LOOM

LOOM LOOM LOOM is all about asserting our rights, opening up to contentious issues, and exerting our rights to become autonomous decision makers.

We believe must expand our skills, and transfer our knowledge to young women to strengthen youth activism.

उच्च सर्तकता अपनाउन अनुरोध
28/08/2026

उच्च सर्तकता अपनाउन अनुरोध

आपतकालीन गोदामघर तथा राहत संकलनका लागि सम्पर्क व्यक्ति एवं फोन नम्बरहरु

प्रेस विज्ञप्तिरसुवासहित बाढी तथा पहिरोबाट प्रभावित सबै समुदायप्रति हाम्रो गहिरो समवेदना। यस विपद्मा ज्यान गुमाएकाहरूप्र...
27/08/2026

प्रेस विज्ञप्ति

रसुवासहित बाढी तथा पहिरोबाट प्रभावित सबै समुदायप्रति हाम्रो गहिरो समवेदना। यस विपद्मा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यस कठिन समयमा उद्धार, राहत र पुनर्स्थापनाका सबै प्रयासहरू समावेशी, लैङ्गिकमैत्री र पहुँचयोग्य हुन आवश्यक छ। विशेषगरी महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य उच्च जोखिममा रहेका समुदायका आवश्यकतालाई केन्द्रमा राखेर प्रभावकारी राहत र पुनर्स्थापनाका लागि हामी सबै सरोकारवालासँग समन्वय र सहकार्यका लागि आह्वान गर्दछौं ।

26/08/2026
विशेष सतर्कताका लागि अनुरोधभोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको अर्को सूचना नआउँदासम्म भोटेकोशी, त्...
26/08/2026

विशेष सतर्कताका लागि अनुरोध

भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको अर्को सूचना नआउँदासम्म भोटेकोशी, त्रिशूली नदी एवं नारायणी नदीको तटीय क्षेत्रमा रहने हुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन एवं तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा जानु हुन एवं खोज तथा उद्धारको आवश्यकता भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १००/१२३४/११४८ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी सडक, मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्नु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न, गराउन हुन सम्बन्धित सम्पूर्णमा प्राधिकरण हार्दिक अपिल गर्दछ।

पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

26/08/2026

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !!

हामीले प्रयोग गर्ने शब्दहरूले शक्ति, असमानता, पहिचान र प्रतिरोधलाई कसरी बुझ्छौँ भन्ने आकार दिन्छन्।त्यसैले महिलावादी शब्...
20/08/2026

हामीले प्रयोग गर्ने शब्दहरूले शक्ति, असमानता, पहिचान र प्रतिरोधलाई कसरी बुझ्छौँ भन्ने आकार दिन्छन्।

त्यसैले महिलावादी शब्दकोश, नेपालको पहिलो महिलावादी आन्दोलनको शब्दकोश नेपालीमा, केवल अनुवाद होइन। यो नेपालका महिलावादी आन्दोलनका लागि साझा भाषा र ज्ञान निर्माण गर्ने प्रयास हो।

मूलतः JASS द्वारा विकसित यस पहललाई LOOM ले नेपाली सन्दर्भ र अनुभवसँग जोड्दै अगाडि बढाएको हो।

यस शब्दकोशको कथा र महत्वबारे थप जान्न समाचार लिंक पनि पढ्नुहोस्। लिंक कमेन्टमा छ।

आफ्नो एक प्रति सुरक्षित राख्न हामीलाई फेसबुक मार्फत सन्देश पठाउन सक्नु हुने छ, वा [email protected] मा इमेल गर्नुहोस्।

https://nepalnews.com/2026/08/16/language-is-normalizing-the-idea-of-demeaning-women/

LOOM stands in solidarity with the family of 3-year-old Garima Chaudhary and strongly condemns the horrific violence per...
20/08/2026

LOOM stands in solidarity with the family of 3-year-old Garima Chaudhary and strongly condemns the horrific violence perpetrated against her.

We demand an immediate, impartial, independent and scientific investigation, with all available evidence preserved and examined through a victim-centred, evidence-based process. Those responsible must be identified and held accountable under the law.

The investigation must remain free from any political, social or other pressure or interference. Garima and her family deserve justice, dignity and protection.

Justice for Garima. Accountability for perpetrators. No impunity for violence against children.

बाराको सिमरामा ३ वर्षीय बालिका माथि भएको जघन्य अपराधको घटना प्रति गम्भीर ध्यानाकर्षण
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा, भक्तिटोलकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरी माथि भएको जघन्य अपराधप्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ ।
ओरेक यस घटनाको तत्काल, निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई पहिचान तथा कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । अनुसन्धानका क्रममा घटनास्थल तथा उपलब्ध प्रमाणहरूको संरक्षण, वैज्ञानिक परीक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गरिनुपर्छ । साथै, अनुसन्धान प्रक्रियालाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवारलाई न्याय प्राप्त हुने वातावरण सुनिश्चित गर्नका लागि जोडदार माग गर्दछ ।

Humanitarian action is not only about responding to crises. It is about recognizing the dignity, knowledge, agency, and ...
19/08/2026

Humanitarian action is not only about responding to crises. It is about recognizing the dignity, knowledge, agency, and leadership of people who live through it.

From a feminist perspective, who gets to define a crisis? Whose voices shape the response? And who is being left behind?

For communities already pushed to the margins, crises do not create inequalities. They expose and deepen the ones that already exist. A truly humanitarian response must therefore be intersectional, community-led, and grounded in care, solidarity, justice, and accountability.

Communities are not empty spaces waiting for solutions. They carry knowledge, histories, relationships, and ways of surviving and caring for one another. They are not merely affected by crises. They are already responding to them.

The question, then, is not simply how we respond to people in crisis, but whether our response recognizes their power, protects their dignity, and makes space for them to lead.

This Humanitarian Day, let us move beyond doing for communities and towards standing with them, listening to them, and challenging the inequalities that make some lives more vulnerable than others.

12/08/2026

Srijana Basel, a young participant of the Sexuality, Gender and Rights Institute (SGRI), organized by LOOM in Nepal, shares her thoughts on the question:

“फरक–फरक पृष्ठभूमिका युवाहरू मिलेर कस्तो भविष्य निर्माण गर्न चाहनुहुन्छ?”

उनको जवाफमा एउटा स्पष्ट विश्वास छ: हामी युवाहरू आजका दर्शक मात्र होइनौँ, भोलिको सुन्दर भविष्यका निर्माता हौँ।

हाम्रा परिवेश र अनुभव फरक हुन सक्छन्, तर आफूले चाहेको भविष्य निर्माण गर्ने आकांक्षा हामी सबैमा साझा हुन सक्छ।

भिन्न परिवेश, साझा आकांक्षा।

12/08/2026

Our young participant from SGRI, Alisha Guragain, say,

“कहिलेकाहीँ युवाहरूलाई सुझाव होइन, सुन्ने मान्छे चाहिन्छ।
बिना judgment आफ्ना कुरा भन्न पाउने ठाउँ, र कसैले भनिदिने, म तिमीलाई बुझ्छु।”

यस युवा दिवसमा, हामी युवाहरूका यिनै फरक अनुभव र आवाजहरू सुनिरहेका छौँ।

भिन्न परिवेश, साझा आकांक्षा।

Different Context, Common Aspirations

Address

Panchayan Street
Kathmandu
4648

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714251335

Alerts

Be the first to know and let us send you an email when LOOM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LOOM:

Shortcuts

Share