15/07/2026
मूलको संकटमा खानेपानी आयोजना!
नेपालमा खानेपानी आयोजनाहरूले लाखौँ घरमा धारा पुर्याएका छन्, तर धेरैजसो आयोजना केही वर्षमै संकटमा परेका छन्। मूलहरू सुक्दै गएका छन्।
यस संस्थाका ङमिन्द्र दाहालको विचारमा योजनाहरु बढी संरचना मुखी हुँदा मुहान (इन्टेक), पाइप र ट्यांकी बने, तर पानीका मूल दीगो बनाउन आवश्यक अध्ययन र पूर्वाधारमा ध्यान पुगेन। लगानी नहुँदा एकातिर जलवायु परिवर्तनले वर्षामा हेरफेर भएर अर्को तर्फ पानी उत्पादन गर्ने मूल प्रणाली (वर्खे पानी सोस्ने वा अल्मल्याउने वन, माटो, पानीभरण क्षेत्र, सिमसार) बिथोलिएर मूलहरु निरन्तर घट्ने र सुक्ने समस्या बढ्दो छ। लेखमा, आयोजना अवधारणाको दायरालाई अझ वृहद बनाएर पानीभरण क्षेत्रको दीगो संरक्षणलाई अभिन्न अंग बनाउन सुझाव दिईएको छ। साथै, पानीभरण क्षेत्रको नक्सांकन र संरक्षणका लागि योजनामा कुल लागतको कम्तीमा ५% बजेट र वार्षिक सञ्चालन तथा मर्मत बजेटको २–५% लगानी गर्ने उचित विकल्प सुझाइएको छ।
पूरा दृष्टिकोण पढ्न यो लिंक हेर्नु होस्:
पछिल्ला तीन दशकमा नेपालले खानेपानी क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। पहाडका हजारौँ बस्तीमा खानेपानी आयोजना नि...