Gautam Samaj

Gautam Samaj This is an official page for Gautam Samaj ,Kathmandu.

03/03/2025

लेख रचना सम्वन्धमा ।
यस गौतम बन्धु राष्ट्रिय समाजको स्थापना कालदेखी हाल सम्म गर्दै आएको विभिन्न क्रियाकलाप ( गौतम बस्ती भ्रमण , कुलपुजा , बन्धुमिलन , सेमिनार ,गोष्ठी ,सभा लगायत ) सम्वन्धि लेख रचना अनुभव समटेर निकट भविष्यमै गौतम बन्धु राष्ट्रियसमाज को संस्मरण २०८१ नामक पुस्तक प्रकाशन गर्न लागिएको हुदा उक्त विषयस‌ग सम्वन्धित विषय मात्र इच्छुक गौतमबन्धुहरुले यस समाजको इमेल ठेगाना [email protected] तथा बन्धु लेखनाथ गौतम 9841259515 मा चैत्र ५ गते सम्ममा सम्पर्क गरि लेख रचना पठाउनुहुन अनुरोध गर्दछाै ।
गौतम बन्धु राष्ट्रिय समाज
बुद्धनगर काठमाडाै

गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय कार्यालय, काठमाडौं द्वारा रुकुम पश्चिम जिल्ला, आठविसकोट नगरपालिका, वडा नं. ४, अत्रि-...
29/06/2024

गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय कार्यालय, काठमाडौं द्वारा रुकुम पश्चिम जिल्ला, आठविसकोट नगरपालिका, वडा नं. ४, अत्रि-मालिका मन्दिर संगै जोडिएको लगभग ‌१ रोपनी जग्गामा शिलन्यास भै सकेको महर्षि अत्रि स्तम्भ तथा अत्रि अनशुया योगाश्रम भवन निर्माण गर्नका लागि स्वच्छिक रकम उठाई जग्गा खरिद गरी दान गर्नु हुने तपशिलका बन्धुहरुलाई विशेष धन्यवाद। साथै उक्त कार्यक्रममा संयोजक को हैसियतले अविष्मरणीय भूमिका निर्वाह गर्नु हुने मीना शर्मा गौतमको टिमलाई समेतआभार व्यक्त गर्दछौ । जय कुल ! जय बन्धु !!

मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ...
29/06/2024

मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

हार्दिक बधाई । अत्रिगोत्रिय गौतम कुलमा जन्मेर हरेक युवाहरूको ढुकढुकीमा बस्न सफल हाम्रि चेली सोविता गौतम योङ वन वर्ल्ड ले...
20/07/2023

हार्दिक बधाई । अत्रिगोत्रिय गौतम कुलमा जन्मेर हरेक युवाहरूको ढुकढुकीमा बस्न सफल हाम्रि चेली सोविता गौतम योङ वन वर्ल्ड ले आयोजना गरेको योङ वल्ड पोलिटिसियन अफ दि ईयर बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई उहाँ को आगामी दिन सुखद एवं सफलताका साथ वितोस आगामी दिनमा अझ शुभ समाचार सुन्न पाईयोस । शुभकामना । जय बन्धु ।

जय बन्धु ! बन्धुहरुलाई खुशीको खवर ।गौतम बन्धु राप्ट्रिय समाज केन्द्रिय कार्यालय ले आफ्नो कार्यालय शान्तिनगर , बानेश्वरमा...
20/05/2023

जय बन्धु ! बन्धुहरुलाई खुशीको खवर ।
गौतम बन्धु राप्ट्रिय समाज केन्द्रिय कार्यालय ले आफ्नो कार्यालय शान्तिनगर , बानेश्वरमा स्थापना गरी बन्धु भेटघाट लाई प्राथमिकतामा राखेको जानकारी यसै सुचना मार्फत जानकारी गराउन पाँउदा हामी कृतज्ञ छौ । शान्तिनगर गेट बाट दक्षीण करीव ३०० मिटरमा कार्यालय पुग्न सकिने जानकारी पनि बन्धुहरुलाई यसै पोष्ट मार्फत गराउन पाँउदा हामी हर्षित भएका छौ । अव केहिदिन भित्रै चाडैनै केलेण्डर लगायतका सामाग्री उक्त कार्यालय मार्फत वितरणको ब्यवस्था मिलाइने जानकारी पनि गराइन्छ । जय बन्धु ।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Gautam Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gautam Samaj:

Share