06/06/2026
आज मिति २०८३ जेठ २३ गते (June 6, 2026) मा , Rotary Club of Kirtipur , Rotaract Club of Tribhuvan University तथा Rotaract Club of Kirtipur बीच आयोजित संयुक्त बैठक उत्साहजनक, फलदायी तथा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
बैठकमा Rotary Year 2025/26 का विभिन्न परियोजनाहरूको समीक्षा, आगामी Fellowship Event सम्बन्धी छलफल तथा Rotary–Rotaract सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा व्यापक विचार-विमर्श गरिएको थियो। सहभागी सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमले आपसी सम्बन्ध, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिएका छौं।
यस अवसरमा अतिथि दिवस न्यौपाने ज्यू र District 3292 का आदरणीय Rtn. Pawan raman khanal ज्यूको विशेष उपस्थितिले कार्यक्रमलाई अझ गौरवमय तथा प्रेरणादायी बनाएको थियो। उहाँबाट प्राप्त मार्गदर्शन, सुझाव तथा प्रेरणादायी विचारहरूले सम्पूर्ण सहभागीहरूलाई उत्साहित बनाएको छ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण Rotarians, Rotaractors तथा School of Management, Tribhuvan University (SOMTU) परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Together We Unite for Good
Regards,
Rtn. Lokraj Koirala
President