19/09/2026
एउटा कुटी किन नबनाउने ?
जीवनभर घर बनायौँ। ठूलो घर बनाउने सपना देख्यौँ।सहरमा ठाउँ खोज्यौँ, सुविधा खोज्यौँ, सामान थप्दै गयौँ।
तर कहिल्यै आफैँलाई सोध्यौँ—
बुढेसकालमा मलाई साँच्चै चाहिने घर कस्तो हो ?
जहाँ बिहान उठ्दा गाडीको हर्न होइन, चराको आवाज सुनियोस्। जहाँ झ्याल खोलेपछि अर्को घरको भित्ता होइन, हरियो डाँडा देखियोस्। जहाँ बिहान पूजा, ध्यान र योग गर्न छुट्टै ठाउँ खोजिरहन नपरोस्। जहाँ आफूले खाने अन्न आफैँ उमार्न सकियोस्। जहाँ साँझ मोबाइल र टेलिभिजन होइन, आफ्नै मनसँग बस्न पाइयोस्।
त्यही सोचबाट हामी सनातन बस्ती बनाउँदैछौँ।
यो केवल कुटीहरूको बस्ती होइन।
प्रकृतिसँग मिलेर बाँच्ने एउटा जीवनपद्धतिको अभ्यास हो।
यहाँ तपाईंको आफ्नै एउटा सानो कुटी हुनेछ।
नाम सहितको आफ्नो ठाउँ।
बिहान कुटीबाट निस्केर ध्यान।योग।पूजा।गुरुकुल।यज्ञशाला।गौशाला।प्राकृतिक खेती।सात्त्विक भोजन।संगत।सेवा।
आफ्नो काम गर्ने, आफ्नो कुटीमा फर्किने।आवश्यक पर्दा एकअर्काको दुःखमा उभिने।
ठूलो महल होइन।सानो कुटी, ठूलो जीवन।
आज हामी घर बनाउन करोडौँ खर्च गर्छौँ।तर त्यो घरले हामीलाई प्रकृतिबाट झन् टाढा लैजाँदैछ कि नजिक ल्याउँदैछ भन्ने प्रश्न कमै गर्छौँ।
सनातन बस्तीको कुटी त्यसको अर्को खोज हो—
जीवनको अन्तिम समयमा अस्पताल र अपार्टमेन्टको बीचमा होइन, प्रकृति, साधना र संगतको बीचमा बाँच्न सकिन्छ कि सकिँदैन ?
तपाईंलाई पनि कहिलेकाहीँ लाग्दैन ?
“काश! मेरो आफ्नै एउटा सानो कुटी हुन्थ्यो,
जहाँ जीवन अलि शान्तसँग बाँच्न पाउँथेँ।”
सायद त्यो “काश” लाई अब वास्तविकतामा बदल्ने समय आएको छ।
सनातन बस्तीमा एउटा कुटी तपाईंको लागि पनि हुन सक्छ।
त्यसैले हाम्रो सन्देश अब प्रस्ट छ ..!
प्राकृतिक जीवन संसारको खोज,
समाजमा आवश्यक सनातन सोच।
#संगतसंस्कृतिकोसोच #हाम्रोसंगतकोजयहोस् #जयसंगत