Nepal Environment Society

Nepal Environment Society Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Environment Society, Environmental conservation organisation, Tribhuvan University, Kathmandu.

Nepal Environment Society [NES] is a professional organization of environmental professionals and graduates from environmental science, environmental management and environmental engineering.

रसुवा–भोटेकोशी बाढी विपद्प्रति नेपाल वातावरण समाज (NES) को समवेदना, ऐक्यबद्धता तथा सार्वजनिक अपिल। 🙏
02/09/2026

रसुवा–भोटेकोशी बाढी विपद्प्रति नेपाल वातावरण समाज (NES) को समवेदना, ऐक्यबद्धता तथा सार्वजनिक अपिल। 🙏

नेपाल वातावरण समाजको भोटेकोशी -त्रिशूली आकस्मिक बाढी विपद्को अध्ययन तथा अनुसन्धानका लागि गठन गरेको उपसमितिले आफ्नो अध्यय...
30/08/2026

नेपाल वातावरण समाजको भोटेकोशी -त्रिशूली आकस्मिक बाढी विपद्को अध्ययन तथा अनुसन्धानका लागि गठन गरेको उपसमितिले आफ्नो अध्ययन तथा अनुसन्धान सम्पन गरि नेपाल वातावरण समाजको आधिकारिक वेब पेज मार्फत सार्बजनिक गरेको छ, यस अध्ययन /अनुसन्धानमा सग्लग्न बिज्ञ मित्रहरु डा बिनोद बानिया, डा नितेश खड्का, डा अमृत प्रसाद शर्मा, श्री बिष्णु महर्जन , डा जयराम कार्की लगायत सम्पूर्ण NES को सदस्य ज्यु हरुलाई NES धन्यवाद ज्ञापन गर्दछ !https://nepalenvironmentsociety.org.np/wp-content/uploads/2026/08/1.15-PM-Latest-Final-Draft-August-30_After-BB-AP-NK-BM-JK_-corrected-1.pdf

27/08/2026

प्रिय वातावरणप्रेमी साथीहरू,
नेपाल वातावरण समाज (NES) को नयाँ कार्यसमिति गठन भएदेखि नै समाजले विभिन्न विषयमा सक्रिय रूपमा काम गर्दै आएको छ। राष्ट्रियस्तरमा उत्पन्न हुने कुनै पनि वातावरणीय तथा अन्य समस्याका समयमा हामी सदैव तपाईंहरूमाझ उपस्थित भएर सहयोग गर्न तत्पर छौँ। यसै सन्दर्भमा, आज नेपाल वातावरण समाजले निम्नानुसार कार्य गर्ने निर्णय गरेको छ।
१. वातावरणविद्हरूको क्षति तथा समस्यासम्बन्धी विवरण संकलन
नेपाल वातावरण समाजका महासचिव श्री समीर थापाको नेतृत्वमा त्रिशूली बाढी विपद्का कारण समस्यामा पर्नुभएका वातावरणविद्हरूको अवस्था, क्षति तथा समस्यासम्बन्धी सूचना र तथ्याङ्क संकलन गरिनेछ। त्यसैले सम्बन्धित सबै साथीहरूले आवश्यक सूचना तथा विवरण महासचिव श्री समीर थापालाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ। यस तथ्याङ्क तथा क्षति–नोक्सानीको विवरण (Loss and damage Inventory) संकलन कार्यमा NES का श्री अनिल केसी र सुश्री सबिताले समेत सहयोग गर्नुहुनेछ।
२. NES को आधिकारिक धारणा सार्वजनिक गर्ने
नेपाल वातावरण समाजले समाजको आधिकारिक धारणा तथा आवाज विभिन्न सञ्चारमाध्यम तथा सार्बजनिक रुपमा महासचिव श्री समीर थापामार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।
३. त्रिशूली बाढी विपद् अध्ययनका लागि उपसमिति गठन
नेपाल वातावरण समाजले त्रिशूली आकस्मिक बाढी विपद्को अध्ययन तथा अनुसन्धान गर्न निम्न सदस्यहरू रहेको अध्ययन उपसमिति गठन गरेको छ।
डा. बिनोद बानियाँ — संयोजक
डा. अमृत प्रसाद शर्मा — सदस्य
डा. जयराम कार्की — सदस्य
डा. नितेश खड्का — सदस्य
श्री विष्णु महार्जन — सदस्य
उक्त अध्ययन उपसमितिले एक हप्ताभित्र अध्ययन/अनुसन्धान सम्पन्न गरी प्राप्त निष्कर्ष तथा आवश्यक सुझाव/सिफारिससहितको प्रतिवेदन तयार गर्नेछ। प्रतिवेदनलाई आवश्यकताअनुसार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने वा नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय गरिनेछ।यस विपद्को समयमा सम्बन्धित सबै वातावरणविद् तथा सरोकारवालाहरूबाट आवश्यक सूचना, तथ्याङ्क तथा सहयोग प्राप्त हुने अपेक्षा गर्दै यो बिसम परिस्थितिमा सबैमा धैर्य धारणा गर्न अपिल गर्दछौ !!

नेपाल वातावरण समाजका पूर्व उपाध्यक्ष एवं Society of Environmental Enginners Nepal का वर्तमान अध्यक्ष Er. Lokesh Sapkota ...
08/08/2026

नेपाल वातावरण समाजका पूर्व उपाध्यक्ष एवं Society of Environmental Enginners Nepal का वर्तमान अध्यक्ष Er. Lokesh Sapkota ले विद्यावारिधि सफल्तापूर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।

उहाँको यो महत्वपूर्ण शैक्षिक उपलब्धि वातावरण तथा इन्जिनियरिङ क्षेत्रमा थप योगदानका लागि प्रेरणादायी बन्ने विश्वास छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता, प्रगति र उपलब्धिका लागि हार्दिक शुभकामना। 🎓🌿

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! Dr. Lokesh Sapkota

नेपाल वातावरण समाज (NES) मा नयाँ युगको शुभारम्भ भएको छ। "NES Journal of Environment" नामक  अनुसन्धानमूलक प्रकाशनका प्रधा...
07/08/2026

नेपाल वातावरण समाज (NES) मा नयाँ युगको शुभारम्भ भएको छ। "NES Journal of Environment" नामक अनुसन्धानमूलक प्रकाशनका प्रधान सम्पादक (Chief in Editor) मा नियुक्त हुनु भएकोमा आदरणीय सह प्रा. डा. नारायण प्रसाद गैरे सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

हामी सम्पूर्ण नेपाल वातावरण समाज (NES) परिवारले तपाईंको दूरदर्शी नेतृत्व, समृद्ध अनुभव र विज्ञताप्रति ठूलो अपेक्षा राखेका छौं। तपाईंको नेतृत्वमा यो जर्नलले गुणस्तरीय अनुसन्धान, शैक्षिक उत्कृष्टता र वातावरणीय ज्ञानको प्रवर्द्धनमा नयाँ उचाइ हासिल गर्नेमा हामी विश्वस्त छौं।

आउनुहोस्, सबै मिलेर हातेमालो गर्दै यस अभियानलाई रूपान्तरणकारी, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाऔं। नेपाल वातावरण समाज (NES) सधैं तपाईंको साथमा छ।

नेपाल वातावरण समाज (NES) को पहलमा शैक्षिक समुदायबीच इतिहासमै विरलै देखिएको अभूतपूर्व एकता कायम भएको छ। यस संयुक्त वक्तव्...
06/08/2026

नेपाल वातावरण समाज (NES) को पहलमा शैक्षिक समुदायबीच इतिहासमै विरलै देखिएको अभूतपूर्व एकता कायम भएको छ। यस संयुक्त वक्तव्यमा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण शैक्षिक समुदायप्रति नेपाल वातावरण समाज (NES) हार्दिक स्वागत तथा आभार व्यक्त गर्दछ।

वातावरण निरीक्षक र वातावरण परीक्षक कुनै पनि विषयका स्नातक होइन, वातावरण विषयमा अध्ययन र दक्षता हासिल गरेका जनशक्तिबाट मा...
03/08/2026

वातावरण निरीक्षक र वातावरण परीक्षक कुनै पनि विषयका स्नातक होइन, वातावरण विषयमा अध्ययन र दक्षता हासिल गरेका जनशक्तिबाट मात्र हुनुपर्छ।

यदि सामाजिक सञ्जालमा सार्वजनिक भएको मस्यौदा सत्य हो भने यसले वातावरण पेशाको व्यावसायिक मर्यादा र हजारौं वातावरण स्नातकको योगदानलाई कमजोर बनाउनेछ। नेपाल वातावरण समाज यस विषयमा तथ्य बुझ्दै सरोकारवालासँग छलफल अघि बढाइरहेको छ। अब वातावरण समुदाय एकताबद्ध हुने समय आएको छ।


वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (२) बमोजिम गठन हुने राय सुझाव समितिमा विषय विज्ञको रूपमा सूचीकरण हुने सम्बन्ध...
22/07/2026

वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (२) बमोजिम गठन हुने राय सुझाव समितिमा विषय विज्ञको रूपमा सूचीकरण हुने सम्बन्धी कृषि, वन तथा पर्यावरण मन्त्रालयको सार्वजनिक सूचना।

कृषि, वन तथा पर्यावरण मन्त्रालय लगायत विभिन्न मन्त्रालयका सचिबज्युहरु,सहसचिबज्युहरु, मन्त्रालयका O & M का  सदस्यज्युहरु ...
17/07/2026

कृषि, वन तथा पर्यावरण मन्त्रालय लगायत विभिन्न मन्त्रालयका सचिबज्युहरु,सहसचिबज्युहरु, मन्त्रालयका O & M का सदस्यज्युहरु तथा प्रधानमन्त्री कार्यालयका Office of Prime Minister and Council of Ministers (OPMCM) अन्तर्गतका सचिब ज्युसंगको NES को परामर्शले सार्थकता पायोस !!

17/07/2026

Address

Tribhuvan University
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Environment Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Environment Society:

Shortcuts

Share