24/04/2026
यस समाजका आजिवन सदस्य हाल बाह्रबिसे न.पा वडा नं ४ पुरानो बजार निवासी श्याम श्रेष्ठ को बुबा तथा लक्ष्मी देवी श्रेष्ठ को ससुरा राम प्रसाद श्रेष्ठ को २०८३ बैशाख १० गते बेलुका ८ बजे ८२ वर्षको उमेरमा भएको असामायिक निधनले हामी सबै मर्माहत भएका छौं ।
२०८३ बैशाख ११ गते बिहान करीब ७ :३० बजे सुनकोशी घाटमा दाहसंस्कार गर्ने जानकारी गराउँदछौं ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनहरु प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
बाह्रविसे -काठमाण्डौं सम्पर्क समाज