, समाज र संस्थालाई अत्यन्तै माया गर्ने आदरणीय श...
07/09/2026

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

दमक काठमाडौं सरोकार समाजका संस्थापक सचिव, समाज र संस्थालाई अत्यन्तै माया गर्ने आदरणीय श्री मदन कुमार अधिकारीज्यूलाई जन्मदिनको धेरै–धेरै शुभकामना। 💐🙏

सधैं हँसिलो, स्वस्थ, सुखी र सफल रहनुहोस्। दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। ❤️

दमक काठमाडौं सरोकार समाज परिवार

🕯️🕯️ भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम 🕯️नेपाल–चीन सीमा क्षेत्र, भोटेकोशी लगायतका क्षेत्रमा भएको प्राकृ...
06/09/2026

🕯️🕯️ भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम 🕯️

नेपाल–चीन सीमा क्षेत्र, भोटेकोशी लगायतका क्षेत्रमा भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दमक काठमाडौं सरोकार समाजको आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरियो।

मिति: २०८३ भदौ २० गते
स्थान: जावलाखेल

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏🕯️

दमक काठमाडौं सरोकार समाज

#भावपूर्णश्रद्धाञ्जली #दीपप्रज्ज्वलन #नेपालचीनसीमा #भोटेकोशी #दमककाठमाडौंसरोकारसमाज #हार्दिकसमवेदना

दमक काठमाडौं सरोकार समाजकी कार्यसमिति सदस्य आदरणीय गीता भट्टराई आन्टीज्यू साप नेपालको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुन...
06/09/2026

दमक काठमाडौं सरोकार समाजकी कार्यसमिति सदस्य आदरणीय गीता भट्टराई आन्टीज्यू साप नेपालको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना। 🎉🙏

उहाँको नेतृत्वमा साप नेपालले अझ उचाइ हासिल गर्दै सामाजिक क्षेत्रमा थप योगदान पुर्‍याओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

दमक काठमाडौं सरोकार समाज

📢 हार्दिक निमन्त्रणासम्पूर्ण सदस्यहरू तथा शुभेच्छुकज्यूहरूमा नमस्कार। 🙏बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत...
04/09/2026

📢 हार्दिक निमन्त्रणा

सम्पूर्ण सदस्यहरू तथा शुभेच्छुकज्यूहरूमा नमस्कार। 🙏

बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता तथा हार्दिक समवेदना प्रकट गर्ने उद्देश्यले दमक काठमाडौं सरोकार समाजको आयोजनामा:

🕯️ भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम
📅 मिति: २०८३ भदौ २० गते
⏰ समय: साँझ ६:०० बजे
📍 स्थान: जावलाखेल, ललितपुर

सम्पूर्ण सदस्यज्यूहरू तथा शुभेच्छुकज्यूहरूलाई आफू उपस्थित भई कार्यक्रमलाई गरिमामय बनाउन तथा आफ्ना साथीभाइ, शुभचिन्तक एवं आफन्तजनलाई समेत जानकारी गराई उपस्थित गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

दुःखको यस घडीमा एकता र सहानुभूति नै हाम्रो शक्ति हो। 🙏🕯️

दमक काठमाडौं सरोकार समाज

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ त...
04/09/2026

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚

भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

जय श्रीकृष्ण! 🦚💙

दमक काठमाडौं सरोकार समाज

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा शाखाको प्रमुख सल्लाहकार पदमा नियुक्त हुनु...
02/09/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा शाखाको प्रमुख सल्लाहकार पदमा नियुक्त हुनुभएकोमा यस सरोकार समाज का सस्थापक सचिब श्री मदन कुमार अधिकारी ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि अनन्त शुभकामना व्यक्त गर्दछौं।

तपाईंको कुशल नेतृत्व, दीर्घकालीन सोच र शैक्षिक तथा परामर्श क्षेत्रमा रहनुभएको लामो अनुभवले ECAN झापालाई अझ बढी सबल, गतिशील र उचाइमा पुर्‍याउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं। यस कार्यकालमा यहाँको मार्गदर्शनले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ भन्ने विश्वास लिएका छौं।
कार्यकाल पूर्ण सफलताको कामना!

🙏 हार्दिक अनुरोध 🙏सम्पूर्ण सदस्यज्यूहरूमा नमस्कार।बाढीका कारण दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोजित भावपू...
02/09/2026

🙏 हार्दिक अनुरोध 🙏

सम्पूर्ण सदस्यज्यूहरूमा नमस्कार।
बाढीका कारण दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोजित भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण सदस्यज्यूहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

📅 भदौ २० गते
🕕 साँझ ६:०० बजे
📍 जावलाखेल, ललितपुर

तपाईंको उपस्थिति नै दिवंगत आत्माहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। 🙏🕯️

दमक काठमाडौं सरोकार समाज

बाढीपछि दमकका डम्बर प्रधान बेपत्ता, खोजीका लागि परिवारको अपिल।झापा दमक–५ निवासी डम्बर प्रधान बाढीमा परेर बेपत्ता हुनुभएक...
30/08/2026

बाढीपछि दमकका डम्बर प्रधान बेपत्ता, खोजीका लागि परिवारको अपिल।

झापा दमक–५ निवासी डम्बर प्रधान बाढीमा परेर बेपत्ता हुनुभएको छ। उहाँ हाल अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत र हाकुबेसीमा बस्दै आउनुभएको बताइएको छ।

दमकका युवा चन्द्र खत्रीले प्रधानको खोजी गरिदिन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ। उहाँबारे कुनै जानकारी भए सम्पर्क गरिदिन आग्रह गरिएको छ।

काठमाडौं: 9851203987
दमक: 9804920735

Address

Kathmandu
00977

Telephone

9842790410

Website

Alerts

Be the first to know and let us send you an email when दमक काठमाडौँ सरोकार समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share