02/09/2025
हामी खुशीका साथ जानकारी गराउँदैछौँ कि संगम श्री अटो कार कम्पनीले बुढानीलकण्ठ वडा युवा परिषद्–०८ सँग सहकार्य गरी एक्सचेन्ज इभेन्ट तथा टेस्ट ड्राइभ कार्यक्रम बुढानीलकण्ठ नगरपालिका, हत्तिगाउँमा आयोजना गर्न लागेको छ ।
यस कार्यक्रमलाई हाम्रो सम्माननीय बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री मिथा राम अधिकारीज्यू र उप–प्रमुख श्रीमती अनिता लामाज्यूको अनुमोदन तथा समर्थन प्राप्त भएको छ ।
साथै, नगरपालिकाले सो वाहनलाई नगर अस्पताल र नगरपालिकाको आधिकारिक प्रयोजनका लागि प्रयोग गरी बुढानीलकण्ठ नगरबासीलाई सेवा प्रदान गर्ने योजना गरेको छ ।
तसर्थ, आगामी शुक्रवार बिहान ११:०० बजे देखि बेलुकी ६:०० बजे सम्म बुढानीलकण्ठ नगरपालिका, हत्तिगाउँमा हुने उक्त कार्यक्रममा सबै सदस्यहरूलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद ।
नगर प्रमुख
मिथा राम अधिकारी
उप–प्रमुख
अनिता लामा
अध्यक्ष
श्रीजन डंगोल
बुढानीलकण्ठ वडा युवा परिषद्–०८