मगर साहित्यकार, शिक्षासेवी, समाजसेवक आदिकवि जीतबहादुर सिञ्जाली मगरले मगर भाषा, साहित्यको विकास, उत्थान, संरक्षण एवं सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको हुँदा चारदशक बेपत्ता भइ दयनीय अवस्थामा भेटिनु अघि उनको सम्मानमा मगर भाषा (मगर खाम, काइके सहित) साहित्य लेखिरहेका साहित्यकारलाई प्रोत्साहन गर्न जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान काठमाण्डौ २०५८ सालमा स्थापना गरिएको मुनाफारहित मगर साहित्यीक प्रतिष्ठान हो ।
उद्देश्य :
(१) मगर भाषा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मगर जातिको
मौलिक साहित्य सिर्जनामा योगदान पुर्याउने ।
(२) मगर जातिका नव प्रतिभाहरुलाई मौलिक साहित्य सिर्जनामा प्रोत्साहन
गर्ने ।
(३) मगर जातिका साहित्यकारहरुलाई सम्मान सहित पुरस्कृत गर्ने।
(४) मगर भाषाविद्, साहित्यकार, लेखक, संघ/संस्थाहरुसँगको सहकार्यमा
मगर भाषा, साहित्य लेखनबारे अध्ययन-अनुसन्धान गर्ने ।
(५) पुरस्कार कोष वृद्धि गर्ने ।