Ekal Nepal

Ekal Nepal Jankalyan Pratishthan, Nepal is a non-profit service organization dedicated to bringing education (as Ekal Vidyalay)and village development in rural Nepal.

Ekal Vidyalayas (ONE TEACHER ONE SCHOOL) runs under Jankalyan Pratishthan, Nepal. Ekal's philosophy is to take a holistic approach to social and economic development. The Ekal movement is the largest, grassroots, non-government education movement in Nepal, operating in remote and tribal villages of Nepal.Jankalyan Pratishthan were established in 1996 in Nepal. Ekal Vidyalays function at villages either under tree shades or in open spaces or in man-made structures. Presently, 1658 Ekal Vidyalayas are running in 39 Districts of rural Nepal

In the UK the Ekal project in Nepal is undertaken by Saraswati Vidyalaya (SV). SV is the service project of Three R’s Educational Trust with its head office in Nottingham. The address is: Saraswati Vidyalaya, Environment House, 6 Union Road, Nottingham, NG3 1FH, Reg Charity No: 1103125.

11/09/2026

🙏 **कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना** 🙏

जन्मदेखि जीवनको हरेक यात्रामा आफ्नो माया, त्याग, संघर्ष र मार्गदर्शनले सन्तानको भविष्य उज्ज्वल बनाउने सम्पूर्ण **बुबाहरूप्रति हार्दिक नमन तथा कृतज्ञता।** ❤️

बुबाको माया, संरक्षण र संस्कार हाम्रो जीवनका अमूल्य आधार हुन्। उहाँहरूको प्रेरणा र आशीर्वादले हामीलाई असल संस्कार, जिम्मेवारी र सेवाको बाटोमा अघि बढ्न प्रेरित गर्दछ।

यस पावन अवसरमा सम्पूर्ण बुबाहरूमा **सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना।**

🌿 **कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!**

एकल विद्यालय अभियान नेपाल
*शिक्षा • संस्कार • सेवा*

 # # 🪷 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏**जब सबै बाटो बन्द हुन्छन्, तब ईश्वरमाथिको विश्वास नै हाम्रो शक्ति बन्छ।...
04/09/2026

# # 🪷 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏

**जब सबै बाटो बन्द हुन्छन्, तब ईश्वरमाथिको विश्वास नै हाम्रो शक्ति बन्छ।**

रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साह जीवितै उद्धार हुनुभयो। सुरुङभित्रको अन्धकार र कठिन परिस्थितिमा उहाँहरूले हरे कृष्ण महामन्त्रको जप गर्दै आशा र आत्मबल कायम राख्नुभएको बताउनुभएको छ।

अझ अद्भुत संयोग—**श्रीकृष्ण जन्माष्टमीकै दिन उहाँ जीवितै सुरुङबाट बाहिर निस्कनुभयो।** 🙏

**हरे कृष्ण, हरे कृष्ण,
कृष्ण कृष्ण, हरे हरे।
हरे राम, हरे राम,
राम राम, हरे हरे॥**

यही आस्था, संस्कार र आत्मबल बालबालिकाको जीवनमा विकास गराउने उद्देश्यले **एकल विद्यालय अभियान नेपाल** का विद्यालयहरूमा गायत्री मन्त्र, सरस्वती वन्दना, ॐकार, शान्ति मन्त्र, गुरु वन्दना तथा सरल नाम-मन्त्र एवं भजनहरू लाई शिक्षाको अभिन्न संस्कारका रूपमा समेटिएको छ।

कठिन समयमा मन्त्रले मनलाई स्थिर बनाउँछ, संस्कारले सही बाटो देखाउँछ र विश्वासले आशा जगाउँछ।

श्रीकृष्णले हामी सबैलाई सत्य, धर्म, साहस, सेवा र मानवताको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरून्। 🪷

# # # 🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

**राधे राधे । जय श्रीकृष्ण ।** 🙏

**एकल विद्यालय अभियान नेपाल**
*संस्कारयुक्त शिक्षा • उज्ज्वल भविष्य • सुसंस्कृत समाज*

#श्रीकृष्णजन्माष्टमी #जन्माष्टमी #जयश्रीकृष्ण #हरेकृष्ण #एकलविद्यालयअभियाननेपाल #संस्कारयुक्तशिक्षा #गायत्रीमन्त्र #सेवा #आस्था #संस्कार

🙏 **सेवा निरन्तर जारी छ…**नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित परिवारहरूको साथमा **हिन्दू स्वयंसेवक संघ नेपाल विच...
01/09/2026

🙏 **सेवा निरन्तर जारी छ…**

नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित परिवारहरूको साथमा **हिन्दू स्वयंसेवक संघ नेपाल विचार परिवारका संगठनहरू**का कार्यकर्ता एवं स्वयंसेवकहरू निरन्तर सेवामा जुटिरहेका छन्।

विश्व हिन्दु परिषद् नेपाल, जनजाति कल्याण आश्रम नेपाल, सेवा इन्टरनेसनल नेपाल, एकल अभियान नेपाल, राष्ट्र सेविका नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल** लगायतका संगठनका स्वयंसेवकहरूद्वारा प्रभावित ग्रामीण बस्तीहरूमा राहत तथा सहयोग पुर्‍याउने कार्य निरन्तर भइरहेको छ।

आज प्रभावित परिवारका **बालबालिका, महिला तथा पुरुषहरूका लागि आवश्यक कपडाहरू** समेत पठाइएको छ। 👕🧥

विपद्को घडीमा पीडित स्वजनहरूको साथमा उभिनु नै हाम्रो संकल्प हो। ❤️

**सेवा नै हाम्रो धर्म — सहयोग नै हाम्रो संकल्प।** 🙏🇳🇵

#सेवा #राहत #बाढीपहिरो #नुवाकोट #रसुवा #धादिङ #एकलअभियाननेपाल #सेवाकार्य #विचारपरिवार

🇳🇵 **रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितहरूको सेवामा विचार परिवारका स्वयंसेवकहरू** 🙏**बुधबारदेखि आज आइतबारसम्म — निरन्तर से...
30/08/2026

🇳🇵 **रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितहरूको सेवामा विचार परिवारका स्वयंसेवकहरू** 🙏

**बुधबारदेखि आज आइतबारसम्म — निरन्तर सेवा, सहयोग र समर्पण**

रसुवा र नुवाकोटमा आएको बाढीपहिरो तथा प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा **हिन्दू स्वयंसेवक संघ नेपाल तथा विचार परिवारका संगठनहरू — Vishwa Hindu Parishad, Nepal, Sewa International Nepal, Janajati Kalyan Ashram Nepal र Ekal Abhiyan Nepal** का स्वयंसेवक एवं स्वयंसेविकाहरू पहिलो दिनदेखि नै निरन्तर सेवामा जुटिरहेका छन्।

🗓️ **बुधबारदेखि सुरु भएको सेवा अभियान** अन्तर्गत स्वयंसेवकहरू प्रभावित क्षेत्रतर्फ प्रस्थान गरी उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका छन्।

🤝 **उद्धार तथा प्रत्यक्ष सहयोग**
बाढीपहिरोबाट प्रभावित परिवारहरूको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोग पुर्‍याउने, प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने तथा स्थानीय समुदायसँग समन्वय गर्दै सेवा कार्यलाई निरन्तरता दिइएको छ।

📦 **राहत सामग्रीको तयारी तथा प्याकिङ**
प्रभावित परिवारहरूका लागि आवश्यक राहत सामग्रीको व्यवस्थापन तथा प्याकिङ कार्य तीव्र रूपमा अघि बढाइएको छ। **चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यान्नहरू**लाई प्राथमिकतामा राखी राहत प्याकेज तयार गरिएको छ।

🚚 **राहत सामग्री प्रभावित क्षेत्रतर्फ**
पहिलो खेपको राहत सामग्री लिएर स्वयंसेवकहरू रसुवा–नुवाकोटतर्फ प्रस्थान गरी प्रभावित परिवारहरूसम्म राहत सामग्री पुर्‍याउने कार्यमा जुटेका छन्।

❤️ **सेवा नै हाम्रो संकल्प**
विपद्को समयमा केवल सहानुभूति व्यक्त गर्नु मात्र होइन, पीडितहरूको बीचमा पुगेर **आफ्नै हातले सेवा र सहयोग गर्नु** हाम्रो कर्तव्य हो भन्ने भावनाका साथ स्वयंसेवकहरू दिनरात सेवामा खटिरहेका छन्।

बुधबारदेखि आज आइतबारसम्म निरन्तर रूपमा चलिरहेको यस सेवा अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक, स्वयंसेविका, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

**विपद्को घडीमा पीडितको साथमा — सेवा, सहयोग र समर्पण।**

🇳🇵 **हिन्दू स्वयंसेवक संघ नेपाल**
**विचार परिवार**
**Vishwa Hindu Parishad, Nepal | Sewa International Nepal | Janajati Kalyan Ashram Nepal | Ekal Abhiyan Nepal**

#रसुवा #नुवाकोट #बाढीपहिरो #राहतवितरण #उद्धार #सेवा #स्वयंसेवक #विचारपरिवार

 #दोस्रो_चरणको अनुगमन सम्पन्नसमाज कल्याण परिषद्‌द्वारा गठित अनुगमन टोलीमार्फत एकल विद्यालय अभियान नेपालको दोस्रो चरणको अ...
23/08/2026

#दोस्रो_चरणको अनुगमन सम्पन्न
समाज कल्याण परिषद्‌द्वारा गठित अनुगमन टोलीमार्फत एकल विद्यालय अभियान नेपालको दोस्रो चरणको अनुगमन सम्पन्न भएको छ।

अनुगमन टोलीका प्रमुख श्री बम बानियाँ ज्यू एवं समाज कल्याण परिषद्का प्रतिनिधि श्री ऋषि राम चौधरी ज्यू को नेतृत्वमा तनहुँ र धादिङ जिल्लामा सञ्चालित एकल विद्यालयहरूको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा एकल विद्यालयहरूको सञ्चालन अवस्था, शैक्षिक गतिविधि, विद्यार्थीको सहभागिता तथा स्थानीयस्तरमा अभियानको प्रभावकारिताबारे जानकारी लिइएको थियो।

एकल विद्यालय अभियानलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउँदै समाजका दूरदराजका बालबालिकासम्म शिक्षा र संस्कारको पहुँच विस्तार गर्ने उद्देश्यमा हामी निरन्तर अघि बढिरहेका छौँ।

- एकल विद्यालय अभियान नेपाल

#एकलविद्यालयअभियाननेपाल #अनुगमन #समाजकल्याणपरिषद् #तनहुँ #धादिङ #शिक्षा #संस्कार #संस्कृति

**🙏 गुरु पूर्णिमाको पावन अवसरमा गुरु वन्दना तथा सम्मान कार्यक्रम सम्पन्न 🙏**गुरु पूर्णिमाको पावन अवसरमा **जनकल्याण प्रति...
30/07/2026

**🙏 गुरु पूर्णिमाको पावन अवसरमा गुरु वन्दना तथा सम्मान कार्यक्रम सम्पन्न 🙏**

गुरु पूर्णिमाको पावन अवसरमा **जनकल्याण प्रतिष्ठान नेपाल, एकल विद्यालय अभियान** अन्तर्गत **सल्यान जिल्लाको छत्रेश्वरी सञ्च** तथा **त्रिवेणी सञ्च** मा श्रद्धा, भक्ति र उत्साहका साथ **गुरु पूर्णिमा विशेष कार्यक्रम** सम्पन्न भएको छ।

कार्यक्रममा आचार्य, विद्यार्थी, अभिभावक तथा स्थानीय कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफ्ना गुरुजनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै गुरु वन्दना, टीका, पुष्प अर्पण तथा विविध संस्कारमूलक कार्यक्रम सञ्चालन गरेका थिए।

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र नभई जीवनलाई सही मार्गतर्फ डोर्‍याउने प्रेरणाका स्रोत हुन्। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा गुरुप्रतिको श्रद्धा, सम्मान र हाम्रो समृद्ध संस्कृतिप्रतिको आस्था अझ प्रगाढ बनाउने विश्वास लिएका छौं।

गुरु पूर्णिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण आचार्य, अभिभावक, स्थानीयवासी तथा अभियानका सम्पूर्ण कार्यकर्ताप्रति हार्दिक धन्यवाद।

**🚩 जय सिया राम! 🚩**

#जनकल्याणप्रतिष्ठाननेपाल #एकलविद्यालयअभियान #गुरुपूर्णिमा #गुरुवन्दना #सल्यान #छत्रेश्वरीसञ्च #त्रिवेणीसञ्च #बालसंस्कारकेन्द्र #जयसियाराम

🌿 हरिशयनी एकादशीको पावन अवसरमा तुलसीरोपण कार्यक्रम सम्पन्न 🌿हरिशयनी एकादशीको पावन अवसरमा **जनकल्याण प्रतिष्ठान नेपाल, एक...
27/07/2026

🌿 हरिशयनी एकादशीको पावन अवसरमा तुलसीरोपण कार्यक्रम सम्पन्न 🌿

हरिशयनी एकादशीको पावन अवसरमा **जनकल्याण प्रतिष्ठान नेपाल, एकल विद्यालय अभियान** अन्तर्गत **सल्यान जिल्लाको त्रिवेणी सञ्च** तथा **तुलसीपुर सञ्च** मा श्रद्धा, भक्ति र उत्साहका साथ **तुलसीरोपण कार्यक्रम** सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा आचार्य, विद्यार्थी, अभिभावक, स्थानीय को उत्साहजनक सहभागिता रहेको थियो। धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने तुलसीको रोपण गर्दै वातावरण संरक्षण, आध्यात्मिक चेतना र संस्कारयुक्त समाज निर्माणको सन्देश प्रवाह गरिएको थियो।

यस प्रकारका संस्कारमूलक कार्यक्रमहरूले नयाँ पुस्तामा धर्म, संस्कृति, प्रकृति संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रतिको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

**🚩 जय सिया राम! 🚩**

#जनकल्याणप्रतिष्ठाननेपाल #एकलविद्यालयअभियान #हरिशयनीएकादशी #तुलसीरोपण #सल्यान #त्रिवेणीसञ्च #तुलसीपुरसञ्च #संस्कार #वातावरणसंरक्षण #जयसियाराम

मिति २०८३/०३/२१ गते जनकल्याण प्रतिष्ठान नेपाल, एकल विद्यालय अभियानअन्तर्गत बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपाल...
09/07/2026

मिति २०८३/०३/२१ गते जनकल्याण प्रतिष्ठान नेपाल, एकल विद्यालय अभियानअन्तर्गत बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका–दिव्यनगरस्थित हेमान सिंह एकल विद्यालय (बाल संस्कार केन्द्र) को डोनर आदरणीय श्री अशोक पोद्दारज्यू तथा उहाँको सम्पूर्ण परिवारद्वारा विद्यालय अवलोकन गर्नुभएको प्रेरणादायी झलक। उक्त हेमान सिंह एकल विद्यालय आदरणीय श्री अशोक पौडारज्यूले आफ्नी नातिनी कु. आँशी गुप्ता बजोरियाको नाममा सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गर्नुभएको विद्यालय हो। 🙏

अवलोकनका क्रममा उहाँहरूले विद्यालयमा सञ्चालित शैक्षिक तथा संस्कारमूलक गतिविधिहरूको निरीक्षण गर्नुका साथै विद्यार्थीहरूसँग आत्मीय भेटघाट गर्नुभयो। यस अवसरमा उहाँले विद्यालयका विद्यार्थीहरूका लागि खाजा, कापी, कलम, कलर बक्स लगायत विभिन्न शैक्षिक सामग्री प्रदान गरी बालबालिकाहरूलाई उत्साहित बनाउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।

यस्ता सहयोगी दाताहरूको साथ, सहयोग र सद्भावले ग्रामीण क्षेत्रमा शिक्षा, संस्कार र उज्ज्वल भविष्य निर्माण गर्ने एकल विद्यालय अभियानलाई अझ सशक्त बनाउँदै लैजाने विश्वास लिएका छौं।

आदरणीय श्री अशोक पोद्दारज्यू तथा उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता।

🚩 जय सिया राम! 🚩
#जयसियाराम

 #समाज कल्याण परिषद् अनुगमन टोलीद्वारा एकल विद्यालय (बाल संस्कार केन्द्र) अनुगमनआज मिति २०८३ असार २४ गते, समाज कल्याण पर...
08/07/2026

#समाज कल्याण परिषद् अनुगमन टोलीद्वारा एकल विद्यालय (बाल संस्कार केन्द्र) अनुगमन

आज मिति २०८३ असार २४ गते, समाज कल्याण परिषद्को परियोजना अनुगमन टोलीका प्रमुख तथा बालबालिकाविद् श्री बम बानियाँ ज्यूबाट काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा सञ्चालित एकल विद्यालय (बाल संस्कार केन्द्र) को स्थलगत अनुगमन सम्पन्न भएको छ।

अनुगमनका क्रममा केन्द्रमा सञ्चालित शैक्षिक, संस्कारमूलक तथा बाल विकाससम्बन्धी गतिविधिहरूको अवलोकन गर्नुका साथै स्थानीय समुदाय, आचार्य तथा सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो। टोलीले एकल विद्यालय अभियानमार्फत ग्रामीण क्षेत्रमा बालबालिकाको शिक्षा, संस्कार तथा व्यक्तित्व विकासमा भइरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो।

एकल विद्यालय फाउण्डेशन अफ नेपाल समाजको सबैभन्दा पछाडि परेका बालबालिकासम्म गुणस्तरीय शिक्षा, संस्कार र समग्र विकासका अवसर पुर्‍याउने आफ्नो अभियानप्रति निरन्तर प्रतिबद्ध रहेको छ।

Address

Kalika Sthan
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Ekal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ekal Nepal:

Shortcuts

Share