Salyani Yuwa Sanjal - सल्यानी युवा संजाल

  • Home
  • Nepal
  • Kathmandu
  • Salyani Yuwa Sanjal - सल्यानी युवा संजाल

Salyani Yuwa Sanjal - सल्यानी युवा संजाल एक सुन्दर युवा सोच

सार्वजनिक अपिल
27/08/2026

सार्वजनिक अपिल

सल्यानमा जन्मिएर वि.सं. २०४३ देखि २०४६ सालसम्म नेपालको २७औँ प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नुभएका स्वर्गीय मरि...
21/08/2026

सल्यानमा जन्मिएर वि.सं. २०४३ देखि २०४६ सालसम्म नेपालको २७औँ प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नुभएका स्वर्गीय मरिचमान सिंह श्रेष्ठ नेपाली राजनीतिक इतिहासका विशिष्ट व्यक्तित्व हुनुहुन्छ। नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान स्मरणीय छ।

उहाँको जीवन, राजनीतिक यात्रा र योगदानलाई भावी पुस्तासम्म अभिलेखीकरण तथा संरक्षण गर्दै अध्ययन र अनुसन्धानका लागि सार्वजनिक स्रोतका रूपमा विकास गर्नु आवश्यक छ। यही उद्देश्यले उहाँले प्रधानाध्यापकका रूपमा कार्य गर्नुभएको त्रिभुवन जनता माध्यमिक विद्यालय, लुहापिङ, सल्यानमा उहाँको स्मृतिमा सार्वजनिक पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्ने प्रस्ताव अघि सारेका छौँ।

उक्त पुस्तकालयमा उहाँसँग सम्बन्धित पुस्तक, दस्तावेज, तस्बिर, भाषण, अन्तर्वार्ता तथा अन्य ऐतिहासिक सामग्री संकलन र संरक्षण गर्नुका साथै विद्यार्थी, अनुसन्धानकर्ता तथा आम नागरिकका लागि विभिन्न विषयका पुस्तकहरू उपलब्ध गराउने हाम्रो उद्देश्य रहेको छ।

आउनुहोस्, खुला छलफल गरौँ।

यो कुनै व्यक्ति वा राजनीतिक विचारधाराको पक्ष वा विपक्षमा नभई हाम्रो इतिहास, ज्ञान र सार्वजनिक स्मृतिको संरक्षण गर्ने साझा अभियान हो।
यस अभियानलाई अझ प्रभावकारी र दिगो बनाउन सल्यानवासी, शिक्षाविद्, अनुसन्धानकर्ता, पूर्वविद्यार्थी, स्थानीय तह, सामाजिक संघ–संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूबाट सुझाव, सहकार्य र सहभागिताका लागि हार्दिक अपिल गर्दछौँ।

सहजीकरणका लागि: Yubraj Khadka

छानबिन समिति गठन गर्न माग गर्दछौँ।सल्यान जिल्लाको कालिमाटीलगायत विभिन्न क्षेत्रमा भइरहेको काठ चोरी–निकासी तथा शारदा नदील...
29/06/2026

छानबिन समिति गठन गर्न माग गर्दछौँ।

सल्यान जिल्लाको कालिमाटीलगायत विभिन्न क्षेत्रमा भइरहेको काठ चोरी–निकासी तथा शारदा नदीलगायत स्थानमा भइरहेको भनिएको अवैध उत्खननसम्बन्धी विषयहरू पछिल्लो समय व्यापक रूपमा सार्वजनिक चासो र सरोकारका विषय बनेका छन्। स्थानीय नागरिकहरूले फोटो तथा भिडियोसहित सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री सार्वजनिक गरिरहेका छन् भने सञ्चारमाध्यमहरूमा समेत यी विषयमा समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन्।

असार १३ गते शनिबार सल्यानको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराबाट दाङतर्फ जाँदै गरेको एक टिपरलाई भोटेचौर प्रहरीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको छ। उक्त टिपरमा माथिबाट जस्तापाता र प्लाइले छोपेर तल भर्खर काटिएका काठ लुकाई ओसारपसार गरिएको भन्ने विषय पनि सार्वजनिक बहस र चासोको विषय बनेको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुखको सरुवा तथा उहाँ सल्यान आउँदा प्रयोग गरिएको काठ व्यवसायीको सवारी साधनसम्बन्धी विषयमा समेत विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित तथा प्रसारित भइरहेका छन्। यिनै विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाउँदै आएका सल्यानी युवा युवराज खड्का हाल साइबर अपराधको मुद्दामा हिरासतमा रहनुभएको अवस्था छ।

यस्तो अवस्थामा सल्यान जिल्लामा क्रियाशील राजनीतिक दलहरू तथा निर्वाचित जनप्रतिनिधिहरू मौन रहनु दुःखद विषय हो। सल्यान जिल्लामा उठिरहेका जनचासोका विषयमा सत्यतथ्य सार्वजनिक गरी आम नागरिकको विश्वास कायम गर्नु राज्यका सम्बन्धित निकायहरूको दायित्व हो। तर, जिल्लास्थित विभिन्न राज्यका निकायहरूमाथि नै प्रश्न उठिरहेका बेला घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनुपर्ने आवश्यकता अझ बढी महसुस गरिएको छ। साथै, प्रश्न उठेका निकायहरूबाट छानबिन गरिँदा त्यसको निष्पक्षतामाथि आम नागरिकमा शंका उत्पन्न हुन सक्ने अवस्था रहेको छ।

तसर्थ, सल्यान जिल्लामा उठिरहेका सम्पूर्ण विषयवस्तुको निष्पक्ष, स्वतन्त्र, पारदर्शी तथा विश्वसनीय ढङ्गले छानबिन गर्न संघीय सरकारको पहलमा छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौँ।

अन्त्यमा, हामी सम्पूर्ण सरोकारवाला पक्षलाई कानुनी शासन, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता तथा सुशासनको पक्षमा उभिँदै सत्यतथ्य उजागर गर्न आवश्यक सहयोग र पहल गर्नसमेत आग्रह गर्दछौँ।

युवराज खड्काको पक्राउविरुद्ध सल्यानी युवा संजालद्वारा जारी विज्ञप्ति।
22/06/2026

युवराज खड्काको पक्राउविरुद्ध सल्यानी युवा संजालद्वारा जारी विज्ञप्ति।

हार्दिक धन्यवाद !निर्वाचन विशेष “सल्यान संवाद”“जनताको सवाल, उम्मेदवारको जवाफ” कार्यक्रम भव्य, सभ्य र प्रभावकारी रूपमा सम...
07/02/2026

हार्दिक धन्यवाद !

निर्वाचन विशेष “सल्यान संवाद”
“जनताको सवाल, उम्मेदवारको जवाफ” कार्यक्रम भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न भएकोमा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष उपस्थित भई तथा प्रत्यक्ष प्रसारणमार्फत जोडिएर सहभागिता जनाउनुहुने सम्पूर्ण सल्यानी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको उत्साह, संयमता र सचेत सहभागिताले कार्यक्रमलाई वास्तवमै सार्थक बनायो।

आफ्ना विचार, योजना र प्रतिबद्धता खुलेर प्रस्तुत गर्नुहुने सहभागी उम्मेदवारहरूलाई विशेष धन्यवाद। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन जनतासामु प्रत्यक्ष उपस्थित भई संवाद गर्ने संस्कारको विकास हुनु अत्यन्त सकारात्मक पक्ष हो।

कार्यक्रम सम्पन्न गर्न सहयोग, सहकार्य र समन्वय गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

सबैको कल्याण होस् !

31/01/2026
आज हामिले स्वास्थ्य मन्त्री मा. डा. सुधा शर्मासँग जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा सहित भेट गर्यौँ ।...
02/01/2026

आज हामिले स्वास्थ्य मन्त्री मा. डा. सुधा शर्मासँग जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा सहित भेट गर्यौँ ।

स्वास्थ्य मन्त्रीज्यूले छोटो समयमै “ब्लड बैंक” स्थापना गर्न सफल भएकोमा सल्यानी युवाहरूलाई बधाई सन्देश दिनुभएको छ। मन्त्रीज्यूको महत्वपूर्ण सहयोगबिना “ब्लड बैंक” स्थापना सम्भव हुने थिएन, त्यसैले हामीले उहाँलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छौँ।

हामीले सल्यानमा अत्यावश्यक केही विषयहरूबारे कुरा राख्यौँ। उहाँले तत्काल सम्बन्धित निकायमा फोन गरेर आवश्यक समन्वय गरिदिनुभयो। यसबाट नागरिकमैत्री सरकार भएको अनुभूति भयो। थप केही कामहरू पनि अब अगाडि बढ्नेछन्।

सल्यानीहरूको तर्फबाट स्वास्थ्य मन्त्रीज्यू डा. सुधा शर्मालाई हार्दिक धन्यवाद।

साथै, मन्त्रीज्यूका क्लासमेट रहनुभएका सल्यानी डा. सुवर्ण प्रधानज्यूले पनि मन्त्रीज्यूसँग निरन्तर फलो-अप गरिरहनुभएको छ। उहाँप्रति पनि हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ। अन्तिममा जिल्ला अस्पताल सुधारको कार्यमा सबैले डा. अर्जुन कुमार बुढालाई सहयोग गर्न समस्त सल्यानीहरुमा युवाहरुको तर्फबाट सादर अनुरोध गर्दछौँ।🤝❤️

सल्यान जिल्लामा लागूऔषध नियन्त्रण, शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न नागरिकसँग सहकार्य गर्दै विभिन्न सा...
26/12/2025

सल्यान जिल्लामा लागूऔषध नियन्त्रण, शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न नागरिकसँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यमा देखाउनुभएको उत्कृष्ट नेतृत्व र सक्रिय योगदानको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी प्रमुख (DSP) डा. हेम के.सी. ज्युलाई सल्यानी युवाहरूको तर्फबाट सम्मान गरिएको छ।

सल्यान जिल्ला अस्पतालमा "ब्लड बैंक" स्थापना तथा उत्कृष्ट नेतृत्व, निरन्तर समर्पण र अमूल्य योगदानको कदर गर्दै जिल्ला अस्प...
26/12/2025

सल्यान जिल्ला अस्पतालमा "ब्लड बैंक" स्थापना तथा उत्कृष्ट नेतृत्व, निरन्तर समर्पण र अमूल्य योगदानको कदर गर्दै जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन कुमार बुढालाई सल्यानी युवाहरूको तर्फबाट सम्मान गरिएको छ।

सल्यान जिल्लामा पहिलो पटक “ब्लड बैंक” सुरु गरिएको छ। अब हामी सबैको साझा जिम्मेवारी भनेको जिल्ला अस्पताललाई ५० शय्याको बन...
26/12/2025

सल्यान जिल्लामा पहिलो पटक “ब्लड बैंक” सुरु गरिएको छ। अब हामी सबैको साझा जिम्मेवारी भनेको जिल्ला अस्पताललाई ५० शय्याको बनाउँदै वास्तविक अर्थमा जिल्ला अस्पतालको रूपमा विकास गर्नु हो।

सल्यानमा लामो समयदेखि “ब्लड बैंक” जस्तो अत्यन्तै संवेदनशील सेवा नहुँदा नागरिकहरूको ज्यान जोखिममा थियो। कुनै ठूला आपतकालीन अवस्था वा दुर्घटना हुँदा धेरै रगत आवश्यक पर्ने बेला ठूलो जोखिम मोल्ने अवस्था थियो। सबैको सामूहिक सद्भाव र प्रयासका कारण आज यो सम्भव भएको छ।

सल्यानमा ब्लड बैंक सुरु गर्न सकिँदैन भन्ने भाष्य निर्माण गरिएको थियो। अहिले पनि यसको निरन्तरता दिँदा भोलि प्रत्यक्ष वा अप्रत्यक्ष अवरोध आउन सक्ने सम्भावना छ। त्यसैले अहिलेसम्म भएका बदमासी तथा अवरोधका तथ्यहरू हामीले संकलन गरी सुरक्षित राखेका छौँ। यदि यो सेवा निरन्तर रूपमा सञ्चालन भयो भने सबैका लागि हितकर हुनेछ। अन्यथा आवश्यक परे व्यापक रूपमा प्रतिवाद गरिनेछ।

यस कार्य सम्पन्न नहुँदासम्म सल्यानमै बस्ने निर्णय गर्दै आफ्ना सम्पूर्ण काम छोडेर लाग्नुभएका प्रिय युबराज खड्का तथा रातदिन नभनी खटिनुहुने जिल्ला अस्पताल प्रमुख डा. अर्जुन कुमार बुढाप्रति आभार व्यक्त गर्न शब्द अपूरा छन्। तपाईँहरूको योगदानको उचित मूल्यांकन अवश्य हुनेछ।

यस कार्यमा प्रत्यक्ष रूपमा होस् वा सामाजिक सञ्जालमार्फत नै भए पनि सद्भाव देखाउने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि धन्यवाद। सबैको साथ, समर्थन र सद्भाव अत्यन्तै महत्वपूर्ण रहेको छ।

सबैको शुभ होस् !
सबैको कल्याण होस् !!

भवतु सब्ब मंगलम ❤️

सल्यानी युवाहरूको तर्फबाट
सुदर्शन

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Salyani Yuwa Sanjal - सल्यानी युवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Salyani Yuwa Sanjal - सल्यानी युवा संजाल:

Shortcuts

Share