Tech Bloggers Association of Nepal

Tech Bloggers Association of Nepal At the heart of our association lies a commitment to excellence, integrity, and innovation.

The Tech Bloggers Association of Nepal is a vibrant community dedicated to fostering technological literacy, empowerment, and collaboration within Nepal's digital landscape. As a pioneering organization, we strive to connect aspiring and established tech enthusiasts, content creators, and bloggers, providing them with a platform to share their knowledge, insights, and experiences in the ever-evolv

ing world of technology. Our mission is to promote the growth of a dynamic and inclusive tech ecosystem by offering resources, support, and opportunities for skill development and networking. Through a diverse range of initiatives, including workshops, competitions, and training programs, we aim to empower individuals, especially women and girls, to harness the power of technology for personal and professional advancement. We encourage creativity, critical thinking, and ethical practices in all aspects of digital content creation and dissemination. By upholding the highest standards of professionalism and community engagement, we aspire to be a driving force for positive change in Nepal's tech landscape. Whether you're a seasoned tech blogger, a budding enthusiast, or simply curious about the latest trends and developments in technology, the Tech Bloggers Association of Nepal welcomes you to join our vibrant community. Together, let's explore, learn, and shape the future of technology in Nepal and beyond.

Ather Nepal ले NAIMA Mobility Expo 2026 मा ५०० भन्दा बढी Booking हासिल गर्‍यो | विश्वास, प्रविधि र नयाँ Overtone Series ...
19/08/2026

Ather Nepal ले NAIMA Mobility Expo 2026 मा ५०० भन्दा बढी Booking हासिल गर्‍यो | विश्वास, प्रविधि र नयाँ Overtone Series प्रति ग्राहकको बढ्दो आकर्षण

काठमाडौं, नेपाल | 19 अगस्ट २०२६

Ather Nepal, Vaidya Energy Pvt. Ltd. अन्तर्गत, NAIMA Mobility Expo 2026 मा ५०० भन्दा बढी Booking हासिल गर्न सफल भएको छ। छ दिनसम्म सञ्चालन भएको उक्त Expo मा Ather का नयाँ electric scooter, अत्याधुनिक technology र बलियो ownership ecosystem प्रति नेपाली ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको हो।

यसपटकको उपलब्धि आकर्षक promotional scheme का कारण हासिल भएको नभई विश्वास, battery assurance, service accessibility, charging infrastructure र practical technology मा Ather Nepal ले गरेको निरन्तर लगानीको परिणामका रूपमा आएको छ।

Purchase पछि पनि कायम रहने Ather Assurance

Electric scooter खरिद गर्ने ग्राहकका लागि product बाहेक battery, service र charging को सुविधा महत्वपूर्ण विषय बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै Ather Nepal ले नेपालमा Ather Assurance लाई निरन्तर बलियो बनाउँदै आएको छ।

Eight70 Warranty अन्तर्गत Ather ले battery मा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको warranty प्रदान गर्दै आएको छ, जसमा लागू हुने Terms & Conditions अनुसार battery health कम्तीमा ७०% कायम रहने assurance समेत समावेश छ। यसले electric vehicle खरिद गर्दा ग्राहकमा रहने long-term battery reliability सम्बन्धी चिन्तालाई सम्बोधन गर्न मद्दत गरेको छ।
त्यसैगरी, नेपालभर १० भन्दा बढी Authorized Service Centers र ५० भन्दा बढी Fast Charging Grid विस्तार भइसकेको छ।

यसले Ather को ownership experience showroom वा scooter खरिद गर्ने क्षणमा मात्र सीमित नभई, दैनिक प्रयोग र long-term ownership सम्म जोडिएको देखाउँछ।

NAIMA मा आएको ग्राहकको प्रतिक्रियाले पनि एउटा महत्वपूर्ण परिवर्तन देखाएको छ—ग्राहकले अब केवल scooter किन्न खोजिरहेका छैनन्, उनीहरू scooterसँगै आउने सम्पूर्ण ecosystem र assurance लाई पनि उत्तिकै महत्व दिन थालेका छन्।

नयाँ Overtone Series ले बढायो Technology प्रति आकर्षण
NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिएको Ather 450 Overtone Series ले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो।

Ather को नयाँ technology-led riding experience लाई ग्राहकले प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। विशेषगरी निम्न features प्रति आगन्तुकहरूको उत्साह देखिएको थियो:

• Magic Twist – throttle को intuitive twist मार्फत regenerative braking लाई सहज रूपमा नियन्त्रण गर्ने सुविधा।

• Infinite Cruise – लामो दूरीमा riding लाई अझ effortless र intuitive बनाउन डिजाइन गरिएको सुविधा।

• Voice on Ather – voice-based interaction र connected technology मार्फत scooter सँग अझ प्राकृतिक रूपमा interact गर्न सकिने सुविधा।

यी features ले Ather लाई केवल एउटा electric scooter का रूपमा नभई technology-led mobility platform का रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको थियो।

नयाँ Overtone Series सँगै Ather 450 Series र Rizta family ले पनि ग्राहकलाई performance, comfort र everyday urban mobility का विभिन्न आवश्यकता अनुसार विकल्प उपलब्ध गराएको थियो।

५०० भन्दा बढी Booking भन्दा ठूलो उपलब्धि

NAIMA Mobility Expo मा प्राप्त ५०० भन्दा बढी Booking Ather Nepal का लागि केवल एउटा sales milestone मात्र होइन। यो नेपालमा electric mobility प्रति बढ्दै गएको विश्वास र Ather ले निर्माण गरिरहेको ownership ecosystem प्रति ग्राहकको भरोसाको संकेत पनि हो।

Ather Nepal ले भन्यो, “NAIMA मा ग्राहकबाट प्राप्त प्रतिक्रिया हाम्रो लागि निकै उत्साहजनक छ। ग्राहकहरू short-term offer मात्र हेरेर निर्णय गर्ने अवस्थामा छैनन्। उनीहरूलाई product मा विश्वास, battery मा assurance, service र charging मा accessibility तथा आफ्नो riding experience लाई वास्तविक रूपमा सहज बनाउने technology चाहिएको छ। ५०० भन्दा बढी Booking ले यही विश्वासलाई प्रतिबिम्बित गरेको छ।”

नेपालमा आफ्नो presence निरन्तर विस्तार गर्दै Ather Nepal ले technology, reliability र customer assurance लाई केन्द्रमा राखेर electric mobility ecosystem निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनेछ।

नयाँ technology, विस्तार हुँदै गएको charging network, बढ्दो service infrastructure र long-term battery assurance मार्फत Ather Nepal को उद्देश्य नेपाली riders का लागि electric mobility मा transition लाई अझ विश्वसनीय, सहज र practical बनाउनु हो।

Ather Nepal – Technology. Assurance. Electric.

३ भदौ, काठमाडौं।फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै २० प्रतिशतसम्म क्यासब्याक अफर ल्यायोफोनपेले जीवीसँग साझेदा...
19/08/2026

३ भदौ, काठमाडौं।

फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै २० प्रतिशतसम्म क्यासब्याक अफर ल्यायो

फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।

यस एकीकरणमार्फत जीवीमा सामान खरिद गर्ने ग्राहकहरूले भुक्तानीको क्रममा चेकआउट बाई फोनपे छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत आफ्नो भुक्तानी सहज रूपमा पूरा गर्न सक्नेछन्।

यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज र सुविधाजनक बनाउनेछ।

यस सेवाको सुरुवातको अवसरमा फोनपे र जीवीले ग्राहकहरूका लागि विशेष २० प्रतिशत क्यासब्याक, अधिकतम रु। ५०० सम्म को अफर पनि ल्याएका छन्।

यो अफर अगस्ट १८ देखि अगस्ट ३१, २०२६ सम्म लागू हुनेछ। प्रत्येक ग्राहकले अभियान अवधिभर अधिकतम रु। ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
“जीवीसँग चेकआउट बाई फोनपेको एकीकरणमार्फत हामी अनलाइन किनमेल गर्ने ग्राहकहरूका लागि अझ सरल र सहज भुक्तानी अनुभव ल्याउन पाउँदा उत्साहित छौं। यो साझेदारी नेपालको बढ्दो विद्युतीय व्यापारको क्षेत्रमा डिजिटल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउने हाम्रो निरन्तर प्रयासको अर्को महत्वपूर्ण कदम हो,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भन्नुभयो।

जीवीसँगको यो एकीकरण नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने फोनपेको निरन्तर प्रयासको हिस्सा हो। नवीन भुक्तानी समाधानमार्फत थप व्यापारी तथा वित्तीय संस्थाहरूलाई जोड्दै फोनपेले अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य लिएको छ।

थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चहरूमा चेकआउट बाई फोनपे विस्तार गर्दै फोनपेले देशभरका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र निर्बाध डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।

चिकित्सक सेवक हुन्, भगवान होइनन् : डा.सुनिल साहकाठमाडौं । बेलायतमा कार्यरत नेपाली डाक्टर सुनिल साहले नेपालको स्वास्थ्य प...
18/08/2026

चिकित्सक सेवक हुन्, भगवान होइनन् : डा.सुनिल साह

काठमाडौं । बेलायतमा कार्यरत नेपाली डाक्टर सुनिल साहले नेपालको स्वास्थ्य प्रणालीमा पछिल्लो दशकमा केही सुधार भए पनि नेपालजस्तै निम्न तथा मध्यम आय भएका अन्य मुलुकको तुलनामा अपेक्षित गति लिन नसकेको बताएका छन् ।

उनले नेपालको स्वास्थ्य प्रणालीमा पूर्वाधार, उपकरण, जनशक्ति र प्रणालीगत समन्वय गरी चारवटा पक्षमा अझै ठूलो सुधार आवश्यक रहेको बताएका हुन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा शाहले भूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भएपनि अफ्रिका, भारतलगायत नेपालजस्तै आर्थिक अवस्थाका मुलुकसँग तुलना गर्दा नेपालले स्वास्थ्य क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताए ।

उनका अनुसार युरोपेली संघमा प्रवेशका लागि समेत स्वास्थ्य, शिक्षा र जीवनस्तरलाई प्रमुख मापदण्डका रूपमा हेरिने भएकाले कुनैपनि देशको समग्र विकासका लागि स्वास्थ्य प्रणालीको सुधार महत्वपूर्ण हुन्छ ।

उनले भने, ‘पोस्ट अर्थक्वेक नेपालको हेल्थ सिस्टममा धेरै सुधार भएको छ । तर हामीले कम्पेयर गरेर हेर्नुपर्छ । नेपालजस्तै लो–मिडल इन्कम कन्ट्रीमा अफ्रिकामा भएको सुधार हेर्ने हो भने हाम्रो त्यतिको भएको छैन। इन्डियामा १० वर्षमा जति सुधार भएको छ, त्यति पनि भएको छैन ।’

स्वास्थ्य प्रणालीका चार पक्षमा सुधार आवश्यक

उनका अनुसार नेपालको स्वास्थ्य प्रणालीलाई मुख्यतः चारवटा पक्षबाट हेर्नुपर्ने हुन्छ । पहिलो पूर्वाधार तथा ठाउँ, दोस्रो उपकरणको खरिद र उपयोग, तेस्रो स्वास्थ्य जनशक्ति र चौथो स्वास्थ्य प्रणालीमा आवश्यक समन्वय हो ।

साहले नेपालमा अस्पताल तथा स्वास्थ्य संस्थाका लागि पूर्वाधार र उपकरणमा लगानी भएपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए । सरकारी तथा क्षेत्रीय स्तरमा उपकरण खरिद भएपनि ती उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा करोडौंको लगानी प्रयोगविहीन हुने अवस्था रहेको उनको भनाइ छ ।

मधेस प्रदेशका विभिन्न अस्पतालको भ्रमणका क्रममा आफूले त्यस्तो अवस्था प्रत्यक्ष देखेको साहले अनुभव सुनाए । उनले राजविराजदेखि वीरगञ्जसम्मका अस्पतालको अवस्था हेरेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यक उपकरण भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति अभाव रहेको बताए।

उपकरण छन्, दक्ष जनशक्ति छैनन्

लहान अस्पतालको उदाहरण दिँदै उनले अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि त्यसको रिपोर्ट गर्न रेडियोग्राफर र रेडियोलोजिस्टको अभाव रहेको बताए ।

उनले भने, ‘लहानमा सिटी स्क्यान छ, तर सिटी स्क्यानको रिपोर्ट गर्ने न रेडियोग्राफर छन्, न रेडियोलोजिस्ट छन्। जहाँ रेडियोग्राफर र रेडियोलोजिस्ट नै छैनन् भने सिटी स्क्यान किन पठाउनुपर्यो ? उपकरण पठाएर मात्रै हुँदैन् ।’

साहका अनुसार उपकरण खरिद गरेर मात्र स्वास्थ्य सेवा प्रभावकारी बन्न सक्दैन । त्यसका लागि आवश्यक जनशक्ति, व्यवस्थापन र जवाफदेहिता पनि सुनिश्चित हुनुपर्छ । उपकरण प्रयोगमा नआउँदा केही समयपछि त्यसको अवस्था बिग्रने र नयाँ उपकरण आए पनि पुरानो उपकरण प्रयोगविहीन बन्ने समस्या देखिएको उनले बताए ।

जनशक्ति उत्पादन पर्याप्त तर टिकाउन चुनौती

नेपालमा स्वास्थ्य जनशक्तिको उत्पादन पर्याप्त भए पनि त्यसलाई देशभित्रै टिकाउन नसकिएको साहको भनाइ छ। नेपालले बेलायतभन्दा दोब्बरभन्दा बढी जनसंख्याका लागि आवश्यक पर्नेभन्दा पनि ठूलो संख्यामा डाक्टर, नर्स र दन्त चिकित्सक उत्पादन गरिरहेको भए पनि ती जनशक्ति विदेश पलायन भइरहेको उनले बताए।

‘हामीसँग स्टाफ त छन् । हामीहरूले इंग्ल्यान्डभन्दा डबल पपुलेसन, त्योभन्दा बढी डाक्टर प्रोड्युस गर्छौं। त्योभन्दा बढी डेन्टिस्ट प्रोड्युस गर्छौं। त्योभन्दा बढी नर्सेस प्रोड्युस गर्छौं। तर हामीले स्टाफलाई रिटेन गर्न सकेका छैनौं,’उनले भने ।

साहका अनुसार स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति उत्पादनसँगै उनीहरूलाई देशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवसर र नेतृत्वको जिम्मेवारी दिन नसक्दा उनीहरू विदेश जाने क्रम बढेको उनले बताए।

स्वास्थ्य प्रणालीमा समन्वयको अभाव

स्वास्थ्य प्रणालीमा समन्वयको अभाव पनि नेपालको प्रमुख समस्या भएको उनको भनाइ छ । केन्द्रदेखि प्राथमिक स्वास्थ्य सेवासम्म आवश्यक समन्वय नहुँदा उपलब्ध स्रोत र जनशक्तिको सही उपयोग हुन नसकेको उनले बताए ।

साहले भने, ‘युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवसर र नेतृत्वको जिम्मेवारी दिन नसक्दा उनीहरू विदेश जाने क्रम बढेको छ । स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति उत्पादनसँगै उनीहरूलाई देशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । सिस्टमको नाममा हामीहरूले आउनै सकेका छैनौं। न हामीहरूको केही कोअर्डिनेसन छ। सेन्टरदेखि लिएर प्राइमरी केयरसम्म कुनै पनि कोअर्डिनेसन छैन।’

नयाँ सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । नयाँ सरकारलाई जनताले ठूलो बहुमत दिएको उल्लेख गर्दै शाहले विगतका राजनीतिक दल तथा सरकारबाट अपेक्षित काम हुन नसकेको कारण नयाँ सरकारप्रति जनताको आशा रहेको बताए।

चिकित्सक सेवक हुन्, भगवान होइनन्

यसैबीच, साहले नेपालमा चिकित्सक र बिरामीबीचको सम्बन्ध तथा चिकित्सकीय पेशागत आचरणमाथि पनि प्रश्न उठाएका छन् । उनले नेपालमा चिकित्सकलाई विभिन्न स्वार्थ र भूमिकाका आधारमा वर्गीकरण गर्न सकिने भन्दै सेलिब्रेटी डाक्टर, मेडिकल माफिया, राजनीतिक डाक्टर र व्यवसाय गर्ने डाक्टरको अवस्था देखिएको टिप्पणी गरे ।

उनले चिकित्सकले आफूलाई भगवानका रूपमा प्रस्तुत गर्न नहुने बताए । चिकित्सक जनताको सेवक भएको उल्लेख गर्दै उनले पेशागत मर्यादा कायम गर्न चिकित्सक आफैं जिम्मेवार हुनुपर्ने बताए।

उनले भने,‘डाक्टर भनेका सेवक हुन, भगवान होइनौं। इंग्ल्यान्डमा डाक्टरहरू सेवक छन् । पोलिटिसियन भनेको सेवक हो। न्यूजमा काम गर्ने मान्छेहरू सेवा गर्ने मान्छे हुन्। पुलिसमा काम गर्नेहरू सेवक हुन्।’

उनका अनुसार चिकित्सक र बिरामीबीच विश्वास र पेशागत सम्बन्ध कायम भएमा स्वास्थ्य संस्थामा हुने विवाद तथा चिकित्सकमाथिको आक्रमणसमेत कम गर्न सकिन्छ । चिकित्सकले आफ्नो जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्व बुझ्नुपर्ने उनले बताए ।

चिकित्सक संघलाई पेशागत भूमिकामा फर्किन आग्रह

चिकित्सकको पेशागत संगठनले पनि राजनीतिक गतिविधिभन्दा पेशागत विषयलाई प्राथमिकता दिनुपर्ने शाहको भनाइ छ । उनले चिकित्सक संघलगायतका संस्थाले बिरामी, स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीका वास्तविक समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताए।

उनले भने, ‘आफ्नो प्रोफेसनालिज्ममा आउनु पर्यो, जनताको कुरा बुझ्नु पर्यो। बिरामीको कुरा बुझ्नु पर्यो, पैसाको लागि हो भने डाक्टरी नगर्नुस्। पैसा नै कमाउनु छ भने बिजनेस गर्नुस्।’

नेपालको मेडिकल शिक्षामा रहेको शुल्क र ‘डोनेसन’ प्रणालीप्रति पनि साहले प्रश्न उठाएका छन्। मेडिकल शिक्षा हासिल गर्न ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले चिकित्सकीय पेशालाई सेवा भन्दा लगानी फिर्ता गर्ने माध्यम बनाउने जोखिम रहेको उनले बताए।

उनका अनुसार मेडिकल शिक्षा शुल्कलाई ‘डोनेसन’ भन्दा शिक्षाको शुल्कका रूपमा पारदर्शी र व्यवस्थित गर्नुपर्छ । मेडिकल शिक्षामा ठूलो रकम खर्च गरेपछि चिकित्सक बनेका युवाले त्यसको प्रतिफल खोज्ने मानसिकता विकास हुनसक्ने उनको भनाइ छ।

साहले भने, डोनेसन, ‘मेडिकल शिक्षा हासिल गर्न ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले चिकित्सकीय पेशालाई सेवा भन्दा लगानी फिर्ता गर्ने माध्यम बनाउने जोखिम बढेको छ । दिस इज नट अ डोनेसन, दिस इज एजुकेसन। मेडिकल गर्नुभयो भने यतिको डोनेसन दिनुपर्छ भन्ने होइन, त्यो शिक्षाको शुल्क हो।’

उनले मेडिकल शिक्षामा हुने ठूलो आर्थिक लगानीका कारण चिकित्सक बनेपछि व्यवसायमुखी हुने प्रवृत्ति बढेको बताए । चिकित्सक बन्ने बित्तिकै निजी अस्पताल तथा क्लिनिक खोल्ने प्रवृत्तिलाई नियमन गर्न सरकारको भूमिका आवश्यक रहेको उनको भनाइ छ ।

युवा चिकित्सकलाई नेतृत्वमा ल्याउनुपर्ने

युवा चिकित्सकलाई नेतृत्व र अवसर नदिँदा स्वास्थ्य क्षेत्रबाट युवा जनशक्ति पलायन भइरहेको साहको भनाइ छ । अहिले पनि धेरै महत्वपूर्ण स्वास्थ्य संस्थामा पुरानो पुस्ताको प्रभाव कायम रहेको भन्दै उनले योग्य र दक्ष युवा चिकित्सकलाई नेतृत्वमा ल्याउनुपर्ने बताए ।

उनले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उदाहरण दिँदै नेपालमा पनि युवा चिकित्सकलाई जिम्मेवारी दिनुपर्ने बताए।

उनका अनुसार युवा चिकित्सकसँग नयाँ प्रविधि, व्यवस्थापन र स्वास्थ्य प्रणाली सुधारसम्बन्धी नयाँ सोच रहेको छ । उनीहरूलाई अवसर दिए दुई–चार वर्षमै स्वास्थ्य प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उनको विश्वास छ ।

साहले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको विकासलाई पनि महत्वपूर्ण मानेका छन् । उनले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा जन्मेदेखि मृत्युसम्म बिरामीको स्वास्थ्य विवरण एउटै नम्बरमार्फत ट्र्याक गर्न सकिने उदाहरण प्रस्तुत गरे ।

नेपालमा पनि प्रत्येक नागरिकलाई युनिक स्वास्थ्य पहिचान नम्बर उपलब्ध गराएर देशका जुनसुकै अस्पतालमा गए पनि बिरामीको स्वास्थ्य इतिहास हेर्न सकिने प्रणाली विकास गर्नुपर्ने उनको सुझाव छ । यसले एउटै बिरामीको परीक्षण दोहोरिने समस्या कम गर्नुका साथै उपचारलाई प्रभावकारी बनाउन सहयोग गर्ने उनले बताए ।

स्वास्थ्य क्षेत्रमा लगानीसँगै पारदर्शिता आवश्यक

साहका अनुसार बीमा तथा अनुदान प्रणालीमा पनि पारदर्शिता आवश्यक छ । सरकारले स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने अनुदान कहाँ खर्च भयो, कति बिरामीले सेवा पाए र त्यसको परिणाम के आयो भन्ने विषयमा नियमित अनुगमन तथा अडिट आवश्यक रहेको उनले बताए ।

नेपालको स्वास्थ्य प्रणाली सुधार गर्न समय लाग्ने भन्दै साहले स्रोत र साधनको सीमिततालाई पनि बुझ्नुपर्ने बताए। नेपाल अझै निम्न तथा मध्यम आय भएको देश भएकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै उपलब्ध स्रोतलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

चिकित्सक आन्दोलनमा अत्यावश्यक सेवा प्रभावित हुन नहुने

चिकित्सकहरूको आन्दोलनका विषयमा पनि शाहले बेलायतको अभ्यास र नेपालको अवस्थाबीच तुलना गरे । चिकित्सकहरूको मागका विषयमा आन्दोलन गर्नुपरे पनि त्यसअघि संगठनभित्र सदस्यको मत लिने, सरकारलाई पर्याप्त समय दिने र वार्ताबाट समाधान खोज्ने अभ्यास रहेको उनले बताए ।

उनका अनुसार अत्यावश्यक सेवा पूर्णरूपमा बन्द नगरी आन्दोलन व्यवस्थापन गरिन्छ । अस्पताल व्यवस्थापनले आकस्मिक तथा अत्यावश्यक सेवामा असर नपर्ने गरी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने उनले बताए ।

नेपालमा भने चिकित्सक र बिरामीको अनुपात तथा अस्पतालको क्षमताबीच ठूलो असन्तुलन रहेको उनको भनाइ छ। मधेश प्रदेशको जनसंख्या करिब ६० लाख भए पनि सरकारले ५०० बेड मात्र विनियोजन गरेको उदाहरण दिँदै उनले जनसंख्या र स्वास्थ्य सेवाको आवश्यकताका आधारमा बेड, चिकित्सक र अन्य जनशक्ति निर्धारण गर्नुपर्ने बताए।

काठमाडौंमा स्वास्थ्य सेवा अत्यधिक केन्द्रित हुनु पनि नेपालको ठूलो समस्या भएको शाहले बताए। वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताललगायत प्रमुख स्वास्थ्य संस्थाहरू काठमाडौंमै केन्द्रित हुँदा देशका अन्य क्षेत्रका बिरामी उपचारका लागि राजधानी आउन बाध्य भएको उनले बताए।

उनले निजी क्षेत्र र व्यवसायीले स्वास्थ्य क्षेत्रमा लगानी गर्दा पनि राजधानीमा मात्र अस्पताल निर्माण गर्ने प्रवृत्तिको पुनरावलोकन आवश्यक रहेको बताए। सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर आवश्यकताअनुसार प्रदेश तथा जिल्ला तहमा अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ।

जलन उपचारमा बहुविशेषज्ञ सेवा आवश्यक

साहले जलन अर्थात बर्न उपचार सेवाको उदाहरण दिँदै सबै बिरामीलाई काठमाडौं ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेपालमा सडक पूर्वाधार कमजोर र एम्बुलेन्स सेवा पर्याप्त रूपमा व्यवस्थित नभएका कारण बिरामीलाई काठमाडौं ल्याउँदा समय धेरै लाग्ने र उपचारमा ढिलाइ हुने उनले बताए।

उनका अनुसार बर्नका बिरामीका लागि पहिलो २४ घण्टा अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले जिल्ला तथा प्रदेश तहमा प्रारम्भिक उपचार र क्षेत्रीय तहमा विशेषज्ञ सेवा उपलब्ध गराउने संरचना आवश्यक छ ।

उनका अनुसार सबै बर्न बिरामीलाई केन्द्रमा ल्याउनुपर्ने होइन । अधिकांश बिरामीलाई जिल्ला वा प्रदेशस्तरमै उपचार गर्न सकिने र जटिल बिरामीका लागि मात्र विशेषज्ञता भएको सेन्टर अफ एक्सिलेन्स आवश्यक पर्ने उनको भनाइ छ ।

बर्न उपचारलाई सामान्य सर्जनको मात्र जिम्मेवारी बनाउनु उचित नहुने पनि साहले बताए । जलनका बिरामीको उपचारका लागि एनेस्थेसिया, कार्डियोलोजी, फिजिसियन, युरोलोजी, नेफ्रोलोजी तथा इन्टेन्सिभ केयरलगायत विभिन्न विशेषज्ञ सेवाको आवश्यकता पर्ने उनले बताए ।

त्यसैले छुट्टै र सीमित स्रोत भएको जलन केन्द्र स्थापना गर्नुभन्दा पर्याप्त जनशक्ति र पूर्वाधार भएको सरकारी अस्पतालसँग समन्वय गरी विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

साहले च्यारिटीमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई सरकारले सहयोग गर्दा पनि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताए । सरकारले पैसा उपलब्ध गराएपछि कति बिरामीको उपचार भयो, रकम कहाँ खर्च भयो र त्यसबाट जनताले कति लाभ पाए भन्ने विषयमा नियमित अडिट हुनुपर्ने उनको भनाइ छ ।

नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि सरकार, चिकित्सक, निजी क्षेत्र र नागरिक सबैले आफ्नो भूमिकालाई सेवामुखी बनाउनुपर्ने उनको निष्कर्ष छ । स्वास्थ्य संस्थाको संख्या थप्नु मात्र पर्याप्त नभई भएका अस्पताल, उपकरण र जनशक्तिको प्रभावकारी उपयोग, सेवा विकेन्द्रीकरण, युवा चिकित्सकलाई अवसर, डिजिटल स्वास्थ्य अभिलेख, पारदर्शी लगानी तथा बलियो व्यवस्थापन आवश्यक रहेको उनले बताए ।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा तत्काल सबै समस्या समाधान गर्न नसकिए पनि सही प्राथमिकता निर्धारण गरेर लगानी र जनशक्तिको उचित व्यवस्थापन गर्न सके केही वर्षमै उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ ।

18/08/2026

NAIMA Auto Show vs NADA: Is NAIMA Just a Copy? | Anup Kumar Baral Analysis

Is the NAIMA Auto Show a direct copy of NADA? Anup Kumar Baral breaks down the key similarities, differences, and controversies shaping Nepal's auto exhibition landscape. Read the full analysis to understand how NAIMA impacts auto brands, consumer expectations, and the future of vehicle expos in Nepal.

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुनेकाठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्...
18/08/2026

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।

छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालको तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, सवारीसाधन, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार अटो शोले चाडपर्वको भाइब्स सिर्जना गर्छ । ‘अटो शोको आफ्नै महत्व, इतिहास र गरिमा छ । चाडपर्वको भाइब्स सिर्जना गर्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उनले भने ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् ।

त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका कम्पनी तथा उत्पादनहरू प्रदर्शनमा रहनेछन् ।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीसमेत प्रदर्शन गरिनेछ । ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादित सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्रीलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

यस वर्षको अटो शोको प्रमुख आकर्षणका रूपमा जी १ ह्युमानोइड रोबोट र गो२ क्वाड्रपेड रोबोट रहनेछन् । यस्तै, विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिने तथा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको विकास र कनेक्टिभिटी विषयमा सिम्पोजियम आयोजना गरिनेछ ।

आयोजकका अनुसार प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटोमोबाइल पार्टपूर्जा तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिएको छ । टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ ।

प्रदर्शनीस्थलमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्न सकिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगलागी नियन्त्रण व्यवस्था तथा ह्विलचेयरमैत्री संरचनाको व्यवस्था गरिनेछ ।

नाडाका अनुसार यस वर्षको अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्रदान गर्नुका साथै उद्योगी, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालाबीच व्यावसायिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।

नाडा अटो शो २०२६ का शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेका छन् भने सिक्खर इन्स्योरेन्स कम्पनी लिमिटेड को–स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर, क्याम्पा बेभरेज पार्टनर, जीआई चार्जिङ चार्जिङ पार्टनर, द प्लाजा हस्पिटालिटी पार्टनर र खल्ती बाई आईएमई टिकटिङ पार्टनर रहेका छन् ।

याङ्गो मोबिलिटी पार्टनर, वल्र्डलिंक कनेक्टिभिटी पार्टनर तथा हिकभिजन सीसीटीभी नेपाल सर्भिलेन्स पार्टनरका रूपमा सहभागी छन् । कार्यक्रम व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ ।

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्योकाठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीक...
18/08/2026

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ । बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजनाकाठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुरान...
18/08/2026

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो ।

सामसङले सोमबार नेपालमा नयाँ ग्यालेक्सी जेड सिरिज सार्वजनिक गर्दै पुराना उपकरण व्यवस्थापनलाई पनि आफ्नो ‘ओनरसिप इकोसिस्टम’को हिस्सा बनाएको जनाएको हो । यसअन्तर्गत ग्राहकले पुरानो फोन साटेर नयाँ उपकरण खरिद गर्न सक्नेछन् भने ट्रेड–इनबाट प्राप्त पुराना उपकरणलाई पुनःप्रयोगयोग्य बनाउने प्रक्रिया अघि बढाइनेछ ।

कम्पनीका अनुसार ट्रेड–इनमार्फत प्राप्त उपकरणलाई एप्कुडो तथा स्थानीय साझेदारको सहकार्यमा परीक्षण र मूल्यांकन गरिनेछ । प्रयोग गर्न मिल्ने उपकरणलाई आवश्यकताअनुसार पुनः प्रयोगमा ल्याउने तथा पुनःप्रयोग गर्न नसकिने उपकरणको उचित व्यवस्थापन गर्ने योजना कम्पनीको छ ।

यसबाट स्मार्टफोन तथा विद्युतीय उपकरणबाट उत्पन्न हुने ई–वेस्ट घटाउन सहयोग पुग्ने सामसङको अपेक्षा छ । मोबाइल फोनको प्रयोग अवधि सकिएपछि त्यसलाई सिधै फाल्ने प्रवृत्तिको सट्टा पुनःप्रयोग तथा पुनःचक्रणमार्फत उपकरणको उपयोग अवधि बढाउने कम्पनीको रणनीति देखिएको छ ।

सामसङ नेपालले नयाँ फोल्डेबल फोनको बिक्रीलाई केवल नयाँ उपकरण बजारमा पठाउने विषयका रूपमा मात्र नहेरी ग्राहकको पुरानो उपकरणदेखि नयाँ उपकरण खरिदसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने प्रयास गरेको जनाएको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गर्दै कम्पनीले ट्रेड–इन योजनामार्फत ग्राहकलाई पुरानो फोन साट्दा आर्थिक भारसमेत घटाउने सुविधा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार एक्सचेन्ज बोनसमार्फत ग्राहकले १५ हजार रुपैयाँसम्म अतिरिक्त लाभ लिन सक्नेछन् । सामसङ नेपालका लागि पुराना उपकरणको पुनःप्रयोग वातावरणीय व्यवस्थापनको विषय मात्र नभई नयाँ स्मार्टफोन बिक्रीसँग जोडिएको व्यावसायिक रणनीतिसमेत बनेको छ । यसले ग्राहकलाई नयाँ फोन खरिदका लागि प्रोत्साहित गर्नुका साथै प्रयोगमा नरहेका पुराना उपकरणलाई पुनः बजारमा ल्याउने वा उचित व्यवस्थापन गर्ने उद्देश्य राखेको छ ।

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वरालकाठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...
18/08/2026

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् ।

नाडाले १८ औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए । ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन् । तर नाडा आफ्नै फ्लोमा काम गरिरहेको छ । नाडा अटो शो इज जेनियुन हो, नाइमा अटो शो नाडाको कपी हो,’ उनले ।

नाडा देशभर फैलिएको, सातै प्रदेशमामा शाखा भएको देशभर २८ सय सदस्य भएको संस्था भएकाले कुनै संस्थासँग तुलना गरिरहनु जरुरी नभएको औंल्याए ।

नाडा अन्तर्गत रहेका कम्पनीहरुले नेपालको अर्थतन्त्र र राजश्वमा २२ देखि २५ प्रतिशत योगदान रहेको दाबी गर्दै एकलाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।

‘नाडा अटो शो २)२६’ आगामी भदौ ( देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुँदैछ । अटो शोको तयारीबारे जानकारी दिन आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा वरालले तयारी धमाधम भइरहेको जानकारी दिए ।

नाडाको ५)औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।

यसअघि नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसिएसन (नाइमा) ले दोस्रो संस्करणको ६ दिने ‘नाइमा नेपाल मोविलिटी एक्स्पो–२)२६’ को समापन भएको थियो ।

उच्च अदालतको अल्पकालीन आदेशविपरीत नेपाल टेलिकम वीरगञ्ज भवन भत्काइएकोमा गम्भीर ध्यानाकर्षणउच्च अदालत जनकपुरको अस्थायी इजल...
18/08/2026

उच्च अदालतको अल्पकालीन आदेशविपरीत नेपाल टेलिकम वीरगञ्ज भवन भत्काइएकोमा गम्भीर ध्यानाकर्षण

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काएपछि कम्पनीले गम्भीर असन्तुष्टि र ध्यानाकर्षण व्यक्त गरेको छ। घण्टाघर छेउमा रहेको उक्त भवन अदालतको आदेश र नापी विभागको नक्शांकनविपरीत भत्काइएको हो।

विवाद र अदालतको अल्पकालीन आदेश
वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा दूरसञ्चार भवन प्रभावित हुने भएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले गत साउन २८ गते सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो।

मुद्दा दर्ता: मुद्दा नम्बर ०८३–WO–००८५ अन्तर्गत रिट निवेदन पेस।

अदालतको अन्तरिम आदेश (साउन २९): उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जद्वारा मुख्य सडक विस्तार सम्बन्धी कार्य तत्काल नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी।

लिखित जवाफको म्याद: विपक्षीहरूलाई बाटोको म्यादबाहेक १५ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश जारी।

अदालतको आदेश उल्लंघन र एकपक्षीय क्षति
अदालतको स्पष्ट रोकका बाबजुद सडक डिभिजन कार्यालय हेटौंडाले साउन ३० र ३१ गते दुईवटा स्काभेटर प्रयोग गरी दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको थियो। उक्त भत्काउने कार्य नापी विभागले तय गरेको आधिकारिक नक्शांकन भन्दा फरक तरिकाले एकपक्षीय रूपमा गरिएको टेलिकमले जनाएको छ।

आगामी पेसी र नेपाल टेलिकमको प्रतिबद्धता

भदौ ४ को पेसी: सम्मानित अदालतले २०८३ साल भदौ ४ गते अन्तरिम आदेशका सम्बन्धमा थप छलफलका लागि पेसी तोकेको छ र सोही दिन थप निर्णय हुनेछ।

मापदण्ड पालन र पुनर्निर्माण: नेपाल टेलिकम स्वीकृत मापदण्डभित्रै रहेर भवन संरचना पुनर्निर्माण गर्न पूर्ण प्रतिबद्ध रहेको छ। साथै, आगामी दिनहरूमा सम्बन्धित निकायहरूबाट आवश्यक समन्वय र सहकार्यको अपेक्षा कम्पनीले राखेको छ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tech Bloggers Association of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share