28/08/2026
एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!
यही आउँदो शनिबार, भाद्र १३ गते, २०८३ साल (29th August, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला ।
शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१
(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)
आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/
सबैको मंगल होस्। 🙂