Didi Foundation

Didi Foundation Didi Foundation is a registered not-for-profit organization based in Kathmandu, Nepal.

Since 2013, we have empowered women and children nationwide through education, vocational training, and sustainable job creation in partnership with local organizations

सामाजिक विकास मन्त्रालयबाट Didi Foundation द्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूको सफल अनुगमन गर्नु भएकोमा हार्दिक धन्यवा...
28/05/2026

सामाजिक विकास मन्त्रालयबाट Didi Foundation द्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूको सफल अनुगमन गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

We sincerely thank the Ministry of Social Development for conducting the monitoring of various programs concluded by Didi Foundation. We highly appreciate the opportunity to present and showcase our programs during the visit.

13/05/2026

दिदी केवल तालिम दिने संस्था मात्र होइन, महिलाहरूको आर्थिक सशक्तिकरण, शिक्षा, नेतृत्व विकास र आत्मनिर्भर भविष्य निर्माणको अभियान हो।

यस भिडियोमार्फत दिदीका विभिन्न कार्यक्रम, पहल र महिलाहरूको जीवनमा ल्याइरहेको सकारात्मक परिवर्तनको झलक प्रस्तुत गरेका छौं।
हाम्रो विश्वास छ — जब महिला सशक्त हुन्छिन्, परिवार, समाज र राष्ट्र नै सशक्त बन्छ।

हामीसँग जोडिनुहोस्, साथ दिनुहोस्, र परिवर्तनको यात्रामा सहभागी बन्नुहोस्। 💛

01/05/2026

मेहनत, सिप र नयाँ सुरुवात 💄

Didi Foundation का beauty trainees अब आत्मविश्वासी, दक्ष र रोजगारीका लागि तयार छन्।
सिकाइदेखि कमाइसम्मको यात्रा यहीँबाट सुरु हुन्छ ❤️

#सिपदेखि_कमाइसम्म #महिला_सशक्तिकरण

01/05/2026

From learning to earning 🍴
These amazing women are building confidence and new opportunities through our cooking training program at Didi Foundation.
Together, we rise. ❤️

30/04/2026

प्रत्येक टाँका सफलता तर्फको यात्रा हो। 🧵✨
हाम्रा विद्यार्थीहरू केवल सिलाइ होइन, आफ्नो भविष्य आफैं बनाउँदैछन्

#महिलासशक्तिकरण #सीपमूलकशिक्षा

Didi Foundation का निर्देशक  Archit Shrestha  Lions Clubs International District 325 P को Second Vice District Governor ...
12/04/2026

Didi Foundation का निर्देशक Archit Shrestha Lions Clubs International District 325 P को Second Vice District Governor (2026/27) मा अत्याधिक मतसहित विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

On behalf of Didi Foundation, we extend our heartfelt congratulations to our Board of Director Archit Shrestha, on being elected as Second Vice District Governor (2026/27) of Lions Clubs International District 325 P with an overwhelming majority. Wishing you a successful and impactful tenure.

19/03/2026

महिलाहरूका लागि ३ महिने निःशुल्क Cook Training!

विशेष प्राथमिकता: होटल व्यवसायमा संलग्न वा सीप उकास्न इच्छुक महिला।

सम्पर्क: +977 984-3014177

कृपया इच्छुक व्यक्तिहरूसँग share गर्नुहोस् ताकि धेरै नेपाली महिलाहरू लाभान्वित हुन सकून्।

प्रथम सूचना मिति २०८२/१०/२८ गते प्रकाशित सूचना अनुसार महिला दीदीबहिनीहरूको सशक्तिकरण, आयआर्जन तथा क्षमता अभिवृद्धिका लाग...
12/03/2026

प्रथम सूचना मिति २०८२/१०/२८ गते प्रकाशित सूचना अनुसार महिला दीदीबहिनीहरूको सशक्तिकरण, आयआर्जन तथा क्षमता अभिवृद्धिका लागि Didi Foundation तथा सामाजिक विकास कार्यालय, भैँसेपाटी, ललितपुरको सहयोगमा मिति २०८२/११/२६ गतेदेखि तालिम सञ्चालन गर्ने जानकारी गराइएको थियो।

तर विभिन्न कारणवश सो तालिमका लागि आवेदन दिने म्याद थप गरी मिति २०८२/१२/१० गतेसम्म कायम गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।

पाककला(Cook Training) तालिममा सहभागी हुने सम्बन्धी सूचना!!
12/02/2026

पाककला(Cook Training) तालिममा सहभागी हुने सम्बन्धी सूचना!!

Congratulations to all 18 health workers who successfully graduated from the Eye Health Training Program 2026 under the ...
05/02/2026

Congratulations to all 18 health workers who successfully graduated from the Eye Health Training Program 2026 under the project “See to Learn, See to Earn,” supported by Vision for the World.

This training was very special because it focused on practical learning. On Day 3, the participants conducted a vision screening camp and distributed free eyeglasses to women in need, turning their training into real service for the community.

This is the first time such a practical-based eye health training has been organized in Kageshwori Manohara Municipality, and it is very likely that municipal health workers in other municipalities have not yet received this level of hands-on eye health training.

During the closing ceremony, Mayor Upendra Karki shared two strong messages. He stated that Didi Foundation is the best not-for-profit organization in Kageshwori Manohara Municipality and one of the leading organizations in Kathmandu Valley for vocational and health related practical skill training in Nepal. He also mentioned that the trainees were very fortunate to be trained by some of the best eye health professionals of Nepal Bimal Paudyal, Ram K.C., and their training team.

The Mayor also expressed his happiness and confidence in the trained health workers and their readiness to start primary
eye care services from their own health posts.

Participant review videos will be shared soon.
Thank you to everyone who made this training possible.

“See to Learn, See to Earn” परियोजनाअन्तर्गत Eye Health Training Program 2026 सफलतापूर्वक सम्पन्न गरी १८ जना स्वास्थ्यकर्मीहरू दीक्षित हुनु भएकोमा हार्दिक बधाई।

यस तालिमको मुख्य विशेषता यसको व्यावहारिक (प्रायोगिक) पक्ष हो। तेस्रो दिन, सहभागीहरूले दृष्टि परीक्षण शिविर सञ्चालन गर्नुका साथै आवश्यकतामा रहेका महिलाहरूलाई निःशुल्क चश्मा वितरण गरी समुदायमै प्रत्यक्ष सेवा प्रदान गर्नुभएको थियो।

कागेश्वरी मनोहरा नगरपालिका भित्र यस किसिमको व्यावहारिक आधारित आँखा स्वास्थ्य तालिम पहिलो पटक आयोजना गरिएको हो, र सम्भवतः काठमाडौं उपत्यकाका अन्य नगरपालिकाका स्वास्थ्यकर्मीहरूले यति व्यवहारिक तालिम पाउने अवसर अहिलेसम्म पाएका छैनन्।

समापन समारोह मा नगरप्रमुख उपेन्द्र कार्की ले दुई महत्वपूर्ण कुराहरू उल्लेख गर्नुभयो। उहाँका अनुसार दिदी फाउन्डेसन कागेश्वरी मनोहरा नगरपालिकाको उत्कृष्ट गैरनाफामूलक संस्था मात्र होइन, काठमाडौं उपत्यकाभर व्यावसायिक तथा स्वास्थ्यसम्बन्धी व्यावहारिक सीप तालिम प्रदान गर्ने अग्रणी संस्थामध्ये एक हो। साथै, सहभागी स्वास्थ्यकर्मीहरूलाई नेपालकै उत्कृष्ट आँखा स्वास्थ्य प्रशिक्षकहरू श्री बिमल पौडेल, श्री राम के.सी. तथा उहाँहरूको प्रशिक्षण टोलीबाट तालिम प्राप्त गर्ने अवसर पाउनु सौभाग्यको कुरा भएको उहाँले बताउनुभयो।

नगरप्रमुखज्यूले तालिम प्राप्त स्वास्थ्यकर्मीहरू आफ्नै स्वास्थ्यचौकीबाट प्राथमिक आँखा उपचार सेवा सुरु गर्न तयार रहेको देखेर खुसी र उत्साहित भएको पनि व्यक्त गर्नुभयो।

सहभागीहरूको प्रतिक्रिया भिडियो चाँडै सार्वजनिक गरिनेछ।
यस कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद।

Address

Kageshwori Manohara Municipality , Mulapani
Kathmandu
44600

Telephone

+97714160009

Website

Alerts

Be the first to know and let us send you an email when Didi Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share