जन्तरखानी शेर्पा किदुग

जन्तरखानी शेर्पा किदुग Non profit Orginazation

📢 जन्तरखानी शेर्पा किदुगका सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध!सिद्धिचरण नगरपालिकामा स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यक...
31/08/2026

📢 जन्तरखानी शेर्पा किदुगका सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध!
सिद्धिचरण नगरपालिकामा स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आउनुभएका नगरवासीहरूका लागि नगरपालिकाका १२ वटै वडाबाट प्रदान गरिने सेवाहरू काठमाडौँमै उपलब्ध गराइने भएको छ।
अतः जन्तरखानी शेर्पा किदुगका सम्पूर्ण सदस्यहरूले आवश्यक कागजातसहित उपस्थिति भई यस एकीकृत सेवा शिविरको अवसर र फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🗓️ शिविरसम्बन्धी विवरण:
मिति: २०८३ भाद्र १६ र १७ गते
समय: बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
स्थान: नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाडौँ
📋 शिविरबाट प्रवाह हुने सेवाहरू:
सामाजिक सुरक्षा भत्ताको विवरण दर्ता तथा नवीकरण
राष्ट्रिय परिचयपत्र वितरण
मालपोत तथा भूमिकर सङ्कलन
व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसाइँसराइ, विवाह तथा सम्बन्ध विच्छेद)
वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिससम्बन्धी कार्यहरू
आयोजक: सिद्धिचरण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, ओखलढुङ्गा

हार्दिक अपिल तथा खोजि कार्यका लागि अनुरोधमिति २०८३/०५/१० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण सिद्धिचरण नगरपालिका वडा...
27/08/2026

हार्दिक अपिल तथा खोजि कार्यका लागि अनुरोध
मिति २०८३/०५/१० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण सिद्धिचरण नगरपालिका वडा नं. ६, जन्तरखानी आरूभोट निवासी लोक बहादुर मगर ज्यू हालसम्म सम्पर्कविहीन हुनुभएको छ।
वहाँको खोजी कार्यमा उचित सहयोग गरिदिनुहुन सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा सम्पूर्ण महानुभावहरूमा हार्दिक अपिल गर्दछौँ। यदि वहाँको बारेमा कुनै पनि जानकारी वा खबर प्राप्त भएमा कृपया यथाशीघ्र सम्पर्क गरी सहयोग गरिदिनुहोला।
यस कठिन परिस्थितिमा जान्तरखानी शेर्पा किदुग परिवार वहाँ लगायत बाढी पहिरोमा परेका सम्पूर्ण व्यक्तिहरूको सकुशलताको कामना गर्दै भगवानसँग भावपूर्ण प्रार्थना गर्दछ।

हार्दिक अपिल तथा सूचनाओखलढुङ्गा जिल्ला, मोलुङ गाउँपालिका वडा नं. ७ निवासी गेल्जे शेर्पा ज्यू रसुवामा आएको विनाशकारी बाढी...
27/08/2026

हार्दिक अपिल तथा सूचना
ओखलढुङ्गा जिल्ला, मोलुङ गाउँपालिका वडा नं. ७ निवासी गेल्जे शेर्पा ज्यू रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएको छ।
यदि वहाँलाई कसैले देख्नुभएमा, भेट्नुभएमा वा वहाँको बारेमा केही खबर प्राप्त भएमा कृपया ढिला नगरी तल दिइएको नम्बरमा सम्पर्क गरी जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ:
📞 सम्पर्क नम्बर: ९८४१९४४९४४ (9841944944)
यस दुःखी घडीमा जान्तरखानी शेर्पा किदुग परिवार वहाँ लगायत सम्पूर्ण बेपत्ता व्यक्तिहरूको सकुशलताको कामना गर्दै भगवानसँग भावपूर्ण प्रार्थना गर्दछ।

शुभकामना तथा धन्यवाद ज्ञापनजन्तरखानी शेर्पा किदुगको आजिजीवन सदस्यता प्राप्त गर्नुभएकोमा श्री तेन्जी शेर्पाज्यूलाई हार्दि...
25/08/2026

शुभकामना तथा धन्यवाद ज्ञापन
जन्तरखानी शेर्पा किदुगको आजिजीवन सदस्यता प्राप्त गर्नुभएकोमा श्री तेन्जी शेर्पाज्यूलाई हार्दिक बधाई तथा धन्यवाद!
किदुगलाई रु. २०,००० (बीस हजार) आर्थिक सहयोग गरी आजिवन सदस्यता लिनुभएकोमा संस्थाको तर्फबाट उहाँको यस सराहनीय कार्यको उच्च मूल्यांकन गर्दै हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि उहाँको यस्तै निरन्तर सहयोग र सहकार्यको अपेक्षा राख्दछौं।

जन्तरखानी शेर्पा किदुग

सेवा लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ। हाम्रो वडा कार्यालयद्वारा घुम्ती शिविर सञ्चालन हुँदैछ।
21/08/2026

सेवा लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ। हाम्रो वडा कार्यालयद्वारा घुम्ती शिविर सञ्चालन हुँदैछ।

हार्दिक धन्यवाद।हामी, जन्तरखानी शेर्पा किदुग परिवार, हाम्रा प्रिय भाइ, स्वर्गीय नुरी शेर्पाको सम्झनामा जन्तरखानी शेर्पा ...
15/05/2026

हार्दिक धन्यवाद।
हामी, जन्तरखानी शेर्पा किदुग परिवार, हाम्रा प्रिय भाइ, स्वर्गीय नुरी शेर्पाको सम्झनामा जन्तरखानी शेर्पा किदुगलाई रु. ६०,००० (साठ्ठी हजार रुपिया) को उदार दान गर्नुभएकोमा जन्तरखानी शेर्पा किदुगका पूर्व कोषाध्यक्ष ङिमा शेर्पा, दाई डेन्डी शेर्पा र आजीवन सदस्य दनुरी शेर्पाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं।

जन्तरखानी शेर्पा किदुग परिवार तपाईंहरुको सहयोग र दयाको गहिरो कदर गरिन्छ, र स्वर्गीय भाइ नुरी शेर्पालाई चिन्ने र माया गर्ने सबैका लागि यो धेरै अर्थ राख्दाछ। तपाईंहरुको करुणा र योगदानको लागि फेरि एक पटक धन्यवाद। हामी स्वर्गीय भाइ नुरी शेर्पाको आत्माको चिर शान्तिको लागि पनि प्रार्थना गर्दछौं र शोक सन्तप्त परिवारलाई भगवानले यो क्षति सहन शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौं।

हार्दिक धन्यवाद
जन्तरखानी शेर्पा किदुग परिवार
काठमाडौं

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔   ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔  ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य तथा पु...
08/05/2026

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔

यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य तथा पुर्बा कोषाध्यक्षा ङिमा शेर्पाको भाई तल्लो मैदाने निबासी नुरी शेर्पा को मिति २०८३ साल वैशाख २० गते आइतबार, दोलखा
जिल्लको लामबगार बाट लाप्ची जाने क्रममा बाटोमा लडेरा असामयिक निधन भएको र उहाको शब हाल शेर्पा गुम्बाको २ नाम्बरमा राखीएको छ र निम्ना मिती र समयमा दाहा सस्कारको लागी टेकु दोभन लगीने भएको हुदा सम्पूर्ण अफन्ता, नाता गोता तथा ईस्टामित्राहरुमा उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ।

मिती २०८३ साल वैशाख २७ गते आइतबार
समय: बिहान ८ बजे
स्थान: शेर्पा सेवा केन्द्र बौद्ध टुसाल

जन्तरखानि शेर्पा किदुग परिवार
काठमाडौं

07/05/2026

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔
यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य तथा पुर्बा कोषाध्यक्षा ङिमा शेर्पाको भाई तल्लो मैदाने निबासी नुरी शेर्पा को मिति २०८३ साल वैशाख २० गते आइतबार, दोलखा
जिल्लको लामबगार बाट लाप्ची जाने क्रममा बाटोमा लडेरा असामयिक निधन भएको र उहाको शब भोलि मिती २०८३ साल वैशाख २५ गते शुक्रबार बिहान ११ बजे शेर्पा गुम्बामा ल्यउने भएको हुदा सम्पूर्ण अफन्ता, नाता गोता तथा ईस्टामित्राहरुमा उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ ।


जन्तरखानि शेर्पा किदुग परिवार
काठमाडौं

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔   ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔  ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य तथा पु...
04/05/2026

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔

यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य तथा पुर्बा कोषाध्यक्षा ङिमा शेर्पाको भाई तल्लो मैदाने निबासी नुरी शेर्पा को मिति २०८३ साल वैशाख २० गते आइतबार, दोलखा जिल्लको लामबगार बाट लाप्ची जाने क्रममा बाटोमा लडेरा असामयिक निधन भएको अत्यन्त दुःख खबर प्रप्ता भएको जानकारी गराइन्छ।

यस कठिन समयमा हामी सम्पूर्ण संस्था परिवार स्तब्ध भएका छौं।दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनि प्रार्थना गर्दछौ ।


जन्तरखानि शेर्पा किदुग परिवार
काठमाडौं

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔   ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔  ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य श्रीमत...
03/03/2026

ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔ ཨོཾ་མ་ཎི་པདྨ་ཧཱུྂ་ཧྲཱི༔

यस जन्तरखानि शेर्पा किदुगका आजिवन सदस्य श्रीमति लाक्पा शेर्पाको पिता नालिडाडा निबासी स्व. दमाई शेर्पा (दालीबाबु)को
मिति २०८२ साल फागुण १९ गते मंगलबार, ६२ वर्षको उमेरमा निजी निवास नालिडाडामा असामयिक निधन भएको खबर अत्यन्त दुःखका साथ जानकारी गराइन्छ।
यस कठिन समयमा हामी सम्पूर्ण संस्था परिवार स्तब्ध भएका छौं।दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनि प्रार्थना गर्दछौ ।


जन्तरखानि शेर्पा किदुग परिवार
काठमाडौं

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जन्तरखानी शेर्पा किदुग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share