CDS Nepal

CDS Nepal Child Development Society is a NGO which was established in 2048 B.S (1991 A.D).

It has been working for the rights of children with the aim of operating with those children who are in need in the sector of Education, Health, Protection and Livelihood.

हामी पूर्ण रूपमा सहमत छौँ। विश्वास गर्न मिल्ने मानिसलाई चिन्नु, विश्वासलाई जोगाइराख्नु र प्रभावकारी सञ्चार गर्नु आजको सम...
10/01/2026

हामी पूर्ण रूपमा सहमत छौँ।

विश्वास गर्न मिल्ने मानिसलाई चिन्नु, विश्वासलाई जोगाइराख्नु र प्रभावकारी सञ्चार गर्नु आजको समयको अत्यन्तै आवश्यक सीप हो। विश्वास बिना सम्बन्ध टिक्दैन, र स्पष्ट तथा इमानदार संवाद बिना त्यो विश्वास अझ बलियो हुन सक्दैन। सही व्यक्तिसँग खुला मनले कुरा गर्न सक्नु, ध्यानपूर्वक सुन्न जान्नु र सम्मानपूर्वक विचार आदान–प्रदान गर्नु नै व्यक्तिगत विकास तथा समुदायमा सकारात्मक परिवर्तनको बलियो आधार हो।

आजको Self of the Day — Peer Educator Nishan  Rawal !! आफ्नो उत्कृष्ट आत्मपरिक्षण, समर्पण र स्मार्ट कार्यशैलीमार्फत उल्ले...
10/01/2026

आजको Self of the Day — Peer Educator Nishan Rawal !!

आफ्नो उत्कृष्ट आत्मपरिक्षण, समर्पण र स्मार्ट कार्यशैलीमार्फत उल्लेखनीय योगदान पुर्‍याउनु भएकोमा उहाँलाई सम्मान गरिएको छ। आफूमा परिवर्तन ल्याउने दृढ प्रतिबद्धतासँगै समुदायमा सकारात्मक रूपान्तरणको लागि निरन्तर काम गर्दै आउनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा प्रशंसा।

सन्दर्भ : RupantaranLifeSkilltot2026 !!

बालबालिकाको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यसहित रूपान्तरण तथा संरक्षणात्मक सीप (Protective Skill) TOT कार्यक...
09/01/2026

बालबालिकाको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यसहित रूपान्तरण तथा संरक्षणात्मक सीप (Protective Skill) TOT कार्यक्रमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ। ललितपुरमा आयोजित यस कार्यक्रममा काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका २८ जना Peer Educator सहभागीहरूको सक्रिय सहभागिताले समुदायस्तरमा सुरक्षित, सशक्त र सम्मानजनक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामा पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा (२०८२ पुष १४ गते) भएकोमा हार्दिक बधाई ज्ञाप...
31/12/2025

चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामा पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा (२०८२ पुष १४ गते) भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । बालश्रम मुक्त पालिका निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दैै प्रक्रियागत कार्य गर्न वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल विकास समाजलाई सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा नगरपालिका प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

Address

Faika/1
Kathmandu

Alerts

Be the first to know and let us send you an email when CDS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CDS Nepal:

Shortcuts

Share