उद्यमशीलता मासिक खवर पत्रिका

  • Home
  • Nepal
  • Kathmandu
  • उद्यमशीलता मासिक खवर पत्रिका

उद्यमशीलता मासिक खवर पत्रिका राष्ट्रियस्तरमा लेखन प्रतिभाहरु

ने?

21/03/2025
चन्द्रागिरि हिल्स प्रालिले रू १००/- पैदलयात्रीवाट लिएकोले व्यापक जनगुनासो रहेकोमा वडा कार्यालयहरूल् रोक्न दिएको आदेशलाई ...
21/03/2025

चन्द्रागिरि हिल्स प्रालिले रू १००/- पैदलयात्रीवाट लिएकोले व्यापक जनगुनासो रहेकोमा वडा कार्यालयहरूल् रोक्न दिएको आदेशलाई पालन गर्न ज़रूर छ अन्यथा उक्त प्रालिलाई कठिन अवस्था नआउला भन्न सकिन्न / हेर्नुस आधिकारिक प्रेश विज्ञप्तीहरू :

02/12/2024

स्थानीय तह उपनिर्वाचन
उपनिर्वाचनमा कांग्रेस–एमालेलाई सबक, माओवादीलाई बोनस, रास्वपालाई झट्का
काठमाडाैं |
मंसिर १७, २०८१
राजनीतिक तथा समसामयिक
****
उपनिर्वाचनमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना केही सीट गुमाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बोनसमा देखिएको छ । अर्कातिर प्रमुख सत्तारुढ दल नेकपा एमालेले पनि केही सीट बढाएको छ ।
तर, पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने एउटा वडा जित्दा २२ ठाउँमा सदर मतको न्यूनतम् १० प्रतिशत पनि ल्याउन नसकेर जमानत समेत गुमाएको छ ।
रिक्त ४१ पदमा कांग्रेसले जितेका २४ स्थान थिए । यी २४ मा दैलेखको महाबु र मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पनि सामेल थिए । तर, कांग्रेसले यी दुवै पालिका गुमाएको छ । १६ वडाध्यक्ष जिते पनि कांग्रेसले प्रमुख पद गुमाएको हो । यसअघि जितेको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी वने ।
कांग्रेसले जितेका २४ र एमाले तथा माओवादीले जितेका ७/७ स्थानमा उपचुनाव भएको थियो । जसपाले जितेका २ र स्वतन्त्रले जितेको १ स्थानमा पनि उपचुनाव भएको हो ।
यसपटक एमालेलाई माओवादी उछिनेको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
यो समाचार तयार पार्दासम्म माओवादीले १ अध्यक्ष, २ उपाध्यक्ष र ६ वडाध्यक्ष जितेको छ । यसपटक कांग्रेस पछाडि माओवादीले सबैभन्दा धेरै पदमा विजय प्राप्त गरेको छ । माओवादीले ९ वटा पद हात पारिसकेको छ ।
२०७४ यता कसै न कसैसँग टाँसिँदै आएको माओवादीले यसपटक आफ्नो बलबुतामा अपेक्षाभन्दा राम्रो नतिजा ल्याएको छ । उपनिर्वाचनमा राम्रो परिणाम हात पारेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी २०६४ को अवस्थामा फर्किएको टिप्पणी गरेका छन् ।
‘तपाईंलाई बधाई छ, ग्रामथानमा विजय सुनिश्चित गर्नुभयो,’ गाउँपालिका अध्यक्षमा नमोनारायण माझीलाई जिताउन भूमिका खेलेका सांसद अमनलाल मोदीलाई फोन गर्दै प्रचण्डले भनेका थिए, ‘माओवादी अब २०६४ सालमा फर्किएको छ । हाम्रा दिन शुरू भए ।’
ग्रामथानमा जीतपछि अध्यक्ष माझी र सांसद मोदीसहित माओवादीको टोली
ग्रामथानमा जीतपछि अध्यक्ष माझी र सांसद मोदीसहित माओवादीको टोली
अघिल्लोपटक कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिकाको अध्यक्ष यसपटक एमालेले जितेको छ । एमालेले दैलेखेको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा ५ वडा जितेको हो ।
एमालेले अहिलेसम्म ७ पद जितेको छ । हुम्लाको सर्केगाडको उपाध्यक्षमा पनि माओवादीले एमाले उम्मेदवारलाई चुनौती दिइरहेको छ ।
२३ वडामा उठेको रास्वपाको २२ ठाउँमा जमानत जफत भयो /
पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं– १६ मा परम्परागत दल कांग्रेस र एमालेलाई धक्का दिएको छ । अघिल्लोपटक कांग्रेसका मुकुन्द रिजालले शानदार जीत गुमेको छ /

17/11/2024

काठमाडाैं
मंसिर २, २०८१
********
निर्वाचन फर्केर हेर्दा
********
२०७९ को स्थानीय चुनाव कांग्रेस एक्लैले जितेको कीर्तिपुरमा यस्तो थियो गत निर्वाचनको प्रतिस्पर्धा |

नेपाली कांग्रेसबाट जितेका मेयर राजकुमार नकर्मीको निधन भएपछि काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

२०७९ वैशाखमा भएको निर्वाचनमा अन्यत्र गठबन्धन भए पनि कीर्तिपुरमा भने कांग्रेस एक्लै निर्वाचन लडेर विजयी भएको थियो ।
काठमाडौं महानगरपालिकासहित उपत्यकाका महानगरपालिका माओवादी केन्द्र, नेकपा एससहितका दलसँग तालमेल भए पनि कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार गठबन्धन नगरी विजयी भएका थिए ।
नकर्मीले ९०४३ मत प्राप्त गरेका थिए । ३५३६ मतले पछाडि परेका एमाले उम्मेदवार केशरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका शिवशरण महर्जनको ४०९० मत आएको थियो । नेकपा एकीकृत समाजवादीका बटुकृष्ण थापाले ११५३ मत प्राप्त गरेका थिए ।
२०६४ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी भएको कीर्तिपुरमा स्थानीय तहको निर्वाचनमा एमालेभन्दा १४०७ मत मात्रै कम आएको थियो । कीर्तिपुरमा अघिल्लोपटक राप्रपाका जीतबहादुर विष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्रका मनोज बुढाथोकीले ५३२ मत प्राप्त गरेका थिए । यसपटक पनि कीर्तिपुरको मेयरमा केही स्वतन्त्रबाट पनि उम्मेदवार पर्ने देखिएको छ । नेमकिपाबाट श्रीकृष्ण नै दोहोरिएका छन् ।
यसपटक प्रमुखमा नेकपा एसले माओवादी केन्द्रलाई समर्थन गर्दैछ । सत्ता गठबन्धनमा रहे पनि एमालेले आफ्नै उम्मेदवार उठाउँदैछ ।

माओवादीले कीर्तिपुरको मेयरमा प्राडा शिवशरण महर्जन, कांग्रेसले कृष्णमान डंगोल, एमालेले डा. सुरेन्द्र मानन्धर, रास्वपाले जयराम कार्की र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार उठाउँदै छन् । रास्वपाले पहिलोपटक स्थानीय तहको निर्वाचन लड्न लागेको हो ।

कांग्रेसका डंगोल पछिल्लो १५ वर्षयता कीर्तिपुर नगर सभापति रहँदै आएका छन् ।

कीर्तिपुर नगरपालिका रहेको काठमाडौं १० प्रतिनिधिसभा क्षेत्रमा पनि कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए । केसी १४४६३ मत ल्याएर विजयी भएका थिए ।

एमालेका हिमेश केसीले ११७९१, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८७३९, राप्रपाका बलराम थापाले ६९५९, माओवादी केन्द्रकी अञ्जना विशंखेले ५२६५ मत प्राप्त गरेका थिए । त्यस्तै, नेमकिपाका नारायण महर्जनले १८८४ मत प्राप्त गरेका थिए ।

--सम्पादक,
उद्यमशीलता मासिक

25/07/2024

- *******सुशासनको नमूना-********
************€***********++***
सोफामा राखेर सेवाग्राहीलाई सबै सेवा
स्रोत : गोविंद खत्री

सुर्खेत– पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का सर्जन गौतम सिफारिस लिनका लागि सोमबार १० बजे नै नगरपालिकाको कार्यालयमा आइपुगे । आफ्नो काम लिन कति फाँट चाहार्नुपर्ने हो कति समय लाग्ने भन्ने झिझो मान्दै कार्यालय आइपुगेका गौतमले सेवा लिन भने कुनै झण्झट बेहोर्नु परेन ।

कार्यालयको मूल ढोकाबाट भित्र पस्नेबित्तिकै सहायता कक्षका कर्मचारीले उनलाई कार्यालयमा आउनुको कामबारे सोधुपुक्ष गरेर नजिकै रहेको मेसिनबाट टोकन लिन अह्राए । मेसिनमा देखाइएको भेटघाट र सेवामध्ये सेवासम्बन्धी टोकन लिएर गौतमले बाँयातर्फको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा प्रवेश गरे ।

सेवा केन्द्रभित्र दर्ता चलानी फाँटमा आफ्नो फाइल बुझाएपछि त्यहाँ रहेका कर्मचारीले उनलाई एक घण्टाभित्र काम सम्पन्न हुने जानकारी दिँदै प्रतीक्षा कक्षमा रहेको सोफामा बस्नका लागि आग्रह गरे । दर्ता चलानीपछि फाइल वर्गीकरण कक्ष, फाइल रुजु कक्ष हुँदै गौतमको काम अगाडि बढ्यो । उनी प्रतीक्षा कक्षमा रहेको डिस्प्ले बोर्डमा देखाइएको कुन सेवाग्राहीको फाइल कहाँ पुग्यो भन्ने जानकारी हेर्दै प्रतीक्षामा बसे उनको फाइल कार्यालय सहयोगीले प्रक्रियाअनुसार आवश्यक फाँटमा पुर्‍याए ।

गौतमले प्रतीक्षा गरेको ४५ मिनेटपछि काम सम्पन्न भइसकेको र सिफारिस लिएर जानका लागि माइकबाट उनको नाम उच्चारण भयो । काम सकेर घर फिर्किन अबेर होला भन्ने सोचेर बिहानै कार्यालय आइपुगेका गौतमले एकै ठाउँमा बसेरै सेवा पाएपछि प्रफूल्लित हुँदै बाहिरिए । ‘न धेरै समय लाग्यो न त फाइल लिएर कोठा कोठा नै दुर्गुनुपर्‍यो मजाले कुर्चीमा बसिबसी सेवा पाइयो’ सेवा लिएर फर्किंदै गर्दा सर्जनले भने ।

विगतमा यस्तै कामका लागि विभिन्न अप्ठेरा बेहोर्नु परेको सुनाउँदै गौतमले संघीयतामा आफूजस्तै आममानिसले छिटो र सहजै सेवा प्राप्त होस् भन्ने चाहेको प्रतिक्रिया दिए । भर्खरै रोपेको धानमा किरा लागेपछि विषादी लिन नगरपालिका आइपुगेका वडा नं. ५ का वीरबहादुर नेपालीले पनि सजिलै सेवा प्राप्त गरे ।

‘हामी किसान धेरै पढेका पनि छैनौँ केही कामका लागि कार्यालयमा जाँदा कसैले के पुगेन भन्ने कसैले के भन्ने भएर सकभर सेवा लिन जान नपरोस् भन्छौँ,’ उनले भने, ‘अहिले भने हाम्रो नगरपालिकाबाट एउटै ठाउँमा बसेर सजिलै सेवा पाइन्छ सबै ठाउँ यस्तै भइदिए हुन्थ्यो ।’

राष्ट्रिय गानबाट कार्यालयको सुरुवात समयमा सेवा
***
चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह केन्द्रबाट सेवा प्रवाहसँंगै कार्यालय सञ्चालनलाई समेत व्यवस्थित बनाएको छ । कार्यालय खुल्ने दिन कर्मचारी बिहान १० बज्नुभन्दा पाँच दश मिनेट पहिले नै कार्यालय परिसरमा पुगिसक्छन् । ठीक १० बजे राष्ट्रिय गान बज्छ । राष्ट्रिय गानमा सहभागी भएर कर्मचारी आ–आफ्नो कार्यकक्षमा जान्छन् ।

‘एकीकृत सेवा प्रवाह प्रणालीबाट सेवा दिने भएकाले सबै फाँटमा कर्मचारी हुनुपर्नेहुन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले भने, ‘कोही बिदामा बस्ने भए पहिले नै जानकारी गराएर अर्काे व्यवस्था गरिएको हुन्छ तर कुनै पनि फाँटमा कर्मचारी नभएर सेवाग्राही दुख नपाउने अभियान आजको माग हो /
२०८१/४/१०

अनिवार्य - कुनै एक विषयको नैतिक शिक्षा र प्राविधिक विषयको अध्ययन ७ देखि १२ सम्म अनिवार्य विद्यालय पाठ्यक्रमको हिस्सा हुन...
08/07/2024

अनिवार्य -
कुनै एक विषयको नैतिक शिक्षा र प्राविधिक विषयको अध्ययन ७ देखि १२ सम्म अनिवार्य विद्यालय पाठ्यक्रमको हिस्सा हुनुपर्छ ।

हामीलाई चरित्र निर्माण गर्ने, मानसिक शान्तिको प्रवर्द्धन गर्ने, बुद्धिको विकास गर्ने र मानिसलाई आफ्नै खुट्टामा उभिने शिक्षा चाहिएको छ - स्वामी विवेकानन्द

शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकासमा सहयोग गर्छ भने बौद्धिक र शारीरिक विकासका साथसाथै आध्यात्मिक उन्नतिलाई नैतिक शिक्षा भन्न चाहन्छु ।
नैतिक शिक्षाले व्यक्तिको सामाजिक सोच र व्यक्तिगत सोचलाई प्रभाव पार्छ र सही र गलत छुट्याउन मद्दत गर्छ। नैतिक शिक्षा आधुनिक समयको आधारभूत आवश्यकता हो जहाँ मानिसहरूले बढ्दो नैतिक मूल्यहरू गुमाउँदै छन्।
नैतिक शिक्षा महत्त्वपूर्ण छ किनभने यसले व्यक्तिको सोचाइ परिवर्तन गर्छ, उसले सही र गलत छुट्याउन सिक्न सक्छ। यो शिक्षाले हामीलाई विविधता, सहिष्णुता र विभिन्न नैतिक मूल्यहरू सिकाउँछ। नैतिक मूल्यमा देशको सेवा, इमानदारी, सत्य बोल्ने जस्ता धेरै मूल्यहरू समावेश हुन्छन्।
सही कुरालाई समर्थन गर्ने, समाजप्रतिको जिम्मेवारी बुझ्ने र अरूलाई सम्मान गर्ने आदि।
सानै उमेरमा विद्यार्थीहरूले राम्रो वा नराम्रो सबै प्रकारका प्रभावहरू सजिलै ग्रहण गर्छन्, यदि उनीहरूसँग सही मार्गनिर्देशन र निर्देशन छैन भने, उनीहरूले गलत व्यक्तिहरू र गलत कुराहरू अवशोषित गर्न सक्छन्। शिक्षाले यी युवाहरूलाई सही बाटो पछ्याउन मद्दत गर्न सक्छ। ,
त्यसैले उनीहरूलाई असल नैतिक सिद्धान्तहरू प्राप्त गर्न र विकास गर्न मद्दत गर्ने शिक्षा प्रदान गर्नु हामी सबैको लागि महत्त्वपूर्ण छ। उचित मनोवृत्ति र मूल्यहरू जसले उनीहरूलाई आफ्नो वयस्कतामा जीवनमा राम्रो र सही छनौट र उपयुक्त निर्णयहरू गर्न सक्षम बनाउँछ। विद्यालय तहमा हामीले हरेक दिन विद्यार्थीहरूलाई नैतिक शिक्षा सिकाउनुपर्छ।
जब विद्यार्थीहरूले प्राथमिक कक्षाहरूमा अध्ययन गर्छन्, उनीहरूले धेरै नयाँ कुराहरू सिक्छन्। हामीले सामाजिक परिवेशमा कसरी बाँच्ने र नैतिक शिक्षाको माध्यमबाट हाम्रो समग्र विकास कसरी हुन सक्छ भन्ने कुरा उनीहरूले सिक्छन्।
उदाहरणका रूपमा नेपाललाई प्राचीन कालमा विश्व गुरु भनिन्थ्यो। नेपालमा शिक्षासँगै नैतिक मूल्य पनि सिकाइन्छ र मानवीय मूल्य, उच्च आदर्श र चरित्रले भरिपूर्ण समाज निर्माण गर्न त्यसको पालना गर्नेलाई नैतिक शिक्षाले मात्र जीवन जीवन भन्न मिल्दैन ।
त्यसैले हाम्रो देशलाई उचित आदर्श र मूल्यमान्यताले भरिपूर्ण बनाउन नैतिक शिक्षा पाठ्यक्रमको एक हिस्सा हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
– किरण प्रसाद सिग्देल – दहचोक काठमाडौं
समाजशास्त्रका विद्यार्थी
24 Ashadh 2081

Mandatory -Compulsory subject*****  Moral education and the study of any one subject should be part of the school curric...
08/07/2024

Mandatory -Compulsory subject
*****
Moral education and the study of any one subject should be part of the school curriculum from 7th to 12th.
*****
We need an education that builds character, promotes peace of mind, develops intelligence and makes man stand on his own feet - Swami Vivekananda

If education helps in the overall development of a person, I would like to say spiritual progress along with intellectual and physical development, which can be called moral education.
Moral education influences a person's social thinking and personal thinking and helps distinguish between right and wrong. Moral education is a basic need of modern times where people are increasingly losing their moral values.
Moral education is important because it changes a person's thinking, he can learn to distinguish between right and wrong. This education teaches us diversity, tolerance and different moral values. Moral values ​​include many values ​​like service to country, honesty, truth telling.
Supporting what is right, understanding responsibility towards society and respecting others etc.
At a young age, students easily absorb all kinds of influences, good or bad, if they do not have the right guidance and direction, it is also possible that they may absorb wrong people and wrong things. Education can help these young people to follow the right path. ,
So it is important for all of us to provide them with an education that will help them acquire and develop good moral principles. Proper attitudes and values ​​that enable them to make good and right choices and appropriate decisions in life in their adulthood. At the school level, we must teach moral education to students every day.
When students study in elementary grades, they learn many new things. They learn how we should live in the social environment and how our overall development can take place through moral education.
As an example, Nepal was called the World Guru in ancient times. Moral values ​​are also taught along with education in Nepal and we can't call life life only by moral education to those who follow it to build a society full of human values, high ideals and character.
Therefore, I believe that moral education should be a part of the curriculum to make our country full of proper ideals and values.
- Kiran Prasad Sigdel-Dahchok Kathmandu
Sociology student
24 June 2081

20/06/2024

९९%उपभोक्ताले डेरीवाट नगद तिरेर दुध र दुग्ध उत्पादन खरिद गरि रहदा त्यही दुधको मुल्य किसानले पाएका छैन भने उपभोक्ता ले तिरेको पैसा कस्ले खायो ?
#किसानको आन्दोलन - दुधको मुल्य पाऊ

06/05/2023

#

Address

Thankot
Kathmandu
44619

Website

Alerts

Be the first to know and let us send you an email when उद्यमशीलता मासिक खवर पत्रिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share