युवा मन्थन-Yuwa Manthan

युवा  मन्थन-Yuwa Manthan "युवाको ऊर्जा, परिवर्तनको आधार।"
सुशासन प्रवर्द्धन अन्तर्गत रहेर युवा बहस

06/08/2025

Participation Form: Youth in Politics

Limited Seats Available: Confirm Your Seat as Soon as Possible!

Youth Initiative and Youth in Federal Discourse in collaboration with over 30 partner organizations, invites you to the “Youth in Politics” event on August 12, 2025, in Kathmandu, Nepal.

Join us for engaging discussions alongside influential leaders and organizations, focusing on the vital role of youth in politics.

Event Details:
Date: August 12, 2025
Venue: Kwality Banquet, Kathmandu, Nepal
Submission Form: (https://forms.gle/NahJXoZbWphVkTYM8)
Deadline for Registration: August 10, 12 PM

This is your opportunity to gain insights and make your voice heard!

युवा मन्थन र कर्णाली कानून विद्यार्थी समाजसंयुक्त आयोजनामा आज मिति २०८२/०२/१२ गतेका दिन "बजेटमा कर्णाली" विषयक अन्तर्क्र...
26/05/2025

युवा मन्थन र कर्णाली कानून विद्यार्थी समाजसंयुक्त आयोजनामा आज मिति २०८२/०२/१२ गतेका दिन "बजेटमा कर्णाली" विषयक अन्तर्क्रिया कार्यक्रमा शीर्षकलाई न्याय प्रदान गर्न र उपस्थितहरुका माध्यमबाट कर्णालीको आवाज समेट्न विविध कार्य व्यस्तताकाबिचमा पनि वक्ताका रूपमा उपस्थित हुनुभएकोमा वक्ताहरु क्रमश: नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय श्री ऐन बहादुर शाही ठकुरी ज्यू, पूर्व अर्थमन्त्री तथा वर्तमान रुकुम पश्चिम जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद माननीय श्री जनार्दन शर्मा ज्यू, चार्टर्ड एकाउन्टेन्ट श्री कमल गौतम ज्यू तथा विश्लेषक श्री हरिहर न्यौपाने ज्यू प्रति युवा मन्थन हार्दिक आभार व्यक्त गर्दछ ।

विगतका आर्थिक वर्षमा कर्णालीले पाएको बजेट र उक्त बजेटको कार्यान्वयन पक्षको समिक्षा, आउदै गरेको बजेटमा कर्णालीको स्थान र प्राथमिकता एवं तुलनात्मकरुपमा कर्णालीको विकासमैत्री बजेटका लागि सडकका सर्वसाधारण देखि सदनका नेतृत्वकर्ताहरुको भूमिका लगायतका विविध विषयमा तथ्याङ्क सहितको विचार विमर्श गरी कार्यक्रम भव्य एवम् सभ्य रुपमा सुसम्पन्न भएको छ । कार्यक्रम सफलताका लागि प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने र उपस्थिति जनाउनु हुने सम्पूर्णमा विशेष आभार प्रकट गर्दछौं ।

यही मिति २०८२/०२/१२ गते युवा मन्थन र कर्णाली कानून विद्यार्थी समाजको संयुक्त आयोजनामा हुन गइरहेको ' बजेटमा कर्णाली ' विष...
24/05/2025

यही मिति २०८२/०२/१२ गते युवा मन्थन र कर्णाली कानून विद्यार्थी समाजको संयुक्त आयोजनामा हुन गइरहेको ' बजेटमा कर्णाली ' विषयक बृहत अन्तर‌क्रिया कार्यक्रममा तपाईंहरुको सक्रिय उपस्थितिका लागि युवा मन्थन परिवारको तर्फबाट हार्दिक निमन्त्रणा!

14/12/2024

"जब नेतृत्व लाचार, नीतिहरू कमजोर र स्वार्थी हुन्छन्, तब माफिया र आसेपासेहरू सम्पन्नताको शिखरमा पुग्छन्, जबकि साधारण जनता गरिबीको चक्रव्यूहमा फस्छन्। अन्यायको यो खेलमा, शक्तिशालीले देशलाई आफ्नो निजी सम्पत्तिजस्तै चलाउँछन्, र वास्तविक हकदारहरू आफ्नो अधिकारका लागि संघर्ष गरिरहन्छन्। परिवर्तनको लागि जागरुकता र जिम्मेवार नेतृत्व आवश्यक छ, नत्र जनता सधैं अन्याय सहने स्थिति मै रहनेछ।"

युवा मन्थन परिवारको तर्फबाट दशैं तथा नवरात्रिको सातौं दिन फूलपातीको पावन अवसरमा हार्दिक शुभकामना!दुर्गा भवानीको कृपाले त...
10/10/2024

युवा मन्थन परिवारको तर्फबाट दशैं तथा नवरात्रिको सातौं दिन फूलपातीको पावन अवसरमा हार्दिक शुभकामना!
दुर्गा भवानीको कृपाले तपाईंको जीवनमा नयाँ उर्जा, सुख, शान्ति, र समृद्धिको आगमन होस्।
यस पर्वले सम्पूर्ण समाजमा आपसी सद्भाव, एकता र प्रेरणाको भावनालाई अझ प्रगाढ बनाओस्।

#फूलपाती #दशैं२०८१ #नवरात्रि #युवा_मन्थन #समृद्धि_र_सफलता #एकता_र_शान्ति #सकारात्मकउर्जा #पर्वकोखुशी #दुर्गाभवानीकोआशीर्वाद
Youth InitiativeYuwa Manthan

हाम्रो टिमले मुगुको सोरु गाउँपालिका स्थित जनज्योती माध्यामिक बिद्यालयमा स्थापना गर्न लागेको सामुदायिक पुस्तकालयको लागि व...
03/10/2024

हाम्रो टिमले मुगुको सोरु गाउँपालिका स्थित जनज्योती माध्यामिक बिद्यालयमा स्थापना गर्न लागेको सामुदायिक पुस्तकालयको लागि विभिन्न विधाका ५५ थान पुस्तक नेपालकै उत्कृष्ट पुस्तक पब्लिकेसन fine print बाट प्राप्त गरेका छौ । सहयोगको लागि Fineprint र सहयोगको लागि सहगिकरण गरेकोमा Rabindra Mishra ज्युलाइ हार्दिक आभार 🙏

30/09/2024

सरकारलाई,

हाल जनतामा व्याप्त रुवाबासी र संकटको अवस्थामा देखिएको मनपरी कमाइ र ब्रमलुट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। यो समय जनताको सेवामा समर्पित हुनु पर्ने बेला कतिपय व्यक्तिहरू अवसरवादी भई गलत गतिविधिमा संलग्न छन्। विशेषतः हवाइजहाज र यातायात सेवामा मनपरी भाडा असुली, होटल र पसलले अनुचित दर लिनेजस्ता समस्याले जनतामा असन्तोष फैलिएको छ। यात्रामा रहेका नागरिक भोकभोकै परिरहेका अवस्थामा उनीहरूको सुरक्षाको जिम्मा सरकारको हो।

तसर्थ, निम्न कार्यहरू तत्काल गरिनुपर्छ:

1. हवाइजहाज र यातायात सेवाको भाडा दर तोक: मनपरी भाडा असुली रोक्नका लागि स्पष्ट नियम तथा नियमन तयार गरी, भाडा दरको सार्वजनिक घोषणा गरियोस्।

2. समस्याग्रस्त यात्रुहरूको राहत: यात्रा गर्दा भोकभोकै परेका यात्रुलाई होटल तथा अन्य सेवाप्रदायकहरूले मनपरी दर नलिई सहुलियत दरमा सेवा उपलब्ध गराउन सरकारले निर्देशन जारी गरोस्। राहतका लागि विशेष सहायता केन्द्रहरूको स्थापना गर्न सकिन्छ।

3. अवसरवादीहरूलाई कानुनी कारबाही: संकटको समयमा मनपरी कमाउ धन्दा गर्ने, जनतालाई अनावश्यक भार थोपर्ने र राज्यका कानुन उल्लंघन गर्नेहरूलाई विशेष प्रहरी अनुसन्धानको अधिकार दिई तत्काल कारबाही गरिनुपर्छ। ठाँउको ठाँउ त्वरित कारबाहीका लागि क्षेत्रीय प्रहरीलाई विशेष अधिकार प्रदान गरियोस्।

जनताको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्छ। संकटमा सरकारको चाँडो हस्तक्षेप अनिवार्य छ।

विनम्र,
टेकेन्द्र उपाध्याय
युवा मन्थन-Yuwa Manthan

25/09/2024

युवा मन्थन

युवाको हृदयमा छ विचारको बाढी,
सपना र साहसले भरिएको काँध।
उर्जाको लहरले उचाल्छ ति भाव,
सम्भावनामा भासिएका ती गाढा सवाल।

जीवनको हर मोडमा खोज्छ उत्तर,
नयाँ बाटो, नयाँ दिशा, सपना जत्रा।
मनमा हुन्छ अनन्त सोचको मन्थन,
फर्केर आउँछ सहासको एउटा समाधान।

अवरोधहरू जति आउँछन् बाटामा,
मन्थनले खोल्छ सफलता तिनै आँधीमा।
युवा शक्ति हो, यो परिवर्तनको सर्त,
हर परिवर्तनको केन्द्रमा छ, यो निश्चल मर्त।

समाजको आधार, उन्नतिको पहिलो खम्बा,
मन्थनबाट जन्मिन्छ, त्यो उज्यालो जमाना।
बदलिन्छ देश, जाग्छ नयाँ सपना,
जब हुन्छ युवाको मन्थनमा दृढताको जादु र धड्कन।
✍️

हाम्रो टिमले मुगुको सोरु गाउँपालिका स्थित जनज्योती माध्यामिक बिद्यालयमा स्थापना गर्न लागेको सामुदायिक पुस्तकालयको लागि व...
24/09/2024

हाम्रो टिमले मुगुको सोरु गाउँपालिका स्थित जनज्योती माध्यामिक बिद्यालयमा स्थापना गर्न लागेको सामुदायिक पुस्तकालयको लागि विभिन्न विधाका १०० थान पुस्तक anu books बाट प्राप्त गरेका छौ । सहयोगको लागि हार्दिक आभार 🙏

जनताको जलवायु आन्दोलन २०२४ मा सहभागी बनौं!🌍 हाम्रो आवाज:   जलवायु वित्तका लागि!✊ हाम्रो संकल्प: जलवायु न्याय र दिगो भविष...
19/09/2024

जनताको जलवायु आन्दोलन २०२४ मा सहभागी बनौं!

🌍 हाम्रो आवाज: जलवायु वित्तका लागि!
✊ हाम्रो संकल्प: जलवायु न्याय र दिगो भविष्यको लागि!

र्‍याली विवरण:

📅 मिति: शनिबार, २१ सेप्टेम्बर, २०२४
⏰ समय:
— भेला हुने समय: बिहान ८:०० बजे
— र्‍याली प्रारम्भ: बिहान ८:३० बजे

🎶 कार्यक्रम: ब्यानर, प्लेकार्ड, नाराहरू र संगीतसहितको उत्साहपूर्ण र्‍याली!
📍 भेला हुने स्थान: जावलाखेल चोक खुला क्षेत्र
🛤️ मार्ग:
जावलाखेल — दमकल चोक — ललितपुर महानगर (लविम मल) — पाटन दरबार

🌱 किन सामेल हुने?
जलवायु परिवर्तनको प्रभाव हाम्रै सामु छ, र अब समय छ कि हामीले एकसाथ उभिएर जलवायु वित्तका लागि माग गरौं। जलवायु न्याय हाम्रा भविष्यका सन्तानका लागि हो। यस आन्दोलनमा तपाईको एक आवाज परिवर्तनको उत्प्रेरक बन्न सक्छ।

र्‍यालीमा सहभागी भई आफ्नो समर्थन देखाऔं!
🔥 हामी नै परिवर्तन हौं!

संविधान दिवसको हार्दिक शुभकामना!  यो महान दिनले हाम्रो राष्ट्रिय एकता, लोकतन्त्र, र समानताको आधारलाई अझ बलियो बनाओस्। सं...
19/09/2024

संविधान दिवसको हार्दिक शुभकामना!
यो महान दिनले हाम्रो राष्ट्रिय एकता, लोकतन्त्र, र समानताको आधारलाई अझ बलियो बनाओस्। संविधानले जनताको हक, अधिकार, र कर्तव्यलाई स्थापित गर्दै समृद्धि र शान्तिको मार्ग देखाओस्।

#संविधान_दिवस
#राष्ट्रिय_एकता
#लोकतन्त्र
#समृद्धि
#शान्ति
ेपाल

"बालबालिका हाम्रा प्रेरणाका स्रोत हुन्, उनीहरूको प्रत्येक हाँसोमा भविष्यको उज्यालो लुकेको छ। आजको बालबालिका भोलिको सक्षम...
14/09/2024

"बालबालिका हाम्रा प्रेरणाका स्रोत हुन्, उनीहरूको प्रत्येक हाँसोमा भविष्यको उज्यालो लुकेको छ। आजको बालबालिका भोलिको सक्षम नागरिक हुन्, जसले समाजलाई समृद्ध बनाउँछन्। उनीहरूको अधिकार, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो।
सपना बुन्ने बालबालिका, उज्ज्वल भविष्यको आधार!
राष्ट्रिय बाल दिवस २०८१ को विशेष शुभकामना! 🎉👶🌟

#बालदिवस२०८१ #बालबालिका_हाम्रो_आधार #उज्ज्वलभविष्य #बालअधिकार #खुशीबालबालिका
#बालबालिका_भविष्यका_कर्णधार "

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when युवा मन्थन-Yuwa Manthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share