13/09/2024
नौलिन भद्रकाली मन्दिर
काठमाडौँको केन्द्रबाट उत्तर पट्टि शिवपुरीको काखमा रहेको सुन्दर गाउँ, चुन्निखेल गाउँ छ। हाल नगरपालिका घोषणा भएपछि बुढानिलकण्ठमा समाबेश भएको छ। बुढानिलकण्ठ नगरपालिकाको गाम्चामा अवस्थित नौलिन भद्रकाली मन्दिर, काली मन्दिरहरु मध्येको प्राचिन अनि मुख्य काली मन्दिर मानिन्छ।
परापूर्व कालमा केहि किशानहरुले खेतमा काम गरी राखेका बेला हालको धोबीखोलाको किनारै किनारमा एकजना सानी बालिका रोएर आइरहेको देखे। किसानहरुले ती बालिकाले केहि जवाफ नदिएपछि भोकाएको हुनुपर्छ भन्ने अनुमान गर्दै, आफुहरुलाई भनि ल्याएको खाजा खुवाएको प्रसङ्ग र दश / बाह्र जनाको खाजा ती एक्लैले खाएर पनि रुन नछाडेपछि, किसानहरु मद्ध्ये एकजनाले ती बालिकालाई प्याट्ट पिट्दा बालिका घोप्टिन गई सिद्ध भएको र पछि बैद्य / तान्त्रिकहरुले आफ्नो दिब्य शक्तिद्वारा ती बालिका भद्रकाली हुन गएको जनाएपछि तेसै स्थानमा भब्य मन्दिर बनाई पुजा आरजाना गर्न थालेको कथन प्रचलित छ।
सबै कालीहरुको जननी मानिने यस नौलिन भद्रकालीमा हरेक शनिबार र पुर्णिमाहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ भने बुद्ध पुर्णिमाको दुईदिन अघिदेखि बुद्ध पुर्णिमाको तीनदिनपछि सम्म ठुलो जात्रा मनाईने गरिन्छ।
नौलिन भद्रकाली जात्राको पहिलो दिन: पंचाबलि कुखुरा, हाश, बोका, थुन्ग्बा, राँगोबाट सुरुभै दोश्रो - तेश्रोभई छ दिन सम्म लम्भिन। जात्राको तेश्रो दिन अर्थात् बुद्ध जयन्तिको दिन मुख्य पुजाआजको दिन मानिन्छ। त्यसै गरी तेश्रो दिनको राती टुसाल, तुपेक, चापली र गाम्चाबाट रथलाई बाजा गाजाका साथै भब्य तामझामका साथ मन्दिर पुर्याएपछि, चौथो दिन गाम्चा चौरमा हुने भब्य सिन्दुर जात्रा हुन्छ।
त्यस दिनको सिन्दुर जात्रा पश्चात विभिन्न स्थानबाट ल्याएको रथहरु आ-आफ्नो स्थानमा बाजागाजा सहित उस्तै भब्य ताम्जामका साथ फिर्ता लगिन्छ।
तर अझै पनि यस मन्दिरको आवश्यक प्रचार प्रसार हुन सकेको छैन भने नेपाल सरकार र पुरातत्व बिभागको पनि ध्यान केन्द्रित हुन सकेको छैन।