Prakriti Premi Samuha

Prakriti Premi Samuha Nature Lover, Nature Follower, Independent! Evergreen Happiness!

दिशा  बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !===============================विगत २५ वर्षदेखि जनतालाई निरोग-आनन...
17/03/2026

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
===============================
विगत २५ वर्षदेखि जनतालाई निरोग-आनन्दित रहन उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन प्रेरित र सहयोग गर्दै आएको सामाजिक परोपकारी संस्था प्रकृति प्रेमी समुहले आफ्ना सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा आफै हेरविचार गरी आत्मनिर्भर बन्न उचित आहार, विहार र विचारको व्यवहारिक अभ्यास गर्न ७ दिने विशेष कार्यक्रम “दिशा बदले दसा सप्रिन्छ, सातदिने ध्यान शिविर” निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा २०८२ चैत्र १६ देखि २३ गतेसम्म गर्ने भएको छ। सहभागी हुन ईच्छुक सदस्यहरुले २०८२ चैत्र १० गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। प्रकृति प्रेमी समुहको सदस्य भैनसकेकाले यथाशिघ्र सदस्य भई सहभागी हुन सकिन्छ।

निरोग-आनन्द कसैले दिंदैन, आफैले कायम राख्नुपर्छ !
त्यसको लागि स्वास्थ्य ज्ञान हुनुपर्छ !
आफैले लागू गर्न सक्ने व्यावाहारिक स्वास्थ्य ज्ञानको लागि हो —
“दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !”

सम्पर्क फोन : ०१ ५४४१९९१ (प्रकृति प्रेमी समुह, निरोगधाम)
समय : बिहान १० बजेदेखि साँझ ५ बजेभित्र
स्थान : प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटो, ललितपुर।
कार्यालय खुल्ने दिन : आइतबारदेखि शुक्रबार १०-५ बजे
==============================

29/01/2026
राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु==================================२०८२ माघ १ गतेदेखि राष्ट्रिय ...
15/01/2026

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु
==================================
२०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गर्ने योजना प्रकृति प्रेमी समुहले गरेको छ :—

१) माघ १ गते देखि साप्ताहिक रुपमा हरेक दिन आ-आफ्नो योग-व्यायाम स्वध्यायशालामा नियमित योग-अभ्यासकासाथै स्थानीय स्थितिअनुसार राष्ट्रिय योग दिवसको छोटो कार्यक्रम गरी मनाउने। उक्त दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट ८ बजे पेप्सी चोकदेखि प्रभात पदयात्रा गरी सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसनको खेलकुद प्राङ्गणमा पुगी विभिन्न कार्यक्रम गरी रास्ट्रिय योग दिवस मनाउने कार्यक्रम रहेको हुँदा सो कार्यक्रममा सहभागी हुन समय अनुकूल हुने सम्पूर्ण सदस्यहरु तथा योगप्रेमी मित्रहरु माघ १ गते बिहान ८ बजे पेप्सिचोकबाट शुरुहुने प्रभातफेरीमा सहभागी हुन अनुरोध छ।
=========================================
२) २०८२ माघ ३ गते योग चेतना अभिवृद्धि गर्न शनिबार बिहान ६ बजेदेखि ३-४ घन्टाको प्रभातफेरी पदयात्रा निरोगधाम सातदोबाटोदेखि ताल्छिखेल, नखिपोट, नख्खु, छ्यासिकोट, खोकना, कार्यविनायक, बुङ्गमति, नख्खु खोला, कुलोबाटो, नखिपोट, टुटेपानी, निरोगधामसम्म पदयात्रा गर्ने कार्यक्रम छ। सो कार्यक्रममा सहभागी हुन माघ २ गते २ बजेभित्र सम्बन्धित योग अभियन्तामार्फत वा आफैले निरोगधाम सातदोबाटोमा नाम टिपाउनु हुन अनुरोध छ।
=========================================
३) माघ १२ गते राष्ट्रिय योग दिवस वहुदिने कार्यक्रमअन्तर्गत ललितपुर जिल्ला, कोंज्योसोम गाउँपालिका, वडा नं. ३ दलचोकीस्थित गोठ भन्ज्याङ्ग मा. वि. का शिक्षक तथा विद्यार्थिहरुका लागि योग चेतनावर्द्धक कार्यक्रम निरोग- आनन्दधाम दलचोकीमा गर्ने।
==========================================
४) माघ १७ गते शनिबार राष्ट्रिय योग दिवस वहुदिवसीय कार्यक्रमअन्तर्गत आस्वा आहा योग स्वाध्यायार्थीहरु तथा ईच्छुक योग शुभेच्छुकहरुका लागि “पिकनिक हाइकिङ्ग” आयोजना गर्ने योजना गरिएको छ। सो “पिकनिक हाइकिङ्ग” ललितपुर जिल्ला कोंज्योसोम गाउँपालिका वडा नं. ४ नल्लु खोलादेखि नल्लु पाथीभरा मन्दिर र त्यहांबाट सिरुडाँडा, गोठ भन्ज्यांग, मनकामना, निरोग-आनन्दधामसम्म हाइकिङ्ग गर्ने र निरोग-आनन्दधाममा भोजन गरी “पिकनिकका स्वास्थ्यवर्द्धक रमणीय कार्यक्रमहरु” गरिनेछ।https://backtocommonsense.org.np/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%aa/

16/12/2025

प्रकृति प्रेमी समुहको पछिल्लो खबर ! १) २०८२ मंसिर २० गते आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न ! =======================...

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !====================१) २०८२ मंसिर २० गतेआस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन...
16/12/2025

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !
====================
१) २०८२ मंसिर २० गते
आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न !
=============================
२०८२ मंसिर २६-२७ गते
आनन्दमय सप्ताहन्त (Weekened) कार्यक्रम सम्पन्न !
=============================
२०८२ मंसिर २७
२०० ओैं मासिक चाैथाे शनिबारे हाइकिङ सम्पन्न !
===========================

प्रकृति प्रेमी समुहको पछिल्लो खबर ! १) २०८२ मंसिर २० गते आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न ! =======================...

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

977 1 5541991

Alerts

Be the first to know and let us send you an email when Prakriti Premi Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Prakriti Premi Samuha:

Shortcuts

Share