21/09/2026
कोशी प्रदेश सभाका माननीय सभामुख अम्बर बहादुर बिष्ट ज्यूको प्रमुख आतिथ्यता, माननीय उपसभामुख सृजना दनुवार ज्यूको बिशिष्ट आतिथ्यता ,प्रदेशसभा सचिब सुदर्शन खड्का ज्यू,कोकनका सल्लाहकार तथा कानुन बिद कोषराज न्यौपाने ज्यु तथा विषयगत सिमतिका सचिब र बिभिन्न प्रतिनिधिज्यूहरुको उपस्थितिमा साझा सवालका लागी साझा मंच (कोकन) को तर्फ बाट अध्यक्ष मंजीता उपाध्यायले कोशी प्रदेश दलित अधिकार सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकमाथी समिक्षा कार्यक्रममा सरोकारवालाहरु बाट आएको साथै संस्थाको तर्फ बाट विज्ञद्वारा तयार पारिएको प्रतिबेदन सामाजिक बिकास समिति का सभापति माननीय गयानन्द मन्डल ज्यु लाई हस्तान्तरण गरीयो।
२०८३/०६/०५ गते कोशी प्रदेश सभा
बिराटनगर ।