WOFOWON - Women Forum for Women in Nepal

WOFOWON - Women Forum for Women in Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WOFOWON - Women Forum for Women in Nepal, Non-Governmental Organization (NGO), Gongabu, Kathmandu.

Women Forum For Women In Nepal (WOFOWON) is a Non-Governmental Organization Established by Women Working in Entertainment Sector and is Continuously Working to Ensure the Rights of Women working in Entertainment Sectors in Nepal.

28/06/2026
मानवीयताको कुनै सिमाना हुँदैन!हाम्रो देश नेपालमा २०७२ सालको महाभूकम्प जाँदाको त्यो त्रासदी सम्झिँदा आज पनि मुटु चिसो भएर...
28/06/2026

मानवीयताको कुनै सिमाना हुँदैन!
हाम्रो देश नेपालमा २०७२ सालको महाभूकम्प जाँदाको त्यो त्रासदी सम्झिँदा आज पनि मुटु चिसो भएर आउँछ। त्यतिबेला अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त दुःख व्यक्त, सहानुभूति र सहयोगले हाम्रो दुखेको घाउमा मलम लगाएको जस्तो अनुभूति भएको थियो। आज त्यस्तै पीडा भेनेजुएलाका नागरिकहरूले भोगिरहेका छन्।
विनाशकारी भूकम्पका कारण त्यहाँ थुप्रै घरहरू भत्किएका छन्, अत्यावश्यक सेवाहरू अवरुद्ध भएका छन् र लाखौँ परिवारहरूलाई तत्काल सहयोगको आवश्यकता परेको छ। भौगोलिक रूपमा हामी टाढा भए पनि मानवीय नाता सबैभन्दा गहिरो हुन्छ।
यस दुःखद घडीमा भेनेजुएलाका सम्पूर्ण नागरिकहरूप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै शान्तिको कामना गर्दछु। भूकम्पमा परी ज्यान गुमाउने मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
यस्ता अप्रिय प्राकृतिक प्रकोपहरूसँग जुध्न अन्तर्राष्ट्रिय स्तरबाट तत्काल मानवीय सहयोग पुगोस् भन्ने अपिल पनि गर्दछु। कुनै पनि देश र नागरिकले यस्तो विपत्ति भोग्नु नपरोस्। 🙏✨

Humanity Knows No Borders! Remembering the devastating 2015 earthquake in our country, Nepal, still sends chills down my...
28/06/2026

Humanity Knows No Borders!
Remembering the devastating 2015 earthquake in our country, Nepal, still sends chills down my spine. Back then, the outpouring of international grief, sympathy, and support felt like a healing balm on our deeply wounded nation. Today, the people of Venezuela are facing the aftermath of a similarly catastrophic earthquake-shattered homes, disrupted essential services, and countless families in desperate need of immediate aid.

We might be geographically distant, but the bond of humanity runs incredibly deep. In this hour of immense grief, I pray for peace, strength, and resilience for the people of Venezuela.

My heartfelt condolences to the families of those who lost their lives, and wishing a speedy recovery to all the injured. I also appeal for urgent global humanitarian support to reach those in need. May no country or community ever have to endure such an unpleasant natural disaster. 🙏✨

कृतज्ञता! 💐सामाजिक रूपान्तरण र निरन्तर सहकार्यको कदर गर्दै सामुदायिक सेवा केन्द्र तथा समुदाय-प्रहरी सेवा केन्द्र, गोगंबु...
28/06/2026

कृतज्ञता! 💐
सामाजिक रूपान्तरण र निरन्तर सहकार्यको कदर गर्दै सामुदायिक सेवा केन्द्र तथा समुदाय-प्रहरी सेवा केन्द्र, गोगंबुबाट 'महिलाका निम्ति महिला मञ्च नेपाल' लाई सम्मान पत्रद्वारा सम्मानित गरिएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।
महिलाका निम्ति महिला मञ्च नेपाल' सदैव समाजको सकारात्मक परिवर्तनका लागि समर्पित रहनेछ।🙏✨🤝

National Conference on Human Rights Defenders 2026' सफलतापूर्वक सम्पन्न! 🙏मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलन (Nati...
26/06/2026

National Conference on Human Rights Defenders 2026' सफलतापूर्वक सम्पन्न! 🙏

मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलन (National Conference on Human Rights Defenders 2026) काठमाडौँको अल्फा हाउसमा भव्यताका साथ सम्पन्न भएको छ।
अधिकार र न्यायको क्षेत्रमा क्रियाशील रक्षकहरूको सुरक्षा, चुनौती र आगामी कार्यदिशाबारे सम्मेलनमा महत्त्वपूर्ण छलफल र प्रतिबद्धताहरू व्यक्त गरिए। यसै क्रममा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (WHRDN) को तर्फबाट प्रतिनिधित्व गर्दै हामीले प्यानल छलफल (Panel Discussion) मा समेत सहभागी हुने अवसर पायौँ।
छलफलका क्रममा हामीले महिला मानव अधिकार रक्षकहरूको 'पहिचान र वैधताको सिफारिस' (Recommendation on Identity and Legitimacy) का विषयमा आफ्ना महत्त्वपूर्ण धारणाहरू प्रस्तुत गर्‍यौँ।
यस गरिमामय राष्ट्रिय सम्मेलनमा सहभागी भई आफ्नो आवाज राख्ने अमूल्य अवसर प्रदान गर्नुभएकोमा कोक्याप नेपाल (CoCAP Nepal) र पीबीआई नेपाल (PBI Nepal) प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य बैठक सम्पन्न! 🙏🤝'जिल्ला पहिचान संजाल' को आयोजना र 'महिलाको निम्ति महिला मञ्च न...
26/06/2026

सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य बैठक सम्पन्न! 🙏🤝
'जिल्ला पहिचान संजाल' को आयोजना र 'महिलाको निम्ति महिला मञ्च नेपाल' को सहयोगमा मनोरञ्जन तथा सत्कार क्षेत्र (होटेल, क्याबिन, डान्सबार, दोहोरी, स्पा) सँग सम्बन्धित सरोकारवाला निकायहरूबिच समन्वय तथा सहकार्य बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
🗓 मिति: २०८३ असार ११ गते (२५ जुन २०२६)
📍 स्थान: रिडेफ नेपालको कार्यालय (सचिवालय)
बैठकमा मनोरञ्जन तथा सत्कार क्षेत्रका विविध विषयमा महत्त्वपूर्ण छलफल, सुझाव आदान-प्रदान हुनुका साथै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ।
बैठकमा सक्रिय सहभागी भई अमूल्य सुझाव दिनुहुने एबीसी नेपाल विराटनगर, परिवर्तनशील समाज, फेडो (FEDO), रिडेफ नेपाल, नीलहिरा समाज नेपाल, विराटनगर लगायत सम्पूर्ण संघ-संस्थाहरूलाई पहिचान संजाल र महिलाको निम्ति महिला मञ्च नेपालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

यस्तो महत्त्वपूर्ण संवाद आयोजना गरेकोमा हामी काठमाडौं विश्वविद्यालय (KU) स्कूल अफ आर्ट्सप्रति हार्दिक आभार व्यक्त गर्दछौ...
16/06/2026

यस्तो महत्त्वपूर्ण संवाद आयोजना गरेकोमा हामी काठमाडौं विश्वविद्यालय (KU) स्कूल अफ आर्ट्सप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। "श्रम बसाइँसराइ, लिङ्ग र मानव अधिकार" सम्बन्धी कार्यक्रममा मनोरञ्जन तथा सत्कार (Hospitality) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूका भोगाइ, सवाल र चुनौतीहरूका बारेमा आफ्ना अनुभवहरू बाँड्न पाउँदा निकै खुसी लागेको छ।
साथै, एक अभियन्ताको रूपमा श्रमिकका सवालहरूलाई प्रतिनिधित्व गर्न पाउँदा गौरव महसुस भएको छ। यस कार्यक्रमले आगामी दिनमा सामाजिक अभियन्ताहरू र प्राज्ञिक (Academic) क्षेत्रबीच अझ गहिरो र बलियो सहकार्यको बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु। यसले हरेक सीमान्तकृत वर्गका आवाजहरूलाई नीतिगत रूपमा परिवर्तन गर्न शिक्षाविद् र नागरिक समाजबीचको संवादलाई थप प्रवर्द्धन गर्नेछ।
गरिमापूर्ण निमन्त्रणा र सहजीकरणका लागि आदरणीय डा. मीना पौडेल र केयु कलेज परिवारप्रति हार्दिक धन्यवाद! 🙏
-श्री अशोक राणा
- सुश्री विजया राई श्रेष्ठ
सुश्री बेनु माया गुरुङ
- सुश्री श्रीजना पुन
#श्रमिकसञ्जाल - श्री महेश्वर नेपाल

मनोरंजन तथा सत्कार क्षेत्रका श्रमिक महिलाहरूको श्रम अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न!आज मिति २०८३ जेठ १३ गते (२७ म...
27/05/2026

मनोरंजन तथा सत्कार क्षेत्रका श्रमिक महिलाहरूको श्रम अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न!

आज मिति २०८३ जेठ १३ गते (२७ मई २०२६), महिलाका निम्ति महिला मञ्च नेपाल (WOFOWON) र टोखा नगरपालिकाको संयुक्त सहकार्यमा एक महत्त्वपूर्ण छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा टोखा नगरपालिका, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा अधिकृत सिर्जना आचार्य ज्यूले मुख्य सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा मनोरंजन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूलाई श्रम अधिकार, स्थानीय सरकारको श्रम डेस्कमा कसरी सूचीकरण हुने भन्ने प्रक्रिया, र श्रमिकहरूप्रति सरकारको दायित्वका विषयहरूमा विस्तृत र व्यावहारिक छलफल गरिएको थियो।
श्रमिक महिलाहरूको अधिकार सुनिश्चित गर्न र श्रमिकहरूलाई राज्यको मूलधारमा जोड्न स्थानीय सरकारसँगको यो सहकार्यले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।

कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏

Address

Gongabu
Kathmandu
26

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714981686

Alerts

Be the first to know and let us send you an email when WOFOWON - Women Forum for Women in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to WOFOWON - Women Forum for Women in Nepal:

Shortcuts

Share