09/09/2026
मानव सेवाको यो पुण्य कर्ममा जोडिनुहुने सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक नमन। 🙏🕉️
रापती समाज काठमाडौँको तर्फबाट मुस्ताङ गुम्बा, स्वयम्भूमा राहत संकलन गरी अत्यावश्यक औषधि, जीवनजल, नुहाउन प्रयोग हुने टावल, चप्पल, खाद्य तथा राशन सामग्री, चामल, बिस्कुट, सेनेटरी प्याड, बच्चाहरूका लागि डाइपर, महिला तथा बालबालिकाका लागि भित्री कपडाहरू लगायतका सामग्री तथा घरमै मेहनतपूर्वक तयार गरिएको होममेड लिटो हस्तान्तरण गरियो। करिब रु. ८०,००० बराबरको राहत सामग्री हस्तान्तरण गरियो।🙏
यस अभियानमा सहयोगीका रूपमा जोडिनुहुने साथी टिम काठमाडौँ, रापती समाज काठमाडौँका सम्पूर्ण महानुभावज्यूहरू तथा कपन जेसीजका अध्यक्षज्यू ,कपन फुलबारी टोल समूह लगायत सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। विशेष रूपमा घरमै मेहनत गरी नानीबाबुहरूका लागि लिटो तयार गर्नुहुने बिमला पौडेल म्यामज्यू तथा यस कार्यलाई पहल एवं संयोजन गर्नुहुने रापती समाज काठमाडौँकी सचिव श्रीजू अधिकारीज्यूप्रति विशेष धन्यवाद। 🙏❤️
स्वस्फूर्त रूपमा यस पुण्य कार्यमा जोडिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक–हार्दिक नमन। 🙏
रापती समाज काठमाडौं
महासचिव