17/04/2026
हाम्रो संसद्को स्वस्थ्य समितिको नेत्रीत्वमा पहिलो पटक स्वास्थ्य संमबंधित बिज्ञ हुनु भएकोमा डा. ओजस्वी शेरचन लाई बधाई र शुभकामना🙏
केहि बर्ष अघि नसर्नेरोगले कूल मृत्युको ६० % ओगटेको थियो भने आज ७१% मा बढेको छ।
वहॉको नेत्रीत्वमा देशमा बढदो नसर्नेरोगको महामारी रोकथाम गर्न आबश्यक नितीगत क़ानूनी तथा स्वास्थ्य व्यवस्था गर्नुहुनेमा बिश्वस्त छु।
यस संदर्भमा यो सरकारको नसर्ने रोगलाई रोकथाम मुखिया बनाऊने चुनावी बाचा अती स्वागत योग्य छ।
यों कहाली लाग्दो किसिमले बढ्दै गएको रोगले कतिपययुबाहरू हृदयघात बाट कलिलै ऊमेरमा ज्यानगुमाऊछन् भने कतिपय ले यस्ता दी्र्घे नसर्ने रोगको खर्च को झन्डै ५६% आफ्ना खलतीबाट बेहोर्ने बाध्यता छ।
अनुसन्धानले नसर्नेरोगबाट हुने मृत्यु को ८०% रोकथाम गर्न सकिन्छ ।
भाष्कर-तेजश्री प्रतिष्ठानले सातै प्रदेशका स्कूले नवयुबाहरू समेटि गरेको एक मौलिक ग्लोबल हार्ट जर्नल मा प्रकाशित अनुसन्धानले पनि यहि तथ्य तथ्यानकिय किसिमले प्रमाणित गरेको छ । यो अहिले स्कूलको बाटोबाट बिस्तार भै रहेको पनि छ।
नया नेत्रित्वको स्वस्थ्य समितिले तत्काल नसर्नेरोग रोकथाम मूखि बनाऊन यस समिति को निम्न दुई बिषयमा ध्यान आकर्षणगर्न चाहें। ।
१. नेपाल सरकार ले २०७३ गरेको मदिरापानप्रतिबन्धी नियमलाई परिमार्जित गरि कानून बनाऊने।
२. पत्रु खानपान ( junk foods-drinks) को आयात र खपतमा नियन्त्रण-प्रतिबन्धीत कानूनि ब्यबस्था ।
३. नेपाल सरकार ले जारी गरेको सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने २०६८ को ऐनकको सख्त पालना गराऊने।
डा. ओजस्वी शेरचन लाई फेरि पनि बधाई र शुभकामना🙏🏼