31/07/2026
आर्थिक वर्ष २०८२/०८३ को मेड्पा कार्यक्रमको प्रगति प्रतिवेदन निर्धारित गुगल फर्म लिङ्क(Google Form Link) मा समयमै प्रविष्ट गरी सहयोग पुर्याउनुहुने सम्पूर्ण उद्यम विकास सहजकर्ताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।तपाईँहरूको निरन्तरको मिहिनेत र सक्रियताका कारण हालसम्म ७४३ वटा स्थानीय तहहरूबाट प्रगति प्रतिवेदन सफलतापूर्वक प्राप्त भइसकेको छ।
अब मात्र १० वटा स्थानीय तहहरूबाट प्रतिवेदन आउन बाँकी रहेको छ।उक्त बाँकी रहेका स्थानीय तहहरूको प्रतिवेदन पनि अविलम्ब प्रविष्ट गराउनका लागि सम्बन्धित प्रदेश समिति, मातहतका जिल्ला अध्यक्षज्यूहरू तथा स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ताहरूले विशेष पहल र समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
देशैभरिको प्रतिवेदन शतप्रतिशत (१००%) पुर्याउने यस अभियानमा बाँकी रहेका स्थानीय तहका सहजकर्ताहरुले पनि आजै/शीघ्र प्रतिवेदन प्रविष्ट गरी सहयोग गरिदिनुहुन पुनः हार्दिक अपिल गर्दछु।
अवस्था:-
📊 कुल स्थानीय तह: ७५३
✅ हालसम्म प्रविष्ट: ७४३
⏳ अब बाँकी: १० मात्र!
पूर्ण बहादुर पुन
महासचिव
मिति २०८३/०४/१५