Tamu Hyula Chhoj Dhin Gurung Rastriya Parishad

Tamu Hyula Chhoj Dhin Gurung Rastriya Parishad Earlier, the relationship between the two was marked with lack of harmony interspersed with hostility at times.

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नेपालका तमू (गुरुङ) जातिको एकमात्र राज्यबाट मान्यता प्राप्त आधिकारिक छाता तथा राष्ट्रिय सामाजिक संगठन हो।

थप 👉 www.tamuhyula.org.np Our organization, Tamu Hyula Chhonj Dhin Gurung Rastriya Parishad (The National Council House of Tamu) was established on 2065 BS (2009 AD), with its head office based in Kathmandu. It is an independent, non-governmental, non

-profit and apolitical organization devoted to the upliftment of the Gurungs through the enrichment of their language, culture, ‘Tamu pye-Tan, Lhu-Tan’, and economy. This is an umbrella organization under which more than 65 district committees and over 60 independently registered Gurung organizations are working actively in collaboration with like-minded organizations both within the country and abroad. The birth of Tamu Hyula Chhonj Dhin Gurung Rastriya Parishad was the result of a resolution, the Chitwan Declaration 17 Chaitra 2065 BS (30 May 2009), this itself an outcome of the historic Tamu National Unification General Convention held in Chitwan from 15-17 Chaitra 2065 BS (28 to 30 May 2009 AD). It saw the merging of the two national level Gurung organizations, the Tamu Chhonj Dhin 2049 BS (1992 AD) and the Gurung (Tamu) Rastriya Parishad 2057 BS (2000 AD) into one entity to better serve the interests of Gurungs. At this Convention both the organizations, burying their past hatchets, came to an understanding and realized the need and importance of a unified Tamu entity. Thus, these two organizations agreed to come together under one central leadership to better serve as the umbrella organization for all the other Gurung organizations.

९ फागुन/ चितवन, सौराहामा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा तमू (गुरुङ) भाषा शिक्षणमा एक वर्षे (Post Graduate Diploma...
21/02/2026

९ फागुन/ चितवन, सौराहामा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा तमू (गुरुङ) भाषा शिक्षणमा एक वर्षे (Post Graduate Diploma Education in Gurung Language Teaching PGDEGLT) उत्तर स्नातक पाठ्यक्रम तर्जुमा कार्यशाला गोष्ठी-२ तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा आज र भोलि दुइ दिन हुने ।
अध्यक्ष श्री धनमान गुरुङको अध्यक्षता एवं स्वागत तथा महासचिव श्री राजु गुरुङको संचालनमा शुरुवात । यो कार्यशाला चितवनमा गर्नका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, चितवन जिल्ला कार्यसमितिको अनुरोधमा भएको थियो ।

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
10/02/2026

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

१७ माघ/  आज संस्थाको आयोजनामा "तमू क्युई र खेमा लिपी सम्बन्धी" राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम केन्द्रिय कार्याल...
31/01/2026

१७ माघ/ आज संस्थाको आयोजनामा "तमू क्युई र खेमा लिपी सम्बन्धी" राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम केन्द्रिय कार्यालय, काठमाडौंमा भाषा आयोगका माननीय डाक्टर श्री पुष्करराज भट्टज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सोहि अवसरमा मुख्य प्रशिक्षक तथा खेमा लिपि प्रमुख अभियन्ता श्री भिम गुरुङबाट सम्पुर्ण प्रशिक्षक प्रशिक्षार्थीलाई एक दिने प्रशिक्षण कार्य भयो । उक्त अवसरमा तमू क्युई र खेमा लिपीको लागि अभियन्ताको रुपमा निरन्तर योगदान दिनुहुने श्री भिम गुरुङ, श्री ठाकुरजंग गुरुङ, श्री देवकुमार सुनुवार, श्री डम्बर बहादुर गुरुङ, श्री पोबिन्द्र गुरुङ, श्री तेज चहाक्ली गुरुङ, श्री खिमा गुरुङ, श्री शान्ति गुरुङ, श्री सरिता गुरुङ, श्री देवराज गुरुङ, श्री गीरमान गुरुङ र श्री सिता त्होर्जे गुरुङलाई फेटा र क्रमुले सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमलाई श्री पोबिन्द्र गुरुङ, श्री खिमा गुरुङ, श्री देवकुमार सुनुवार र प्रमुख अतिथिवाट मन्तव्य व्यक्त भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष श्री धनमान गुरुङबाट र कार्यक्रम औचित्य सहित स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष श्री डम्बरबहादुर गुरुङबाट भएको थियो भने महासचिव अधिवत्ता श्री राजु गुरुङबाट कार्यक्रमको संचालन रहेको थियो ।

तमू समुदायको संस्थागत विकासमा आजको दिनमा ऐतिहासिक कार्यको शुरुवात, "तमू (गुरुङ) भाषा शिक्षणमा एक बर्षे (Post Graduate Di...
30/01/2026

तमू समुदायको संस्थागत विकासमा आजको दिनमा ऐतिहासिक कार्यको शुरुवात,
"तमू (गुरुङ) भाषा शिक्षणमा एक बर्षे (Post Graduate Diploma Education in Gurung Language Teaching - PGDEGLT) उत्तर स्नातक" पाठ्यक्रम तर्जुमा कार्यशाला गोष्ठी-१ शुरूवात । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा भैरहेको यस महान कार्यमा संलग्न सबै विज्ञ सदस्यज्यूहरूमा सत् सत् नमन 🙏🙏🙏. साथै आजको कार्यशालामा सहजिकरण गरिदिनु भएकोमा काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डाक्टर श्री लिना गुरुङ र यस किसिमको कार्यको अनुभव आदानप्रदान गरिदिनुभएकोमा भाषाविद् श्री अजितमान तामाङ र किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष श्री प्रेम येक्तेन लिम्बुज्यू र आयोजना व्यवस्थापनमा महत्वपुर्ण सहकार्य गर्नुहुने तमू धीं दक्षिण कोरिया, तमू धीं ख्यङ्साङनाम्दो शाखा र तमू धीं थेगु शाखाप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

मेरो फेसबुकमा जोडिनु भएको सम्पूर्ण तमूहरुलाई "अन्तर्राष्ट्रिय तमू(गुरुङ) परिषद ७औं स्थापना दिवस तथा सचिवालय घोषणा कार्यक...
19/10/2025

मेरो फेसबुकमा जोडिनु भएको सम्पूर्ण तमूहरुलाई "अन्तर्राष्ट्रिय तमू(गुरुङ) परिषद ७औं स्थापना दिवस तथा सचिवालय घोषणा कार्यक्रम" मा हार्दिक निमन्त्रणा गर्दछु। तपाईं हरु Zoom मार्फत यस कार्यक्रममा सहभागी सकिन्छ।

नोट: Zoom मा अधिकतम ३०० जना सहभागी हुन सक्छन्।

📢📋 कार्यक्रम विवरणहरू:
✅ 🗓️ मिति: २०८२ कार्तिक २, आइतबार (19 Oct 2025, Sunday )
✅ ⏰ समय: बेलुकी ६ बजे
✅ Zoom ID: 88686418567
✅ Passcode: 973505

22/06/2025
दिन १ - उद्घाटन समारोह : तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको ५औं राष्ट्रिय महाधिवेशन को उद्घाटन समारोहका केहि मीठ...
06/06/2025

दिन १ - उद्घाटन समारोह : तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको ५औं राष्ट्रिय महाधिवेशन को उद्घाटन समारोहका केहि मीठो क्षणहरु 🥰🙏

📢तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन द्वारा निर्वाचित कार्यसमिति द्वारा २० बुँदे घोषणाप...
06/06/2025

📢तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन द्वारा निर्वाचित कार्यसमिति द्वारा २० बुँदे घोषणापत्र जारी

https://tamuhyula.org.np/news/20-points-manifesto/

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन द्वारा निर्वाचित कार्यसमिति द्वारा २० बुँ...

हिजो वैशाख २२ गते केन्द्रिय कार्यालयमा गैर आवासीय नेपाली सघको अन्तर्राष्ट्रिय समन्वय परिषद (सन २०२५-२०२७) को लागि सर्वसम...
06/05/2025

हिजो वैशाख २२ गते केन्द्रिय कार्यालयमा गैर आवासीय नेपाली सघको अन्तर्राष्ट्रिय समन्वय परिषद (सन २०२५-२०२७) को लागि सर्वसम्मत रुपमा तमू (गुरुङ) समुदायको सन्तान श्री जुनु गुरुङ (दक्षिण कोरिया) महिला उपाध्यक्षमा र श्री प्रेम गुरुङ (बेल्जियम) युरोप क्षेत्रीय संयोजकमा निर्वाचित हुनुभएकोमा तमू (गुरूङ) जातिको एकमात्र आधिकारिक छाता, राष्ट्रिय संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदबाट स्वागत तथा सम्मान कार्यक्रम गरियो । सोही अवसरमा नेपाल तमू (गुरुङ) विधार्थी छोंज धीं, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय महिला परिषद, तमू (गुरुङ) कलाकार संघबाट समेत स्वागत तथा सम्मान भएको थियो । उक्त अवसरमा एनआरएनका पूर्व महासचिव श्री जानकी गुरुङ र सल्लाहकार श्री तिलक गुरुङ (हङकङ) को विशेष उपस्थिति रहेको थियो । त्यसैगरी दक्षिण कोरिया एनआरएन राष्ट्रिय अध्यक्ष श्री बिपिनकुमार गुरुङ र पुर्व अध्यक्ष श्री लक्ष्मी गुरुङलाई पनि स्वागत तथा सम्मान कार्यक्रम गरियो ।

यस संस्थाको मिति २०८२ जेठ १० देखि १२ गतेसम्म काठमाडौमा हुने 'पाँचौ राष्ट्रिय महाधिवेशन' भव्यताका साथ सफल पारौं ।
24/04/2025

यस संस्थाको मिति २०८२ जेठ १० देखि १२ गतेसम्म काठमाडौमा हुने 'पाँचौ राष्ट्रिय महाधिवेशन' भव्यताका साथ सफल पारौं ।

Address

Manoram Marg, Mitranagar, Gongabu
Balaju

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851343044

Alerts

Be the first to know and let us send you an email when Tamu Hyula Chhoj Dhin Gurung Rastriya Parishad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamu Hyula Chhoj Dhin Gurung Rastriya Parishad:

Share