श्रीमद् भागवत सेवा कुञ्ज नेपाल Shreemad Bhagwad Sewa Kunja Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • श्रीमद् भागवत सेवा कुञ्ज नेपाल Shreemad Bhagwad Sewa Kunja Nepal

श्रीमद् भागवत सेवा कुञ्ज नेपाल Shreemad Bhagwad Sewa Kunja Nepal Shreemad Bhagawad Sewa Kunj Nepal is a not-for-profit organisation set up for preserving and promoting the values of Vaidik religion.

Its mission is to expose the essence of the Sanatan religion thereby instilling religious spirit into people.

🙏 सु-प्रभातम्🙏
19/05/2026

🙏 सु-प्रभातम्🙏

🙏सुप्रभातम्🙏
18/05/2026

🙏सुप्रभातम्🙏

पुरुषोत्तम मास महिमा वर्णनम्                                                     वरदान थपलिया १.परिचय          पुरुषोत्त...
17/05/2026

पुरुषोत्तम मास महिमा वर्णनम्
वरदान थपलिया
१.परिचय
पुरुषोत्तम मास (जसलाई अधिक मास वा मलमास पनि भनिन्छ) सनातन हिन्दू धर्ममा एक अत्यन्तै पावन र विशेष महिना हो।सनातन हिन्दू पञ्चाङ्गमा काल गणनाको पद्धति अत्यन्तै वैज्ञानिक र विशिष्ट रहेको छ। यही पद्धतिअन्तर्गत सौर्यमण्डल र चन्द्रमण्डलको गतिबीचको सन्तुलन मिलाउन आउने एक विशेष महिना नै पुरुषोत्तम मास। लौकिक कार्यका लागि वर्जित मानिए पनि यो महिनालाई अलौकिक र उर्द्वलौकिक उन्नतिका लागि शास्त्रमा ‘स्वर्ण काल’ मानिएको पाइन्छ।
खगोलीय विज्ञान अनुसार, सौर्य वर्ष ३६५ दिनको हुन्छ भने चन्द्र वर्ष ३५४ दिनको हुन्छ। यी दुईबीच हरेक वर्ष करिब ११ दिनको अन्तर पर्छ। यही अन्तरलाई मिलान गर्न हरेक ३२ महिना, १६ दिन र ८ घण्टापछि एउटा अतिरिक्त महिना थपिन्छ, जसलाई 'अधिक मास' भनिन्छ।सुरुवातमा यो अतिरिक्त महिनाको कुनै स्वामी (देवता) थिएनन्। स्वामी नभएका कारण यसलाई 'मलमास' (मलिन महिना) भनेर हेला गरिन्थ्यो।आफ्नो यस्तो अपमान सहन नसकेर यो महिना भगवानको शरणमा पुग्यो। भगवानले करुणाभाव राख्दै यसलाई आफ्नै सर्वोत्कृष्ट नाम "पुरुषोत्तम" र आफ्नै सदृश गति प्रदान गर्नुभयो। त्यसै दिनदेखि यो महिना 'पुरुषोत्तम मास' को रूपमा पूज्य र पवित्र बन्न पुग्यो।
२. महत्त्व
यस महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता सकाम (लौकिक कामना जोडिएका) मांगलिक कार्यहरूलाई प्रायश: निषेध गरिएको छ। यसको मतलब यो महिना अशुभ भने होइन बरु यो त काम्य भावको रापबाट केही विश्राम लिएर कमसेकम एक महिना भक्ति ज्ञान र निष्काम भावमा डुब्दै गरिने आध्यात्मिक यात्राको समय हो।विविध शास्त्रमतानुसार यस महिनामा गरिने जप, तप, ध्यान, तीर्थस्नान र दानको फल अन्य सामान्य महिनाको तुलनामा हजारौं गुणा बढी प्राप्त हुन्छ।निष्काम भावले यस महिनामा भगवान् विष्णु र श्रीकृष्णको आराधना गर्नाले जन्म-जन्मान्तरका पाप नष्ट हुने र अन्त्यमा गोलोक (मोक्ष) पद प्राप्त हुने छ।
पुरुषोत्तम मासमा भगवान पुरुषोत्तमको आराधनामा विभिन्न अनुष्ठानहरू गरिन्छ जसको उद्देश्य आफ्नो आत्मशुद्धि र भगवत् प्राप्ति नै हुन्छ। यस महिनामा घरमा दैनिक पुरुषोत्तम भगवानको पूजा गर्नु पुरुषोत्तम मास माहात्म्यको पुस्तकको पूजा गर्नु एक एक अध्याय पाठ गर्नु कथा सुन्नु र सुनाउनु पर्दछ।सके महिना भरी नै एकादशीको व्रतलाई झैं यस महिनामा पनि सात्विक भोजन गर्ने, सम्भव भए एक छाक मात्र खाने वा फलाहार गरेर शरीरलाई शुद्ध राख्नु पर्दछ।दैनिक केही घन्टा कीर्तन गर्दै भक्तिभावको कुण्डमा डुबुल्की लगाउनु पर्दछ। यदि त्यसो गर्न सकिएन र आफुमा पढ्ने क्षमता र समय पनि छैन भने विद्वान पण्डित गुरुलाई घरमा बोलाएर सात दिन अथवा पाँच दिन अथवा तीन दिन र त्यो पनि नभए एक दिन भने पनि संकीर्तन सहित पाठ पारायण र कथा श्रवण अवस्य गर्नु पर्दछ यहि नै गृहस्थको परम धर्म हो र देव दण्डबाट मुक्ती पनि हो।
३.दानको महिमा
सनातन धर्ममा दानको महिमाको विशिष्टता पाइन्छ। दानले हामीमा त्याग-संस्कारको विकास नजानिदो रूपमा गराइरहेको हुन्छ जसले यो शरीर र संसारको निस्सारता र क्षणभङ्गुरतालाई बुझ्न मद्दत गरिरहेको हुन्छ।अनेक यज्ञ महायज्ञ र प्रसङ्गमा गरिने दानको आ आफ्नै महत्त्व त छँदै छ तर यो पुरुषोत्तम मासमा गरिने दानको भने अपार महिमा छ जसलाई महादान पनि भनिन्छ। यस महिनामा '३३' अंकको विशेष महत्त्व छ, जसले ३३ कोटी देवताको प्रतिनिधित्व गर्दछ।
यस महिनामा काँसको थालमा ३३ वटा मालपुवा तुलसीपत्र राखेर घृतपात्र र तिल पात्र पनि राखी सके काँचकै थाल नसके पीतम्बर वस्त्रले ढाकेर पुरुषोत्तम भगवाणको आराधना गरेर जौ तिल कुशले सङ्कल्प गरेर नैष्ठिक वैदिक ब्राह्मणलाई दान गर्नु पर्दछ। यसले जीवनमा गरिएका जान अन्जान अनेक पापहरू, दरिद्रता,ग्रहदशा,कष्ट,पीडा, रोग व्याधिहरू नाश हुन्छ भने अक्षय पुण्यको प्रप्ति,भगवत् प्रशन्नता,जीवनमा सुख शान्ति संमृद्धी,पित्री उद्धार र इह लोकमा सुख परलोकमा मोक्ष प्राप्त हुन्छ भन्ने शास्त्रीय मत रहेको छ।यस महिनामा दीपदान,पुस्तक दान,अन्न वस्त्र आदि अनेक दानको महिमा वर्णन गरेको पाइन्छ।यस महिनामा गरिने दान सकाम (केही पाउने आश) भन्दा पनि निष्काम (भगवानको खुसीका लागि मात्र) हुनुपर्छ। अहङ्कारले रहित भएर गरिएको सानो दानले पनि यस बेला सुमेरु पर्वत जत्रै पुण्य दिन्छ।यसमा पदार्थ भन्दा पनि भाव प्रधानता रहन्छ।सत्पात्रको महत्त्व ज्यादा छ।
४.निष्कर्ष
सौर्य र चान्द्र वर्षको सन्तुलनबाट सिर्जित तथा स्वयं भगवान् विष्णुद्वारा 'पुरुषोत्तम' नामले अभिसिञ्चित यो मलमास लौकिक कर्मको विश्राम र पारलौकिक उन्नतिको महाकुम्भ हो। यस पावन अवधिमा सकाम कर्मलाई थाँती राखेर निष्काम भावले गरिने भगवत् स्मरण, मन्त्र जप,काँसको पात्रमा ३३ वटा मालपुवासहित गरिने दीप तथा अन्नदान आदिले जन्मजन्मान्तरका पाप नास गरी हजारौँ गुणा पुण्य फल प्रदान गर्दछ। तसर्थ, सांसारिक दौडधुपमा रुमल्लिएका हरेक गृहस्थले आफ्नो आत्मिक शुद्धिका लागि सकेसम्म महिना दिन, त्यसो सम्भव नभए ७, ५, ३ वा कम्तीमा १ दिन मात्रै भए पनि पूर्ण निष्ठाका साथ पुरुषोत्तम मासको माहात्म्य श्रवण र गच्छे अनुसारको दान गर्नुपर्दछ।भगवत् कृपाको यो दुर्लभ अवसरलाई सदुपयोग गर्दै हाम्रो यो अमूल्य मनुष्य चोलालाई सार्थक बनाउदै मोक्ष-मार्गतर्फ उन्मुख गराउनु पर्दछ।
अस्तु !
हजुरहरूको पुरुषोत्तम मास मङ्गलमय होस् !
जय श्री हरि !! जय पुरुषोत्तम भगवान् !!

14/04/2026

Jay shree Ram...

https://youtu.be/dRQe9A_sLLo
07/09/2024

https://youtu.be/dRQe9A_sLLo

नेपाली संस्कार र संस्कृतिका अजस्र प्रतीक बनेर रहेका चाडपर्वमध्ये भाद्र शुक्ल पक्षको तृतीया तिथिमा मनाइने तीज ए.....

Address

Gongabu Chowk
Kathmandu

Telephone

+97714361761

Website

Alerts

Be the first to know and let us send you an email when श्रीमद् भागवत सेवा कुञ्ज नेपाल Shreemad Bhagwad Sewa Kunja Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share