Senior Citizen Advocacy Alliance Nepal

Senior Citizen Advocacy Alliance Nepal Support older people and promote their rights

08/08/2026
28/07/2026
28/07/2026

घरमा बिरामी परे ११३१ मा फोन गर्नुस्, डाक्टर, नर्स, औषधिसहितको एम्बुलेन्स उपचार गर्न घरमै अाइपुग्छन् ।😲

ललितपुर महानगरपालिकामा अब महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सुरु हुने भएकाे छ । मेयर चिरिबाबु महर्जनकाे घाेषणा अनुसार अब घरमा कोही बिरामी परे ११३१ नम्बरमा फोन गरेपछि चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्नेछ। यदि बिरामीको अवस्था घरमै उपचार गर्न सकिने नभएमा चिकित्सकले आवश्यक रिफरल चिठ्ठी तयार गरी सोही एम्बुलेन्समार्फत बिरामीलाई उपयुक्त अस्पतालमा सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले गर्ने जनाएको छ।

यो सेवाबाट बिरामीले समयमै उपचार पाउने, अस्पतालसम्म पुग्न हुने ढिलाइ कम हुने र आपत्कालीन अवस्थामा नागरिकलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।

 #साभार
28/07/2026

#साभार

12/07/2026
आत्महत्यासम्बन्धी समाचार तथा सामग्री तयार वा साझा गर्दा जिम्मेवार बनौँ।आत्महत्यासम्बन्धी समाचार वा सामग्री प्रस्तुत गर्न...
11/07/2026

आत्महत्यासम्बन्धी समाचार तथा सामग्री तयार वा साझा गर्दा जिम्मेवार बनौँ।
आत्महत्यासम्बन्धी समाचार वा सामग्री प्रस्तुत गर्ने तरिकाले समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले समाचार लेख्दा, सामाजिक सञ्जालमा पोस्ट गर्दा वा कुनै सामग्री साझा गर्दा संवेदनशील, तथ्यमा आधारित र जिम्मेवार बन्नु आवश्यक छ।
✔ आशा, सहयोग र पुनःस्थापनाको सन्देश दिनुहोस्।
✔आत्महत्याको विधि वा स्थानको विवरण उल्लेख नगर्नुहोस्।
✔ अपुष्ट जानकारी, अनुमान वा दोषारोपणबाट बच्नुहोस्।
✔आवश्यक परे सहयोग सेवा तथा हेल्पलाइनको जानकारी समावेश गर्नुहोस्।
तपाईंको एउटा जिम्मेवार सन्देशले कसैको जीवन बचाउन सक्छ।
📞 आत्महत्या रोकथाम हेल्पलाइन: ११६६ (निःशुल्क)
https://giwmscdnone.gov.np/media/pdf_upload/Suicide%20Reporting%20Guideline_Pocketbook_A5_Preeti_sfvultr.pdf

विपद सम्बन्धी सूचना, समस्या र गुनासो सुझावका लागि पैसा नलाग्ने टेलिफोन सेवा नेपालभर Dail: १२३४
11/07/2026

विपद सम्बन्धी सूचना, समस्या र गुनासो सुझावका लागि पैसा नलाग्ने टेलिफोन सेवा नेपालभर Dail: १२३४

Address

Kathmandu

Telephone

+9779851171372

Website

Alerts

Be the first to know and let us send you an email when Senior Citizen Advocacy Alliance Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Senior Citizen Advocacy Alliance Nepal:

Shortcuts

Share