UNDO- United Nepali Diaspora Organization

UNDO- United Nepali Diaspora Organization Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UNDO- United Nepali Diaspora Organization, Nonprofit Organization, Kathmandu.

ntroductionUnited Nepali Diaspora Organization (UNDO), a non-political, not for profit, progressive, and inclusive globa...
18/02/2025

ntroduction
United Nepali Diaspora Organization (UNDO), a non-political, not for profit, progressive, and inclusive global organization of Nepali Diaspora committed to institutional goals with integrity, transparency and trust; is registered with the Foreign Ministry of Nepal on 31st January, 2024 under the registration no 02-2080/81.

Diasporas contribute to the human, social, and cultural enrichment of their countries of origin, transit, and destination by building bridges and fostering mutual understanding among different cultures and can play an important role in the economic development of their countries of origin. Diaspora Organizations play an important role when it comes to bringing together, advocating for, and implementing change for diaspora members and their communities, building bridges between societies and creating transnational communities of mutual development beneficial to both, the host and countries of origin.

The Government of Nepal has given legal status to Nepali Diaspora by declaring 11th October as NRN Day in 2004 and promulgated the Non-Resident Nepali Act 2007 and Regulation 2009. Nepali citizens, apart from students and government officials, living outside South Asian Association for Regional Cooperation (SAARC) member countries or People of Nepali Origin (PNO) holding nationality other than SAARC nations are considered as NRNs. Further more, the Nepali Constitution 2072 has provisioned for NRN Citizenship.

The UNDO represents the interests, concerns and commitments of all Non-Resident Nepalis (NRNs) and aspires to offer their knowledge, skills and resources and involve them in the socio-economic development of Nepal and the Nepalese people by amalgamating a large Nepali Diaspora base for a common purpose by harnessing the resources, both human and economic, the Nepali Diaspora is able to provide collectively and individually toward Nepal’s development.

Message From The PresidentGreetings to all!I am humbled, honored and privileged to assume the role of the Founding Presi...
18/02/2025

Message From The President
Greetings to all!

I am humbled, honored and privileged to assume the role of the Founding President of UNDO. I thank all concerned for giving me this important platform on my behalf and on the behalf of the Executive Committee. In this endeavor, I am joined by my colleagues of the Executive Committee with their undevoured continued support and together we have taken this challenge of establishing afresh rather than to drown in a saturated murky pond where institutional agenda is secondary to personal or political interest.

To be serving a budding organization like UNDO will be a challenge bestowed with opportunities and we shall strive to meet the objectives of UNDO for the benefit of all the stakeholders. Our intended prime mission during this tenure is to make UNDO visible, acceptable and easily accessible to all NRNs across the globe alike and assure their participation in all major decision-making processes.

I am confident that UNDO will be steady fast in addressing the pressing challenges leveraging the opportunities within the context of a rapidly changing environment due to factors such as networking, knowledge, technological advancements and more importantly participation, transparency and trust.

We have every confidence that the growth of UNDO will no doubt be collectively propelled by fellow NRNs and look forward to initiating this one step further towards fulfilling our mission of establishing a Nepali Diaspora platform whose accomplishments will be many – within UNDO as well as in the national and international context and we look forward to handing the leadership of UNDO to the newly elected executive committee and wish them the very best.

We are thankful to the founding members for their trust and support in initiating this journey whose initial steps towards destination have already begun and we are proud to have been given this wonderful opportunity and we will be focused in uniting and engaging the Nepali Diaspora community for their as well as the welfare of our motherland, Nepal; overcoming all the political winds that could buffet UNDO’s institutional developments.

Thank you!

Sonam Lama
Founding President

18/02/2025
UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न !!!जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diasp...
18/02/2025

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न !!!
जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्येश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानाडा र चिलीका डायस्पोरा नेपालीहरुसँग टाउनहल बैठक सम्पन्न भएको छ।
अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरु लिने र जवाफ दिने अन्तरक्रिया समेत सम्पन्न भयो। २०२२ मा काठमाण्डौमा स्थापना भएको यो संस्था नेपालको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको हो।
यूएनडिओ/UNDO ले गत डिसेम्बर २८ र २९, २०२४ मा आफ्नो पहिलो महाधिवेशन काठमाण्डौमा सम्पन्न गरेको थियो। महाधिवेशनले अमेरिकाका सफल ब्यबसायी तथा एनआरएनए अन्तराष्ट्रियका पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ।
यूएनडिओले सँस्थाका अल्पकालिन र दिर्घकालिन योजनाहरु तय गरेको छ। बिशेष गरेर नेपालको संबिधानमा ब्यबस्था भए अनुसारका गैरआवासीय नेपाली संबन्धि व्यवस्थालाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउन निरन्तर लवी गर्ने, डायस्पोरामा रहेका नेपालीका दोश्रो पुस्तालाई नेपालसंग जोड्न बिभिन्न योजना, गतिबिधि गर्ने र नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने जस्ता कुराहरु प्रमुख रहेका छन्।
यो छलफलमा UNDO का पदाधिकारी, सदस्यहरु, डायस्पोराका विभिन्न व्यक्तिहरु साथमा जय नेपाल इन्टरनेश्नल फाउण्डेशनका अध्यक्ष डा. यादब पण्डित, गैरआवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगिरथ योगी, गैरआवासीय नेपाली संघका पूर्व डिआर्सी एसी शेर्पा, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुर्य लम्साल, गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष गिरी बुडाथोकी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका उपाध्यक्ष अनुप खनाल, गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व बरिस्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, पुर्व उपाध्यक्षहरु बिआरलामा, डिलुराम पराजुली लगायतका व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो।
कृष्ण केसी
कार्यकारी सदस्य तथा मिडिया एण्ड कम्युनिकेशन कोअर्डिनेटर
यूएनडिओ, जनवरी २५, २०२५

युएनडीओको दोश्रो बैठक सल्लाहकार परिषदको गठन र विभिन्न थप निर्णय गर्दै सम्पन्ननेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भ...
18/02/2025

युएनडीओको दोश्रो बैठक सल्लाहकार परिषदको गठन र विभिन्न थप निर्णय गर्दै सम्पन्न
नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको डायस्पोरा नेपालीहरुको सँस्था United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/) को दोश्रो बैठक जनवरी १२, २०२५ का दिन अध्यक्ष सोनाम लामाको अध्यक्षतामा बसेर विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ।
निर्णयहरु:
पहिलो
बैठकले सँस्थाको बिधान अनुसार प्रमुख सल्लाहकार सहित ५ महिला र ५ पुरुष रहनेगरि एक सल्लाहकर परिषदको गठन हुनेछ। त्यसै अनुसार बैठकले विभिन्न प्रतिष्ठित ब्यक्तिहरुलाइ समेटेर जमुना गुरुङ प्रमुख सल्लाहकार रहनेगरी सल्लाहकार परिषदको गठन गरेको छ। पहिलो चरणमा अध्यक्ष सोनाम लामाद्वारा प्रस्तावित १ महिला र ४ पुरुष गरी निम्न व्यक्तिहरु रहनुभएको छ। बाँकी १ पुरुष र ४ महिला सल्लाहकारहरुको मनोनयन अध्यक्षले सबैसँग सल्लाह गर्दै आगामी बैठकमा प्रस्तुत गर्नुहुनेछ।
१. सल्लाहकार - जमुना घले गुरुङ - अष्ट्रेलिया
२. सल्लाहकार- देवमान हिराचन - जापान
३. सल्लाहकार - डा. गणेश गुरुङ - नेपाल
४. सल्लाहकार - आशिष उप्रेती - नेपाल
५. सल्लाहकार - डा. पुरु श्रेष्ठ - अमेरिका/अष्ट्रेलिया
दोश्रो
बैठकले केन्द्रिय कार्यकारी सदस्यहरुमा ५ महिला र ५ पुरुष गरी १० जना मनोनित गर्ने ब्यबस्था मध्ये गत बैठकल ६ जना मनोनित गरिएको थियो। यस दोश्रो बैठकबाट बाँकी रहेका पद मध्ये ३ जनाको नाम प्रस्ताव गरिएता पनि १ महिला पद मनिनित गरिएको छ।
मनोनित केन्द्रिय कार्यकारी सदस्यहरु:
महिला तर्फ
१. सोयना ढकाल - हङकङ
तेश्रो
बाँकी क्षेत्रीय संयोजक, उपसंयोजक पदहरुमा क्षेत्रीय उपाध्यक्षको संयोजनमा तयारपारी प्रस्ताव आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ।
चौथो
आगामी मार्च २८, २०२५ का दिन काठ्माण्डौमा संस्थाको सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको छ। सम्मेलन बिशेष गरेर उद्यमशीलता र गैर आवासीय नेपाली नागरिकता सम्बन्धि रहने छ।
पाँचौं
बैठकद्वारा केहि समितिहरुको गठन गरिएको छ। संयोजकहरुले आवश्यकता अनुसार समितिमा सदस्यहरु थप/घट गरेर कार्यसमितिलाइ जानकारी गराउनुहुनेछ।
CNC- गैर आवासीय नेपाली नागरिकता सम्बन्धि समिति
१. संयोजक- सोनाम लामा
२. सदस्य - प्रेमगाहा मगर
३. सदस्य - श्याम तामाङ
४. सदस्य - समृद्धी गुरुङ
५. सदस्य - कृष्ण केसी संजेल
६. सदस्य - कृष्णपसाद खतिवाडा
६. सदस्य - शमिम अन्सारी
फेडरल क्यापिटल सिटी पब्लिक अथोरिटी स्पेशल प्रोजेक्ट- समिति
१. संयोजक- जमुना गुरुङ
२. सदस्य - दिपेश खत्री
३. सदस्य - थर्क सेन
४. सदस्य - सुशान्त शर्मा
For more information please visit :

Homeundo_admin2024-12-27T11:18:21+05:45 About Us United Nepali Diaspora Organization (UNDO), a non-political, not for profit, progressive, and inclusive global organization of Nepali Diaspora committed to institutional goals with integrity, transparency and trust; is registered with the Ministry of....

18/02/2025
युएनडीओको पहिलो बैठक, ६ जना मनोनित, विभिन्न थप निर्णयUnited Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गन...
18/02/2025

युएनडीओको पहिलो बैठक, ६ जना मनोनित, विभिन्न थप निर्णय
United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/यूएनडीओ) को डिसेम्बर ३०, २०२४ का दिन अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा पहिलो बैठक बसेर विभिन्न निणर्यहरु गरेको छ।
बैठकले सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी ६ जना व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको छ।
मनोनितहरु यस प्रकार हुनुहुन्छ:
महिलातर्फ
१. Indira Roka - Australia
२. Sambriddi Gurung - UK
३. Sundari Lama - Spain
पुरुषतर्फ
१. Ershad Ahmed - Australia
2. Krishna Sanjel KC - USA
3. Shamim Anwar - Australia
थप जानकारीको लागि :
https://undo.org.np/

UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामाडायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO...
18/02/2025

UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा
डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ।
महाधिवेशनले संस्थापक संयोजक सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।
२९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन। साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ।
निर्वाचित कार्यसमिति

President
Sonam Lama, USA
Vice President Middle East & Africa
Pasang Rinji Sherpa, UAE
Vice President Asia
Yam Kumar (Trilok) Gurung, Hong Kong
Vice President Oceania
Bhoma Limbu, Australia
Vice President Europe
Prem B Gaha Magar, UK
Vice President Americas
Shashi Chandra Adhikari, USA
General Secretary
Kushal KC, Australia
Secretary
Sangita Karki Kunwar, Korea
Treasurer
Ulka Prasad Ghimire, Belgium
RC-Asia
Laxmi Gurung, Korea
RC-Oceania
Biajay Paudel Upadhya, Australia
RC-Europe
Padam Bahadur Gurung, Belgium
DRC-Oceania
Sushanta Sharma, Australia

UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ माडायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइट...
17/02/2025

UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ मा
डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओ दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा हुँदैछ।
UNDO को स्थापना र दर्ता
कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेर यो संस्था स्थापना गरेको थियो। त्यसपछि दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लाग्यो। त्यसैले कानुनी रुपमा नेपालको सर्वोच्च अदालतमा अपिल गरियो।
जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो। सोहि आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत नै यो संस्था दर्ता गरेको हो। तर गैरआवासीय नेपाली संघ NRNA र UNDO बीच भने धेरै कुरा फरक छन्।
छोटो परिचय UNDO
नेपाल सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी यो संस्था दर्ता भएको हो। संस्था गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना गरिएको थियो।
यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। तर कानुनी रुपमा दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन्। नेपालको एनआरएन ऐनले एनआरएन को को हुन् भनेका वाक्यांस नै यहाँ लागु हुनेछ।
UNDO ले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न प्रतिबद्ध रहेको छ। संस्थाले नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्दछ। यसले सबै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउनेछ जसले भावी पुस्ताहरूका लागि प्रगतिको विरासत सिर्जना गर्नेछ।
बिधान अनुसार संस्थाको अन्तराष्ट्रिय महाधिवेशन हरेक ३/३ बर्षमा नेपालमा भौतिक रुपमा उपस्थित भएर हुन्छ। यहि डिसेम्बर २८-२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीनबर्ष अर्थात २४-२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

UNDO को सदस्यता कसरी लिने ?United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको सदस...
17/02/2025

UNDO को सदस्यता कसरी लिने ?
United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको सदस्यता लिनको लागि निम्न उपायहरु छन्:
पहिलो चरण-सेल्फ भेरिफाइ गर्ने आवश्यक कागजातको तयारी
१. सबैभन्दा पहिला Passport, Green Card/Permanent Residency Card अथवा NRN Card (दुतावास/मन्त्रालयले दिने) या गैर आवासीय नेपाली नागरिकता मध्ये कुनै एक आइडीको फोटो रेडिगर्नुहोस।
२. जसले नेपाली Passport रेडिगर्नु भएको छ उहाँहरुले सेकेण्डरी ID मध्ये कुनै एक Green Card/Permanent Residency Card या Work Permit/Work Permit Visa मध्ये एक रेडि गर्नुहोस।
३. जसले नेपाल बाहेक देशको Passport रेडिगर्नु भएको छ उहाँहरुले Passport मा बर्थ प्लेस नेपाल भनेको छैन भने गैरआवासीय नेपाली भएको अर्को कुनै सेकेण्डरी आइडीको रुपमा रेडिगर्नुहोस। जस्तोकी Green Card/Permanent Residency Card या Work Permit/Work Permit Visa इत्यादी।
४. यदि Valid NRN Card विदेशमा बस्ने नेपालीको लागि हो भने सेकेण्डरी आइडी आवश्यक पर्दैन तर आजीवन सदस्यताको लागि योग्यता नपुग्न सक्छ। कार्डको एक्सपायरी म्याद अनुसार सदस्यताताको प्रकार छान्नुहोस्।
५. यदि नेपाली मुलका बिदेशीको NRN Card या गैर आवासीय नेपाली नगरिकता पेश गर्नुभएको छ भने दोश्रो आइडी आवश्यक पर्दैन।

नोट: यदि माथिका कुनै पनि योग्यता छैन भने तपाइँ यो पटकको लागि UNDO को सदस्यता लिन सक्नुहुन्न। यदि सबै रेडी छ भने दोश्रो स्टेपमा जानुहोस।

दोश्रो चरण- सदस्यता अनलाइन फर्म भर्ने
१. सबै भन्दा पहिला कम्पुटरमा वेबसाइट https://undo.org.np/ खोल्नुहोस।

२. त्यसपछि त्यहाँ Apply for Membership भन्ने देख्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोस अर्थात यो लिंक https://undo.org.np/apply-for-membership/

३. आवश्यक सबै सूचना भरेर माथि भनिएका डकुमेन्ट अपलोड गर्नुहोस।

४ सदस्यताको प्रकारमा तपाइँ कुन प्रकारको योग्यताको आइडी अपलोड गर्नुहुँदैछ त्यो अनुसार इच्छा लागेको सदस्टताका प्रकार मध्ये कुनै एक छान्नुहोस्। सदस्त्यता शुल्क त्यहाँ नै तिकिएको छ।

५. सबै पुरा भएपछि I Agree Terms and Conditions चेक गरेर Submit गर्नुहोस।

तेश्रो चरण - पेमेन्ट अप्शन
फर्म सब्मिट भएपछि पेमेन्ट अप्शन आउँछ। इमेलमा पनि कन्फरमेशन आउँछ। त्यहाँ पेमेन्टमा यो अप्शन दिन्छ

Kindly find our bank details below:

Bank Name: Prabhu Bank Limited
A/c Holder's Name:
United Nepali Diaspora Organization.
A/c Number: 1360155716500011
Branch: Tangal
SWIFT: PRVUNPKA

६. आफ्नो बैंक खाता लगइन गरेर पेमेन्ट वायर गनुहोस।

थप जानकारीको लागि यो लिंक क्लिक गन्नुहोस:
https://acrobat.adobe.com/link/review?uri=urn%3Aaaid%3Ascds%3AUS%3A7c58a3e6-ce66-3b99-997d-712900594f85

यूएनडिओको सदस्यता खुला!अगष्ट १६, २०२४United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यू...
17/02/2025

यूएनडिओको सदस्यता खुला!

अगष्ट १६, २०२४
United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ अनुसार United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्थाको दर्ता स्वीकृत गर्नु भन्ने आदेश बमोजित संस्था दर्ता भएको हो।
संस्थाका संयोजक सोनाम लामाको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार United Nepali Diaspora Organization (UNDO) को सदस्यता खुला गरिएको छ। सँस्थाबारे थप जानकारी लिने र सदस्य बन्नको लागि तलका लिंकहरुमा क्लिक गर्नुहोस।
बिज्ञप्तिको नेपालीप्रति हेर्नको लागि तलको लिंकमा:
https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:7c58a3e6-ce66-3b99-997d-712900594f85
बिज्ञप्तिको अंग्रेजीप्रति हेर्नको लागि तलको लिंकमा:
https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:0a0eac45-9526-3a51-8f4c-9c92cd655980
https://hollywoodkhabar.com/news/520/
थप जानकारीको लागि वेबसाइट
https://undo.org.np/

सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयबाट यूएनडिओ दर्ताजुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सम्मानित सर्बोच्च अदालतबा...
17/02/2025

सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयबाट यूएनडिओ दर्ता

जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सम्मानित सर्बोच्च अदालतबाट नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश भएको छ।

बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको थियो। खासगरी २०२२ मा पुग्दा गैरआवासी नेपाली मात्र होइन डायस्पोरा नेपालीका बिषय र उनीहरुका कुरा गर्नुपर्ने आवश्यक्ता मसुश गर्दै यो संस्था स्थापना गरिएको थियो। स्थापनाको समयमा ब्यापक छफफल पछि विकल्पको रुपमा बिशुद्ध सामाजिक संस्था हुनुपर्ने निष्कर्ष निकालिएको थियो।

त्यसपछि सो बिषयमा कानुनका बिज्ञहरु समेतको परामर्श लिने काम भयो। त्यसैको फलस्वरुप मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रजहरु, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ स्थापना गर्ने निष्कर्षमा पुर्याएको थियो।

नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत हुनेगरी गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा “गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्” भन्ने व्यवस्था छ। गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपालीहरुको यस्ता खाले संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकका ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ। ऐनको यही व्यवस्था बमोजिम यूएनडिओ दर्ता भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना भएको थियो।
स्थापना पछि नेपाल सरकारको प्रचलित ऐन-कानुन अनुसारको मापदण्ड २५ देखका ५० जना भन्दा बढी नै हुनेगरि २८ देशका ५८ जना व्यक्तिहरुको हस्ताक्षर, आवश्यक कागजात र संस्थाको बिधान सहित निवेदन UNDO दर्ताको लागि २०७९ वैशाख ६ गते नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको थियो।
त्यसलाई परराष्ट्र मन्त्रालयले दर्ता गर्न आनाकानी गर्दै निवेदन स्वीकृत नगरिदिएपछि न्यायका लागि नेपालको सर्वोच्च अदालतमा १ मंसिर २०८९ मा दर्ता गराएको रिट निवेदनमा फैसला भएको एक महिना भित्र यूएनडीओ दर्ता निवेदनको स्वीकृत गरी प्रमाणपत्र दिनु-दिलाउन परराष्ट्र मन्त्रालयका नाममा परमादेश लगायतका आदेश माग सहित कानुन ब्यबसायी मार्फत अपिल गरिएको थियो।

सोही रिट-अपिल अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जुलाई ३०, २०२३ आइतबार यूएनडीओ दर्ता स्विकृत गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको हो।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when UNDO- United Nepali Diaspora Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share