06/06/2026
मिति २०८३/०२/२२ गते नर्स तथा स्वास्थ्यकर्मीहरुको बिधमान समस्याका सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री माननीय निशा मेहेता ज्युलाई भेटि तपशिलका बुँदाहरुमा माग राखेको छौं।
१) नर्सिङ कर्मचारीहरुको रात्रीकालिन भत्ता वृद्धिले थप प्रोत्साहन नगरेको हुँदा पूनः विचार गर्नुपर्ने सम्बन्धमा
२) जोखिम भत्ता सम्बन्धमा
३) निजि मेडिकल/ डेन्टल कलेजका शिक्षण अस्पतालहरु तथा निजी अस्पतालहरुमा न्युनतम पारिश्रमिक लगायत सेवा सुबिधाहरु सम्बन्धि मागका सम्बन्धमा भएको सहमति केहि संस्थाहरुमा आंशिक रूपमा सहमति कार्यान्वयन भएको, केहिले हालसम्म पनि सहमति बमोजिमको पारिश्रमिक लगायतका सेवा सुबिधा नदिएको हुँदा यथाशिघ्र उपलब्ध गराउने सम्बन्धमा
४) आवश्यक श्रम ऐन संसोधन गरी नर्स तथा अन्य स्वास्थ्यकर्मिहरुको तह निर्धारण गरी सरकारी सरह पारिश्रमिक र सेवा सुबिधा उपलब्ध गराउनु पर्ने सम्बन्धमा
५) दूर -दराजमा दिनरात अनवरत सेवा प्रदान गरिरहेका अनमी कर्मचारीहरुको वृद्धि बिकास सम्बन्धमा
६) सरकारी सेवामा १५/२० बर्ष सम्म एउटै तहमा नै काम गर्न बाध्य सरकारी नर्सिङ कर्मचारीहरुको वृद्धि बिकास सम्बन्धमा
७) नर्सिङ बिधाका विभिन्न बिषयमा स्नातकोत्तर उतिर्ण गरेका विशेषज्ञ नर्सहरुको लागी दरबन्दी सिर्जना गरी पदस्थापन गर्नुपर्ने सम्बन्धमा
८) यस संघबाट विभिन्न अस्पतालहरुमा अनुगमन गर्दा केहि अस्पतालमा अति आवश्यक नर्स तथा स्वास्थ्यकर्मीहरु काममा नराखिएको पाइएको हुँदा सो नियमन गरी पदपुर्ति गरिनुपर्ने सम्बन्धमा
लगायत विभिन्न महत्त्वपूर्ण विषयमा गहन छलफल गर्दै यथाशिघ्र सम्बोधन गर्नुहुन बुँदागत रुपमा माग राखेका छौँ ।