19/07/2026
शब्दको सौन्दर्य, छन्दको अनुशासन, लोकलयको मिठास र सिर्जनाको उत्साहसँगै ‘विद्यार्थीहरूसँग आस्लुन’ परियोजनाको दोस्रो सत्र आज सफलतापूर्वक सम्पन्न भएको छ।
‘विद्यार्थीहरूसँग आस्लुन’ केवल एउटा कार्यक्रम होइन, नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र छन्दप्रतिको रुचि जागृत गराउने हाम्रो साझा सपना हो। यस अभियानअन्तर्गत पहिलो सत्रमा पृथ्वीनारायण माध्यमिक विद्यालयका ३३ जना र दोस्रो सत्रमा ३७ जना गरी जम्मा ७० जना विद्यार्थीलाई नेपाली लोकलय तथा वर्णिक छन्दमा कविता लेखनको आधारभूत प्रशिक्षण प्रदान गर्न सफल भएका छौँ। पहिलो सत्रको अनुभवलाई थप समृद्ध बनाउँदै दोस्रो सत्रमा मुक्तक र गजल लेखनका आधारभूत पक्षसमेत समेट्न सकेका छौँ, जुन हाम्रो अभियानको महत्त्वपूर्ण उपलब्धि हो।
यस यात्रालाई सफल बनाउन प्रत्यक्ष वा परोक्ष रूपमा साथ, सहयोग, प्रेरणा र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
विशेष आभार :
१) कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरू तथा उहाँहरूलाई सहभागिताको अवसर प्रदान गर्नुहुने अभिभावकज्यूहरू।
२) प्रमुख अतिथि: आदरणीय श्री रत्न विरही घिमिरे।
३) विशिष्ट अतिथि: आत्माराम न्यौपानेज्यू।
४) सिकारु राम ।
५) जमुना घिमिरे ।
६) सावित्री पौडेल ।
७) सरोज श्रेष्ठ, संस्थापक सदस्य, आस्लुन
८) करुवा सिर्जनशील नेपाल परिवार, विशेषतः अध्यक्ष विनोद थापा ज्यू र सचिव अबिरल घिमिरे ।
९) एस. आर. दुवाडी।
१०) प्रशिक्षकद्वय रविना कँडेल र विजय घिमिरे (बिफल)।
११) समीना न्यौपाने मिश्र ।
१२) केफस महर्जन।
१३) देवी नेपाल ।
१४) पृथ्वीनारायण माध्यमिक विद्यालयका प्राचार्य एन. पी. शर्मा सरसहित सम्पूर्ण विद्यालय परिवार।
१५) कार्यक्रम सञ्चालन गर्नुहुने दीक्षा पौडेल, श्रोत व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुहुने शालिक राम पाठक, तथा सम्पूर्ण आस्लुन परिवार।
प्रत्यक्ष वा परोक्ष रूपमा शुभेच्छा, सद्भाव र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू।
हामी विश्वास गर्दछौँ—आज रोपिएको सिर्जनाको यो सानो बिरुवा भोलि नेपाली साहित्यको विशाल वृक्षका रूपमा विकसित हुनेछ। यही विश्वास र प्रतिबद्धतासहित ‘विद्यार्थीहरूसँग आस्लुन’ अभियानलाई अझ व्यापक, अझ प्रभावकारी र अझ अर्थपूर्ण बनाउँदै अगाडि बढ्ने प्रण गर्दछौँ।
साथ, सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद।