बझाङ ज्यावन युवा समाज काठमाण्डाै

  • Home
  • Nepal
  • Kathmandu
  • बझाङ ज्यावन युवा समाज काठमाण्डाै

बझाङ ज्यावन  युवा समाज काठमाण्डाै Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बझाङ ज्यावन युवा समाज काठमाण्डाै, Youth Organization, Kathmandu.

युवाहरूद्वारा स्थापित र सञ्चालित एक गैर-राजनीतिक, युवा नेतृत्वमा आधारित संस्था हो। यस संस्थाको उद्देश्य शिक्षा, सामाजिक सेवा, सांस्कृतिक पहिचानको संरक्षण, र नेतृत्व विकासमार्फत ज्यावन समुदायको सशक्तिकरण गर्नु हो।

08/09/2025

रमाइलोमा कुनैदिन मजाक पनि उडाइयो ! माफ गर्नु दिदी।
यिनी त देबि रहेछिन देबि,
हामिले पुज्नु पर्छ ब्रोहरु यिनलाई। हस्पिटल मा म्याट, खाना, पानी, कपडा भ्याए सम्म गर्दै छिन सलुट छ दिदी तिमिलाइ।कहिल्यै दुख नहोस तिमिलाइ। 🙏❤️

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, प्रेम र एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । भगव...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, प्रेम र एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । भगवान् श्रीकृष्णको दिव्य उपदेश र कर्मयोगको भावनाले हाम्रा जीवनमा सत्य, धर्म र सद्भावना स्थापित गराओस्। जय श्रीकृष्ण!🙏🙏

हाल काठमाडौँमा उपचाररत बिरामी श्री दीपक धामीलाई प्रदान गरिएको अमूल्य सहयोगका लागि, केदार्स्यु गाउँपालिका वडा नं. ७, काडा...
15/08/2025

हाल काठमाडौँमा उपचाररत बिरामी श्री दीपक धामीलाई प्रदान गरिएको अमूल्य सहयोगका लागि, केदार्स्यु गाउँपालिका वडा नं. ७, काडाचौर निवासी तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवाप्रदायक युवा श्री नविन धामीज्यू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

केदार्स्यु गाउँपालिका वडा नं. ७, काडाचौर निवासी तथा हाल काठमाडौँमा उपचाररत बिरामी श्री दीपक धामीलाई प्रदान गरिएको सहयोगक...
15/08/2025

केदार्स्यु गाउँपालिका वडा नं. ७, काडाचौर निवासी तथा हाल काठमाडौँमा उपचाररत बिरामी श्री दीपक धामीलाई प्रदान गरिएको सहयोगका लागि, बुङल नगरपालिका वडा नं. २ पुर्खेउली घर भई हाल हेटौडा, मकवानपुर निवासी श्री नरबहादुर जाग्रीज्यू प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

🙏 हार्दिक अपिल 🙏बझाङ जिल्ला, केदारस्युँ गाउँपालिका–६, थापागाउँ निवासी श्री मकर बहादुर गुर्धामीज्यूलाई गम्भीर घाटीको क्या...
25/06/2025

🙏 हार्दिक अपिल 🙏
बझाङ जिल्ला, केदारस्युँ गाउँपालिका–६, थापागाउँ निवासी श्री मकर बहादुर गुर्धामीज्यूलाई गम्भीर घाटीको क्यान्सर भएको पुष्टि भई हाल भक्तपुर क्यान्सर अस्पतालमा किमो थेरापीद्वारा उपचार भइरहेकाे छ।
हिजो अचानक ठूलो आन्द्रामा समस्या देखिएपछि उहाँलाई आपतकालीन रूपमा आईसीयू मा राखेर उपचार भइरहेको छ।
उपचारको खर्च अत्याधिक भइरहेको र आर्थिक अवस्था निकै कमजोर भएका कारण हामी सबैमा सहयोगको हार्दिक अनुरोध गर्दछौं।
उहाँको उपचारमा थोरै थोरै सहयोगले पनि ठूलो राहत पुर्‍याउन सक्छ।
आउनुहोस्, हामी सबै मिलेर जीवन जोगाउन सहयोग गरौं।
🔹 भारतबाट सहयोग गर्नका लागि:
दिपक धामी
PhonePe / Google Pay :89717 52772
🔹 नेपालबाट बैंकमार्फत सहयोग गर्नका लागि:
Bank: Nepal Investment Mega Bank, Jhota Branch
Account Holder Name: Makar Bahadur Gurdhami
Account Number: 07505050262170
तपाईं हरुको सानो सहयोगले जीवन बचाउन सक्छ।
अग्रिम धन्यवाद! 🙏


#समाजका_लागि_हामी

- बझाङ ज्यावन युवा समाज, काठमाडौ

21/06/2025

आज मिति २०८२/०३/०७ गते बझाङ ज्यावन युवा समाज, काठमाडौंको दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूको पदस्थापना तथा पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त बैठकले निम्न महत्वपूर्ण निर्णयहरू गरेको छ:

📌 असार मसान्तपछि SEE तथा +2 उत्तीर्ण गरी काठमाडौं आउने ज्यावन, बझाङ तथा अन्य क्षेत्रका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ।
उक्त कार्यक्रममा निम्न विषयहरू समावेश गरिनेछ:

🔹 Career Counseling (पेशागत मार्गदर्शन)
🔹 Educational Counseling (शैक्षिक परामर्श)
🔹 काठमाडौंमा उपलब्ध विभिन्न छात्रवृत्तिहरूको जानकारी

🔔 आफ्नो क्षेत्रबाट काठमाडौं आउने विद्यार्थीहरूसँग समाजलाई सम्पर्क गराई उक्त कार्यक्रमलाई सफल बनाउन मद्दत गरिदिनु हुन सबैमा अनुरोध छ।


बझाङ ज्यावन युवा समाज, काठमाडौं

धन्यवाद Nepal angle 🖊️🖊️
02/06/2025

धन्यवाद Nepal angle 🖊️🖊️

काठमाडौं, जेठ १९ — बझाङ ज्यावन युवा समाज, काठमाडौंको दोस्रो अधिवेशन शनिबार राजधानीमा सम्पन्न भएको छ । युवाहरुको उ....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बझाङ ज्यावन युवा समाज काठमाण्डाै posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share