22/09/2026
हार्दिक अनुरोध।।💐🙏🏻
मिति २०८३ साल भाद्र १० गते बिहान भोटेकोशीमा आएको अप्रत्याशित तथा अकल्पनीय बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका बस्तीहरूमा ठूलो जनधनको क्षति भएको दुःखद घटनाप्रति हामी अत्यन्त दुःखी छौँ।
उक्त प्राकृतिक विपत्तिमा परी दिवंगत हुनुभएका तमू समुदायका सम्पूर्ण मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै पितृलोकमा बास होस् भन्ने पवित्र उद्देश्यका साथ परम्परागत म्होँसी त्हेँ पूजाको तयारी पूरा भई आजदेखि पूजा प्रारम्भ हुन गइरहेको जानकारी गराउँदछौ।
यस पवित्र पूजामा सहभागी भई दिवंगत आत्माहरूको चिरशान्तिको कामनाका लागि धूप–बत्ती बालेर प्रार्थना गरिदिनुहुन सम्पूर्ण तमू दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ।
📍 स्थान: तमू ह्युल केन्द्रीय समितिको भवन
🕔 समय: आज साँझ ५:०० बजेबाट
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
ॐ शान्ति। म्होँसी त्हेँ।
ग्यसजे।।🙏
The Council House of Tamu Student Nepal