10/07/2026
🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना
श्रुति (SHRUTI) संस्थाको आजीवन सदस्य तथा संस्थाकी अध्यक्ष नीता केशरीकी पूजनीय माता श्री स्वर्गीय श्रीमती गीता केशरीज्यू को असार १८ गते ८६ वर्षको उमेरमा भएको निधनको दुःखद समाचारले हामी सम्पूर्ण श्रुति परिवार गहिरो शोकमा परेका छौं।
स्वर्गीय गीता केशरीज्यूको स्नेहमयी, सरल र प्रेरणादायी व्यक्तित्व सधैं हाम्रो स्मृतिमा रहनेछ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछौं।
भावपूर्ण श्रद्धाञ्जली!
– श्रुति (SHRUTI) परिवार 🕊️