Federation of Democratic NGOs Nepal

Federation of Democratic NGOs Nepal Currently, majority NGOs are engaging in functions to serve neglected populations, expand freedom, empower people, and engage advocacy for social change.

Federation of Democratic NGOs (FEDEN)- Nepal is a national forum of NGOs, established for the promotion and fortification of social justice, human rights and fair development. In Nepal, it is already proven fact that NGOs can be effective vehicles for social transformation, economic advancement, socio-economic empowerment and democratic governance. NGOs responsibilities are augmented on activating

and promotion of human rights, people' welfare and democracy in this transitional phase of political, economic and social transformation. In the context, Federation of Democratic NGOs (FEDEN)- Nepal is a national forum of NGOs, established for the promotion and fortification of social justice, human rights and fair development. FEDEN is established in July 2006 and registered under the Nepal recognized as a member in National Development Council under National planning Commission. It is an autonomous and politically non-partisan organization, run by the representatives of NGOs. FEDEN has a national level network of NGOs. The central committee is formed of development experts having long experience in the development and NGOs sectors. FEDEN has been involving in capacity building of member NGOs, strengthening peace and governance. Networking, policy analysis and advocacy, social justice, and equitable development. FEDEN has more than 2000 member NGOs from across Nepal. It has already outreached in 75 districts through district level chapters. FEDEN actively participates in numerous national development issues. FEDEN has planning to produce newsletter, public appeal, press release, interaction, advocate in social and human right issues. FEDEN has own rented office space in Teku, Kathmandu. It is established with member's own contribution. A staff is hired to look after the activities of the office. DEDEN already has drafted a code of conduct for its member NGOs. To achieve its mission and goals. FEDEN can collaborate and work with external organizations that have similar objectives.

13/04/2026
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघद्वारा १२ बुँदे सुधार एजेन्डा मन्त्री समक्ष प्रस्तुतकाठमाडौं, चैत २५ — लोकतान्त्रिक ...
07/04/2026

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघद्वारा १२ बुँदे सुधार एजेन्डा मन्त्री समक्ष प्रस्तुत

काठमाडौं, चैत २५ — लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ ले गैरसरकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको १२ बुँदे गैरसरकारी संस्था (NGO) सुधार एजेन्डा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय Sita Kumari Badi समक्ष हस्तान्तरण गरेको छ।

कार्यक्रममा उक्त १२ बुँदे सुधार एजेन्डा बारे महासंघका महासचिव Manoj Kumar Kandel ले विस्तृत रूपमा प्रस्तुति राख्नुभएको थियो। उहाँले नेपालको सामाजिक विकास, बालबालिका संरक्षण, महिला सशक्तीकरण तथा ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्ने क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूलाई अझ पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउन आवश्यक सुधारका विषयहरू प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी महासंघका अध्यक्ष Dilli Ram Giri ले पनि आफ्नो धारणा व्यक्त गर्दै नागरिक समाज र सरकारबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै सामाजिक क्षेत्रको प्रभावकारी व्यवस्थापन र सुधारका लागि प्रस्तुत एजेन्डा महत्वपूर्ण हुने बताउनुभयो।

सो अवसरमा मन्त्री Sita Kumari Badi ले नागरिक समाजबाट आएका यस्ता रचनात्मक सुझावहरूलाई मन्त्रालयले सकारात्मक रूपमा लिने बताउँदै गैरसरकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रस्तुत गरिएको १२ बुँदे सुधार एजेन्डा सम्बन्धित मन्त्रालयले अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ।

30/03/2026

काठमाडौं / लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालले गैरसरकारी क्षेत्रको योगदान र विकासमा सरकारसँग सहकार्य ...

महासंघका अध्यक्ष डिल्लीराम गिरी र महासचिव मनोज कुमार कंडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा करिब १०० अन्...
30/03/2026

महासंघका अध्यक्ष डिल्लीराम गिरी र महासचिव मनोज कुमार कंडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा करिब १०० अन्तर्राष्ट्रिय तथा ४६ हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था सक्रिय छन् । उनीहरूले वार्षिक ५० देखि ७० अर्ब रुपैयाँसम्म विकास कार्यक्रम सञ्चालन गरिरहेका छन् ।’

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल (फेडेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनमा प्राप्...

30/03/2026

प्रेस विज्ञप्ति

लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त जनमतलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ब्यापक मतलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण फड्कोको रूपमा लिएका छौं। लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल रास्वपालाई हार्दिक बधाई ज्ञापन सहित सरकार स्थिर र पूर्ण कार्यकालसम्म सञ्चालन होस् तथा जनअपेक्षा अनुसार सफल कार्यसम्पादन गर्न सफल रहोस हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
नेपालमा करिब १०० अन्तराष्ट्रिय र ४६,००० भन्दा बढी राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्थाहरु क्रियाशील छन् । समाज कल्याण परिषदको अभिलेख अनुसार अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्थाहरुले बार्षिक ५०–७० अर्ब रुपैयाँसम्म विकास कार्यक्रमहरूमा खर्च गरिरहेका छन् र यो नेपालको लागि पूर्ण रुपमा अनुदान सहयोग हो र यो ऋण होईन ।
मुलतः यो अन्य मुलुकहरुका उदारमना मानीसहरुको नेपाली नागरिक प्रतिको भाइचारा पनि हो । सरकारको प्रत्यक्ष सम्पर्क नभएका मुलुकहरुमा समेत गैर सरकारि सँस्थाहरु मार्फत मुलुक प्रतिनिधित्व हुने अवसर समेत गैरसरकारि सँस्थाहरु मार्फत जुटेको छ । यस क्षेत्रमा ३५ हजारभन्दा बढी नेपालीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । यी संस्थाहरूले स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, बालअधिकार, वातावरण संरक्षण, कृषि तथा स्थानीय विकास जस्ता क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
गैरसरकारी\नागरिक संघ संस्था लोकतन्त्रको पहरेदारको हो । साथै यसले प्रत्येक सुख–दुःखमा समाजसँगै उभिने परम्परा कायम राखेको छ । नागरिक समाजको प्रवर्द्धन र विकासले देशभित्रको लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउने मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि कुनै देशको लोकतान्त्रिक अभ्यासको स्तर मापन गर्ने महत्वपूर्ण आधारको रूपमा यसलाई लिन्छ।
देश विकासमा एक मेरुदण्डको रूपमा उभिएको यस क्षेत्रप्रति यदाकदा देखिने नकारात्मक धारणा तथा आशंकाप्रति राज्य र हामी स्वयं पनि सचेत र सजग हुन आवश्यक छ। गैरसरकारी\नागरिक संघ–संस्थाहरू सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्ध हुनैपर्छ। साथै सरकारी र गैरसरकारी\नागरिक संस्थाहरूले एकअर्काका परिपूरक साझेदारका रूपमा सहकार्य गर्दै अघि बढ्नु आजको नेपालको विकास यात्राको लागि अत्यन्त महत्वपूर्ण छ।
यस परिप्रेक्ष्यमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल प्रजातान्त्रिक मूल्य–मान्यता तथा मानवअधिकारको प्रवर्द्धनका लागि बन्ने नयाँ सरकारसँग काँधमा काँध मिलाएर काम गर्न र आवश्यक सहयोग प्रदान गर्न सधैं तत्पर रहेको जानकारी गराउन चाहन्छ। यस महासंघसँग देशभर छरिएका ४,००० भन्दा बढी गैरसरकारी\नागरिक संघ

संस्थाहरु आवद्ध रहेका छन् । यसले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग सहकार्य गर्दै विगतमा पनि काम गर्दै आएका थिए र आगामी दिनमा पनि सहकार्य गर्न पूर्ण रूपमा तयार छन्।
हामी सरकारसँग गैरसरकारी\नागरिक संघ संस्थाहरूलाई सामाजिक विकासको साझेदारका रूपमा स्वीकार गर्दै स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, बालअधिकार, वातावरण संरक्षण, कृषि तथा स्थानीय विकासका कार्यक्रमहरूमा अनिवार्य सहभागिता सुनिश्चित गरी तीनै तहका सरकारले विकासको स्पष्ट रोडम्याप निर्माण गर्न आग्रह गर्दछौं।
साथै हामी सरकारी तथा गैरसरकारी दुवै क्षेत्रमा देखिन सक्ने कुशासन, भ्रष्टाचार र अनियमितताहरूको विरुद्ध सशक्त आवाज उठाउँदै सकारात्मक सजगताका लागि पहरेदारको भूमिकामा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
संविधानले परिकल्पाना गरेको जस्तै राज्यले गैरसरकारी\नागरिक संघ संस्थाहरुलाई आफ्नो साझेदारको रुप सामवेस, संरक्षण र सम्वर्धन गर्दै देस निर्माणको साझेदारको रुपमा अधि बढाउनेछ भन्ने कुरामा हामी विस्वस्त छौ ।
नयाँ सरकारद्वारा देशमा सुशासन स्थापना गर्ने उद्देश्यले १०० बुँदे सुधार कार्यक्रम सार्वजनिक भएकोमा हामी स्वागत गर्दछौँ। तर देशको विकासमा लामो समयदेखि हातेमालो गर्दै आएका गैरसरकारी\नागरिक संघ संस्था क्षेत्रको सुशासन र सुधारको विषय भने यस कार्यक्रमभित्र कतै पनि प्रत्यक्ष रूपमा समेटिएको देखिँदैन।
लोकतान्त्रिक शासन व्यवस्था स्थापना भइसकेको यति लामो समय बितिसक्दा पनि यो क्षेत्र अझैसम्म पञ्चायतकालीन ऐन–नियमकै आधारमा सञ्चालन हुनु पर्ने अवस्था रहेको छ, जुन समयानुकूल छैन। त्यसैले अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्था क्षेत्रलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले नयाँ ऐन निर्माणका लागि १०० दिनभित्र कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउन हामी हार्दिक अनुरोध गर्दछौँ।
जय नेपाल !

महासाचिब अध्यक्ष�मनोज कुमार कंडेल डिल्ली राम गिरी �लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल�कार्यालय: भृकुटीमण्डप, काठमाडौं
२०८२ चैत्र १६

29/03/2026

१०० काम कुन कती दिनमा ?
२४ घण्टा भित्र
अनलाइन सट्टेबाजी (Betting) एप र वेबसाइट बन्द गर्ने।
७ दिन भित्र
प्रत्येक मन्त्रालयले १० प्रमुख काम र तिनको कार्ययोजना तयार गर्ने।
१५ दिन भित्र
सम्पत्ति छानबिन समिति गठन
भ्रष्टाचार विरुद्धको राष्ट्रिय कार्ययोजना जारी
केही डिजिटल सेवा जस्तै प्रमाणपत्र डाउनलोड प्रणाली सुरु।
३० दिन भित्र
सरकारी फाइल कुन टेबलमा कति समय बस्यो ट्र्याक गर्ने डिजिटल प्रणाली।
४५ दिन भित्र
कर्मचारीको कार्यसम्पादन सूचक (Performance Indicator) तयार गर्ने
स्थानीय तहको सेवा गुणस्तर मापदण्ड तयार गर्ने।
६० दिन भित्र
IT तथा डिजिटल शासन सम्बन्धी विधेयक तयार गर्ने
National Enterprise Architecture Framework तयार गर्ने।
९० दिन भित्र
ठूला परियोजनाहरूको National Structured Project Pipeline तयार गर्ने
कर्मचारी उत्तरदायित्व र मूल्याङ्कन प्रणाली लागू गर्ने।
१०० दिन भित्र
भ्रष्टाचार नियन्त्रणका लागि Integrated Digital Asset Registry स्थापना
केही प्रशासनिक सुधारहरूको व्यावहारिक कार्यान्वयन सुरु।

कार्यन्यायन को लागि शुभकामना

19/03/2026

नेपालको लोकतान्त्रिक यात्रामा निर्वाचन सत्ता पर&...

19/03/2026

प्रिय साथीहरु नमस्कार
आजको गुगल मिटमा तपाईको सक्रिय सहभागिताको लागी धेरै धेरै धन्यबाद । आजको हामी विचको छलफलले पक्कै फेडेनको अबको कार्यदिशा निर्माणमा सहयोग पुर्याउन भुमिका खेल्दछ नै ।
मुख्यत आजको अनलाईन मिटिङको निम्न निकर्ष हामीले निकालेका छौ । यहि निर्कषलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरामा हामी सहमत भएका छौं ।

हामी यस प्रकारको अनलाईन मिटिङ कम्तीमा प्रत्येक महिना एक पटक गर्नेछौं ।

भर्खरै सम्पन्न चुनाब हामीलाई गहिरो शिक्षाको रुपमा रहनेछ । यहि च्यालेन्जलाई हामीसबै मिलेर नेपालको प्रजातान्त्रीक आन्दोलनमा अबसरको रुपमा लिएर आउदो समयमा हामी सबै शसक्त भुमिकामा रहनेछौं ।

छिटो भन्दा छिटो प्रत्येक साथीहरुले आफ्ना संस्थाहरुलाई नविकरण गर्नेछौं ।

कोशि प्रदेश गठन भएकोमा प्रदेश सचिब मदन कटुवाल र प्रदेश संयोजक कमला कँडेललाई धन्यबाद दिदै अन्य प्रदेशमा पनि छिटो भन्दा छिटो प्रदेश समिती निमार्णको लागी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौ ।

फेडेनसँग र अन्य समाजिक लेख रचना जस्ता विषय लागायत ज्ञानमुलक विषय बाहेक हामी कुनै प्रकारको राजनिती र गुटका तिक्तता सम्बन्धी विषयहरु फेडेनको गु्रपमा शेयर गर्ने छैनौ ।
कुनै कुरा छुटेको रहेछ भने साथीहरुले थप्न सक्नुहुनेछ । धन्यबाद

महासचिब मनोज कुमार कँडेल

14/03/2026

भावपुर्ण श्रद्धाञ्जली 😥😥
छत्रदेव ( २, बल्कोट निवासी लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय सचिब गण्डकी प्रदेश इन्चार्ज बाबुराम पौडेलका पुजनिय पिता झविलाल पौडेलको मिति २०८२ साल फाल्गुन ३० गतेका दिन बिहानी ६ बजे ६९ बर्षको उमेरमा भएको आसामयिक, अकल्पनीय र दुखद निधनले अत्यन्तै मर्माहत, स्तब्ध र भावविह्वल भएकाछौं ।
यस दुखको घडिमा दिवंगत आत्माको चीर शान्ति र बैकुण्ठबासको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त सम्पुर्ण परिवारजन, इष्टमित्र र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
कावा अध्यक्ष श्री डिल्लीराम गिरी, महासचिब मनोज कुमार कँडेल तथा सम्पूर्ण लोकतान्त्रीक गैर सरकारी संस्था परिबार ।

24/02/2026

सम्माननिय प्रधानमन्त्री शुसीला कार्की ज्यूबाट शुभारम्भ गरिएको समाज कल्याण परिषदको डिजिटल सेवाको सफलताको शुभकामना मन्तब्य दिदै फेडेन महासचिब मनोज कुमार कडेल ।

FEDEN को आयोजनमा समाज कल्याण परिषद्‌मा सदस्य–सचिवसहितका कार्यसमितिसँग भेटघाट तथा विविध विषयमा छलफल। २३ माघ २०८२
06/02/2026

FEDEN को आयोजनमा समाज कल्याण परिषद्‌मा सदस्य–सचिवसहितका कार्यसमितिसँग भेटघाट तथा विविध विषयमा छलफल। २३ माघ २०८२

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Federation of Democratic NGOs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Federation of Democratic NGOs Nepal:

Share