Nepal Red Cross Society, Kathmandu District Chapter

Nepal Red Cross Society, Kathmandu District Chapter This Page is for sharing the information, notices, activities, etc of NRCS Kathmandu District Chapter

काठमाडौ स्थित सुन्दरीजलको एक घरमा आश्रय लिइरहनु भएका आमाछोल्दिङ्ग्मो-१, रसुवाका बाढी प्रभावित महिलाका लागि कपडा उपलब्ध ग...
01/10/2026

काठमाडौ स्थित सुन्दरीजलको एक घरमा आश्रय लिइरहनु भएका आमाछोल्दिङ्ग्मो-१, रसुवाका बाढी प्रभावित महिलाका लागि कपडा उपलब्ध गराउदै नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवकहरु ।
कपडा सौजन्य: नेपाल तयारी पोशाक उद्योग संघ

आशिका पौडेल, टिमुरे । वहाँको श्रीमान कन्टेनर चालक हुनुहुन्थ्यो । भाद्र १० गते विहान चीनबाट सामान लोड गरिएको गाडी लिएर आउ...
01/10/2026

आशिका पौडेल, टिमुरे । वहाँको श्रीमान कन्टेनर चालक हुनुहुन्थ्यो । भाद्र १० गते विहान चीनबाट सामान लोड गरिएको गाडी लिएर आउन लागेको खबर गर्नु भयो । फोन गरेको केही समय पश्च्यात नै वहाँ बेपत्ता हुनुहुन्छ । टिमुरेबाट ९ महिनाको छोरी सहित जीवन जोगाउन सफल आशिका हाल काठमाडौक मनमैजुमा आश्रय लिइराख्नु भएको छ । भोटेकोसी बाढीमा बेपत्तालाई राज्यले हालसम्म मृतक घोषणा गरि नसकेकोले हालसम्म वहाँले राहत समेत प्राप्त गर्न सक्नु भएको छैन । नेरेसो काठमाडौ जिल्ला शाखाले वहाँलाई आज भेटेर दुखमा सान्त्वना दिदै खाद्य सामग्री सहितको राहत उपलब्ध गराएको छ ।

इन्द्रजात्राको दोस्रो दिन जात्रामा सहभागी घाइतेहरुलाइ प्राथमिक उपचार गर्दै नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवकहरु । #...
26/09/2026

इन्द्रजात्राको दोस्रो दिन जात्रामा सहभागी घाइतेहरुलाइ प्राथमिक उपचार गर्दै नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवकहरु ।
#२०८३/६/१० #

अविरल वर्षाको बाबजुद पनि काठमाडौको प्रख्यात पर्व इन्द्रजात्रामा प्राथमिक उपचार सेवाका लागि र टोखा नगरपालिका वडा न १ गौरी...
25/09/2026

अविरल वर्षाको बाबजुद पनि काठमाडौको प्रख्यात पर्व इन्द्रजात्रामा प्राथमिक उपचार सेवाका लागि र टोखा नगरपालिका वडा न १ गौरी पन्तको घरको आँगन पुटेर पहिरो गएर घरलाई नै असर गर्ने देखिएकोले थप क्षती हुनबाट जोगाउदै नेरेसो काठमाडौ जिल्ला शाखाका स्वयंसेवक ।

हिजो असोज ८ देखिको अविरल वर्षाका कारण बुनपा १३ जगडोलमा पहिरोले घर जोखिममा परेपछि त्रीपालले पहिरो रोकथाम र मनोहरा र भक्तप...
25/09/2026

हिजो असोज ८ देखिको अविरल वर्षाका कारण बुनपा १३ जगडोलमा पहिरोले घर जोखिममा परेपछि त्रीपालले पहिरो रोकथाम र मनोहरा र भक्तपुरको बोडे जोड्ने पूल प्रवेश भागलाई बाढीले कटान गरेपछि पूल प्रयोगमा सावधानीका लागि आग्रह गर्दै नेरेसो का स्वयंसेवकहरु ।

25/09/2026
भोटेकोसी बाढिका कारण सघन घाइते हुनु भइ उपचारत इलामका बेनुप राज थेगिमका लागि नेरेसो काठमाडौ जिल्ला शाखाले ३ महिनासम्मका ल...
17/09/2026

भोटेकोसी बाढिका कारण सघन घाइते हुनु भइ उपचारत इलामका बेनुप राज थेगिमका लागि नेरेसो काठमाडौ जिल्ला शाखाले ३ महिनासम्मका लागि दैनिक खाद्य सामग्री उपलब्ध गराएको छ । अस्पतालका अनुसार वहाँलाई सामान्य स्वास्थ्यमा फर्कन ३ महिना लाग्ने र त्यस अवधिसम्म श्रम गर्ने नसक्ने भएकोले उक्त खाद्य सामाग्री उपलब्ध गराइएको हो । नेरेसो काठमाडौ जिल्ला शाखाको आग्रहलाई स्वीकार गर्दै सामाग्री उपलब्ध गराउनु भएकोमा कृष्ण थापा (ओखलढुंगा), चिराग गोयल र असीमजीलाइ हार्दिक धन्यवाद ।

वहाँ हुनुहुन्छ इलामका वेनुप राज थेगिम । २०८३ भाद्र १० गते भोटेकोसीमा आएको विनासकारी बाढीले वहाँ कार्यरत चाइना पावर २१६ क...
13/09/2026

वहाँ हुनुहुन्छ इलामका वेनुप राज थेगिम । २०८३ भाद्र १० गते भोटेकोसीमा आएको विनासकारी बाढीले वहाँ कार्यरत चाइना पावर २१६ को सुरुङ्गलाई पनि बाकी राखेन । सुरुङ्ग भित्रको अध्यारो र लेदो सहितको बाढी मा लड्दै शरीरभरी चोटपटक लिएर वीर अस्पतालसम्म पुग्नु भयो । उपचार पश्चात् अहिले डेरामा आराम गरिराख्नु भएको छ । अस्पतालले पूर्ण नीको हुन तीन महिना लाग्ने बताएको रहेछ । आज भाद्र २८ नेरेसो काठमाडौ जिल्ला शाखा वहाँको आवासमा खाद्य सामग्री सहित पुगेर स्वास्थ्य लाभको कामना गरेको छ ।

Address

Baghbazar
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715329410

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society, Kathmandu District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Red Cross Society, Kathmandu District Chapter:

Shortcuts

Share