21/11/2025
आज मिति २०८२ मङ्सिर ५ गते, तदनुसार २१ नोभेम्बर २०२५, शुक्रबार, कमलपोखरीस्थित संगम स्वीट्समा लायन्स क्लब अफ काठमाडौँ वन्डर उमनद्वारा होस्ट गरिएको डिस्ट्रिक्ट गभर्नरस सेकेन्ड एडभाइजरी कमिटी मिटिङ जोन–१० अन्तर्गत अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो।
आजको कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट ट्रेजरर लायन महेन्द्रकुमार राठी ज्यू, विशेष अतिथि डिस्ट्रिक्ट चिफ एडभाइजर लायन विष्णु भण्डारी ज्यू, डिस्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर लायन जनार्दन फुयाल ज्यू, जिएमटी डिस्ट्रिक्ट कोर्डिनेटर लायन नारायण रेग्मी ज्यू, एरिया–२ एरिया कोअर्डिनेटर लायन मेघा तिमल्सिना म्याम तथा विभिन्न क्लबका पीभिएसटी सदस्यहरूको सम्मानित उपस्थिति रह्यो।
कार्यक्रममा डिस्ट्रिक्टले तोकेको समयसीमाभित्र एजेन्डाहरू प्रस्तुत गरिँदै महत्वपूर्ण विषयहरूबारे फलदायी छलफल भयो। अतिथिहरूले क्लबहरूले गरेका गतिविधिहरूको उच्च प्रशंसा गर्दै निरन्तर उर्जा, प्रेरणा तथा मूल्यवान सुझावहरू प्रदान गर्नुभयो।
यसैक्रममा, LCK Tirtha Nexusबाट क्लव प्रेसिडेन्ट लायन सिम्रन थपलिया म्यामले आफ्नो प्रतिवेदन जोन चेयरपर्सनसमक्ष प्रस्तुत गरी सफलतापूर्वक हस्तान्तरण गर्नुभयो।
आजको सेकेन्ड एडभाइजरी कमिटी मिटिङलाई अत्यन्तै व्यवस्थित, सौहार्दपूर्ण र प्रभावकारी ढंगले सम्पन्न गरिदिनुभएकोमा लायन्स क्लब अफ काठमाडौँ वन्डर उमनलाई हार्दिक धन्यवाद र बधाई
लायन्स क्लब अफ काठमाडौँ तीर्थ नेक्सस
Serve Lead and Rise