11/06/2026
सृष्टिको उत्पत्ती केन्द्र मुन्दुमको प्राण.....
साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान.....
साल्पा–सिलिचुङ किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै सृष्टि र मुन्दुमको उत्पति केन्द्र भएको जनविश्वास रहेको छ।सुम्निमा र पारुहाङको सर्वप्रथम यही साल्पा–सिलिचुङमा नै भेट भएको थियो भन्ने मुन्दुममा पाइन्छ।त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा,सालाप्पा साल्पाहाङ,रिब्रिहाङमा/रिब्रिमा/माप्य-छेम्सी-ताम्सी लगायत (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङ नै आदिम थलो तथा बासस्थान रहेको मुन्दुमी मान्यता रहेको छ।किरातीहरुको सांस्कृतिक नायक नछुङ,नाक्छो,नाक्छुङ,माङ्पा,नागिरे,
कुबी, माबी, दोवा, पासिङ, वाटाङ्पा बुङ्पेन्मी तङ्साबुङ देवारी समग्रमा धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्न, Mundumi Ritual Journey मुन्दुमी यात्राको लागि वर्षेनी साल्पा सिलिचुङ जाने गर्दछन। यस अर्थमा साल्पा सिलिचुङ किरातीहरुको निम्ति हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत,मुस्लिमहरुको मक्का मदिना, बुद्धिष्टहरुको लुम्बिनी भनेजस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल (किरात सांस्कृतिक सम्पदा) हो।किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङलाई विश्वभरका किरातीहरुले चाडै नै संरक्षण तथा प्रवर्द्धन गर्नका लागी पहलकदमीको अत्यावश्यक देखिएको छ अन्यथा किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल,सृष्टि तथा मुन्दुमको उत्पति केन्द्र साल्पा–सिलिचुङको मुन्दुमी अस्तित्व नै सङ्कटमा पर्ने अवस्था सिर्जना भएको छ।विश्वभरका किरातीहरुको मुन्दुमी आस्था जोडिएको यस पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङलाई संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी पनि विश्वभरिकै किरातीहरुको भएकाले विश्वभरकै किरातीहरु, किरातजन्य संघसंस्थाहरुले सहकार्य गरेर साल्पा–सिलिचुङलाई संरक्षण प्रवर्द्धन गर्न साल्पा सिलिचुङमा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण,तीनचुला सहितको मुन्दुमी पूजाथान,वाबुक-सोलोन्वा आकारको मुन्दुमी गेट निर्माण,रिकापा-रिभ्यामा/रिब्रिहाङ्मा,रिब्रिमा(साल्पा राजा साल्पा रानी)जस्ता आदिम किराती पुर्खाहरु तथा विभिन्न मिथकीय पात्रहरुको प्रतिमा निर्माण गर्ने उद्देश्यले (साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति) स्थापना गरिएको हो।अतः यस पवित्र तथा ऐतिहासिक महान महाअभियानलाई सफल बनाउन संसारभर छरीएर रहनु भएका सम्पुर्ण किरातीहरु,किरात जन्य संघ-संस्थाहरु साथै सांस्कृतिक रुपमा सचेत तमाम किराती तथा गैर किराती दाजुभाई तथा दिदिबहिनी हरुलाई आ-आफ्नो तर्फबाट दायीत्व बोध गर्दै स्व-स्फुर्त रुपमा आर्थिक सहयोग,नैतिक तथा भौतिक सहयोग हातेमालो तथा सहकार्य गरेर भोलीको दिनमा मरेर गएपनि युगौयुसम्म बाचीरहने ऐतिहासिक सांस्कृतिक योगदान पुर्याईदिनु हुनका लागि (साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति)
हार्दिक अपिल गर्दछौ।
कृपया नाक्छोङ,यो संसारको सबैभन्दा विशाल वाबुक सोलोन्वा चिण्डोको मुन्दुमी गेट निर्माण कलचुणा धामी चरा र पारुहाङ ध्यानमा बसेको किरात सांस्कृतिक संरचनाहरु निर्माण गरेर किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्ने यस पवित्र तथा ऐतिहासिक महाअभियानमा सहयोगको लागी हार्दिक अपिल गर्दछौ। यस पवित्र तथा ऐतिहासिक महान महाअभियान लाई सफल बनाऊन आर्थिक सहयोग गरेर साल्पा सिलिचुङ संरक्षण प्रवर्द्धन गर्ने ऐतिहासिक योगदानलाई ईतिहासमा भावी सन्ततीहरुले युगौयुग सम्म सम्झिरहनेछन।हामी मरेर गईसकेपछि पनि ईतिहासमा युगौयुग सम्म ईतिहासले सम्झिरहनेछन।
Video:- भोजपुर जील्लाको CDO प्रमुख जील्ला अधिकारी श्री Rajan Poudel ज्यु साल्पा सिलिचुङ अन्तराष्ट्रिय समितीद्वारा स्थापना गरेको सिलिचुङ/सिलिछोमा सुम्निमा पारुहाङको दर्शन गरेको दृश्य।साल्पा सिलिचुङमा स्थापना गरीएको सुम्निमा पारुहाङको दर्शन तथा अवलोकन गरीदिनु भएकोमा CDO साप लाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति
साल्पा माङ सेवा🙏 सिलिचुङ सेवा 🙏
゚vira