बैकल्पिक मेनपावर सप्लायर्स
तपाई कै रोजाइको रोजगारको लागि बैकल्पिक समूह
बैकल्पिक मेनपावर सप्लायर्सलाई अंग्रेजीमा “Baikalpik manpower suppliers” भनिन्छ | यस कम्पनीले गर्ने क्रियाकलाप ब्यबसायमूलक हुने छ |
नेपाल सरकारको सम्बन्धित निकाय द्धवारा स्विकृति लिनु पर्नेमा स्विकृति लिई कम्पनीमा नियुक्त व्यक्तिहरु मार्फत प्रचलित नेपालको कानुनमा रही उधोग प्रतिष्ठान, कलकारखाना, होटल,ब्यापारिक फर्महरु,बितिय संस्थ
ानहरु,हस्पिटल,चलचित्र भवन, गैरसरकारी संस्था,कम्पनि,बिदेशी कुटनैतिक नियोगहरु लगायत विभिन्न ठाउँहरुमा आबस्यक पर्ने सम्पूर्ण किसिमका कर्मचारी सहित सेवा प्रदान गर्ने तथा कर्मचारी उपलब्ध गराइ रोजगार प्रदान गर्ने |
विभिन्न क्षेत्रबाट माग भइ आएको ठाउँमा उनीहरुको सिप,क्षमता र दक्षतालाई मध्य नजर गर्दै रोजगार प्रदान गर्ने कम्पनि र रोजगारको लागि इच्छुक जनशक्तिको मध्यस्त कर्ताको रुपमा काम गरि समाजमा रहेको बेरोजगारी समस्यालाई घटाउनुका साथै नेपाल र नेपाली समाजको विकास एबं हितका लागि देशमा खेर गई रहेका सिक्षित,अशिक्षित जनशक्ति लगायत अन्य हाम्रा समाजमा छरिएर रहेका जनशक्तिलाई उनीहरुको आबस्यकता, योग्यता, क्षमता, एबं कार्यकौशलता समेतलाई अध्ययन,अनुसन्धान गर्दै देशको बेरोजगारी समस्या बाट आक्रान्त भइ बसेका वास्तविक जनशक्तिहरुको हितका लागि सम्बन्धित बिषयगत क्षेत्रमा रोजगारी दिलाउनको निमित्त यो कम्पनीले सहयोग गर्ने छ |
----------------------------------
बैकल्पिक सेवा केन्द्र (NGO)
सरकारी निकायले मात्र नेपाल र नेपाली समाजको बिकाश एवं हितका लागि देशमा खेर गई रहेका शिक्षित, अशिक्षित जनशक्ति लगायत समाजमा छरिएर रहेका गरिब, दु:खी ,अशक्त, असहाय, हिंसा पिडित, द्दन्द्द पिडित, अनाथ बालबालिका, बृद्धबृद्दा जस्ता व्यक्ति र समुदायहरु प्रति लक्षित गर्दै उनीहरुका वास्तविक समस्या र आबस्यकता अनुसन्धान गरि उनीहरुको आबस्यकता र अभिरुची अनुरुप आफ्नै सहयोगमा र सम्बन्धित संस्था संग पहल गरि सेवा र टेवा दिने पबित्र उदेश्य र लक्ष्य राख्दै एक गैरराजनितिक, गैरनाफामुलक, जनहितकारी सामाजिक सेवा र टेवा गर्ने स्वच्छ र पवित्र उद्देश्य बोक्दै संस्था दर्ता येन,२०३४ को अधिनमा रही यस “बैकल्पिक सेवा केन्द्र,” (बालाजु १६, काठमाण्डौ) नामक संस्था स्थापना गरियको छ | जसलाई अंग्रेजीमा “Alternative Service Center ” भनिने छ |
हाल सम्म गरेको कार्यहरुको विवरण
१. गत शिवरात्रिको दिनमा पशुपति क्षेत्र विकास कोष संग अनुमति लिएर क्षेत्र विकास कोषको प्रांगणभित्र नि:शुल्क पानी वितरण कार्य गरियो |
२. फ्रेश ब्लड (आलो रगत) को आबस्यक परेका बिरामीका लागि बिरामी भर्ना गरियको अस्पतालमा नै गएर फ्रेश ब्लड उपलब्ध गराउदै आएको |
३. रक्तदान कार्यक्रम हुने भनीएको ठाउँबाट यस संस्थालाई जानकारी गराई स्वयंसेवक माग भएको ठाउमा स्वयंसेवक पठाउदै आएको |
४. नक्साल बालमन्दिर लगायत अन्य विभिन्न ठाउँहरुको अनाथ तथा अशक्त बालबालिकाहरुलाई खाना खुवाइयको |
५. माग भइ आएको विभिन्न ठाउहरुमा माग अनुसारको दक्ष, अनुभबी र नैतिकवान जनशक्तिहरुलाई रोजगारीको व्यवस्था मिलाउदै आएको |
६. यस संस्थामा आबद्ध सम्पूर्ण सदस्य तथा स्वयंसेवीहरुलाई विभिन्न अस्पतालमा विभिन्न रोगहरुमा सहुलियतको व्यवस्था मिलाउदै आएको (सहुलियत कार्डको व्यबस्था) |
७. विभिन्न तालिम केन्द्रहरुसंग सम्झौता गरि कुनैमा नि:शुल्क र कुनैमा बिशेस सहुलियतका साथ इच्छुक युबयुबतीहरुलाई तालिमको व्यबस्था गराउदै आएको |
८. सुचनाको हक सम्बन्धि दुई घन्टे कार्यक्रम संचालन गरियको |
----------------------------------
बैकल्पिक तालिम केन्द्र
बैकल्पिक तालिम केन्द्रलाई अंग्रेजीमा “Baikalpik Training Center” भनिन्छ |
कुनै पनि कीसिमका सिप, क्षमता र दक्षता नभएका जनशक्तिलाई उपयुक्त किसिमको तालिम दिई दक्ष बनाई सबल र सक्षम बनाउने खालका तालिम प्रदान गरिन्छ |
होटल सम्बन्धि सम्पूर्ण तालिमहरु, सेक्युरिटी गार्ड, प्लम्बर, ड्राइभर, इलेक्ट्रिसियन, माली, बगैचे, स्वीपर, कृषि सम्बन्धि सम्पुर्ण कार्यक्रमहरु, पशुपालन लगायत अन्य विभिन्न आय आर्जनका आबस्यक सम्पूर्ण तालिमहरु, बिभिन्न सेवा सम्बन्धि आबस्यक रोजगारमूलक शिक्षा, ब्यबसायिक तथा प्राबिधिक तालिम दक्ष र अदक्ष दूबैका लागि प्रदान गरिन्छ |
--------------------------------
बैकल्पिक ट्यूसन सेन्टर
बैकल्पिक ट्यूसन सेन्टरलाई अंग्रेजीमा “Baikalpik Tuition Center” भनिन्छ | यहाँ सम्पूर्ण लेभलका ट्यूसन,होम ट्यूसन, कम्प्युटर कोर्ष संचालन गरिनुका साथै सम्पुर्ण लेभलका सम्पूर्ण भाषाहरु पढाउने शिक्षक/शिक्षिकाहरु यहाँ पाइन्छ |
स्कुल/कलेजमा पढाउनको लागि शिक्षक/शिक्षिकाहरु चाहियमा हामीलाई सम्झनुहोस् |
-------------------------------------
बैकल्पिक म्यानेजमेन्ट कम्पनि
बैकल्पिक म्यानेजमेन्ट कम्पनिलाई अंग्रेजीमा “Baikalpik Management Company” भनिन्छ |
विभिन्न ठाउमा छरिएर रहेका पार्टी प्यालेसहरु,होटल,रेस्टुरेन्ट तथा रिसोर्टहरु सम्बन्धि सम्पूर्ण ब्यबस्थापन गरिनुका साथै बुकिंग कार्य गरिन्छ |
उक्त अबस्थामा आबस्यक सामग्री किनबेच तथा भाडामा लेनदेन गरिन्छ |
यस अलवा अन्य क्षेत्रमा पनि बूकिंग र ब्यबस्थापन कार्य गरिन्छ |
-------------------------------
बैकल्पिक बट्टाई फार्म
यहाँ बट्टाईको मासु, अन्डा लगायत जिउदो बट्टाई पाइनुका साथै टर्की, लौकाट, ब्यान्टम, कोचिंग, सिल्की ,पलिस, फाइटर, परेवा जस्ता चराचुरुंगीहरु पाउनका साथै विभिन्न प्रजातिको खरायो, कूकुर र सेतो मुसा पनि पाइन्छ |