SUDI SAMAJ Kathmandu

SUDI SAMAJ Kathmandu Official page of Suri Samaj Kathmandu located at the Minbhawan Kathmandu.

सुडी समाज मोरङका अध्यक्ष साहलाई सम्मानः सामाजिक एकता र सामुदायिक हितमा सहकार्य गर्नुपर्नेमा जोडकाठमाडौँ । सुडी समाज काठम...
23/09/2026

सुडी समाज मोरङका अध्यक्ष साहलाई सम्मानः सामाजिक एकता र सामुदायिक हितमा सहकार्य गर्नुपर्नेमा जोड
काठमाडौँ । सुडी समाज काठमाडौंले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सुडी समाज मोरङका अध्यक्ष रामेश्वर साहलाई सम्मान गरिएको छ ।
सुडी समाज काठमाडौंको कार्यालय मिनभवनमा आयोजित कार्यक्रममा अध्यक्ष साहलाई खादालगाएर स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा सुडी समाज काठमाडौंका अध्यक्ष शीतलप्रसाद महतोसहित समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता थियो ।
कार्यक्रममा सुडी समाज काठमाडौंका अध्यक्ष महतोले विभिन्न जिल्लामा क्रियाशील सुडी समाजबीच आपसी सम्बन्ध विस्तार गर्दै सामाजिक तथा सामुदायिक गतिविधिमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो ।
सो अवसरमा सुडी समाज मोरङका अध्यक्ष साहले आफूलाई गरिएको स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै समुदायको हित, सामाजिक एकता तथा सामुदायिक विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सुडी समुदायको हकहित, सामाजिक उत्थान तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
समाजका उपाध्यक्ष विनय गामीले सुडी समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि देशका विभिन्न स्थानमा क्रियाशील सुडी समाजबीच आपसी समन्वय, सहकार्य र एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार अशोक महासेठ तथा समाजका कोषाध्यक्ष विनोद महासेठले सुडी समुदायको समग्र विकासका लागि एकीकृतरूपमा अघि बढ्दै आपसी सहयोग, समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

14/09/2026
24/06/2026

💐🙏भावपूर्ण श्रद्धाञ्जली 💐🙏
सुडी समाज काठमाडौंका सधारण सदस्य मोहन महासेठको श्रीमती कबिता महासेठको मिति २०८३ असार १० गते बुधबार असामयिक निधन भएको खबरले सिङ्गो समाज दु:खी र मर्माहत भएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हृदयदेखि नै हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । !!!
दाह संस्कार:- पशुपति बिहान ९:०० बजे उपस्थितको लागि अनुरोध 🙏🙏🙏🙏🙏💐💐💐💐
शीतल प्रसाद महतो
अध्यक्ष तथा
सुडी समाज काठमाडौं परिवार

Greetings
17/04/2026

Greetings

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SUDI SAMAJ Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SUDI SAMAJ Kathmandu:

Shortcuts

Share