National Resource center on deafblindness in Nepal

Call Directions

National Resource center on deafblindness in Nepal The National Resource center on Deafblindness (NRCB) -Nepal is a unique concept to bring all the sta

15/10/2026

Happy Dashain to you all..

सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र होइन। यो दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्रता, आत्मसम्मान, आत्मविश्वास र सुरक्षित...
15/10/2026

सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र होइन। यो दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्रता, आत्मसम्मान, आत्मविश्वास र सुरक्षित आवागमनको अधिकारको प्रतीक हो।

विश्व सेतो छडी दिवसको अवसरमा सार्वजनिक स्थान तथा यातायातलाई पहुँचयुक्त बनाऔँ, दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्रताको सम्मान गरौँ र सबैले समान रूपमा समाजमा सहभागी हुन पाउने वातावरण निर्माण गरौँ।

पहुँच सुविधा होइन, अधिकार हो।
The white cane is more than a mobility tool. It represents independence, dignity, confidence and the right of persons with visual disabilities to move freely and safely.

On World White Cane Day, let us promote accessible public spaces, respect the independence of persons with visual disabilities, and work towards a society where everyone can travel safely and participate equally.

Accessibility is a right, not a favour.

#विश्वसेतोछडीदिवस #पहुँचयुक्तसमाज #समावेशीसमाज

Had a great discussion on SRHR aspect of deafblind people..Thanks to Blind Youth Associatio (BYAN) for the leading the d...
12/10/2026

Had a great discussion on SRHR aspect of deafblind people..Thanks to Blind Youth Associatio (BYAN) for the leading the discussion with deafblind youths, parents and people working in the sector.

08/10/2026

Learning in the way you communicate is fun... The video showcases how deafblind people are learning in Nepal.

Lets join the hand together..
08/10/2026

Lets join the hand together..

Positive news on personal assistant and support provision.  व्यक्तिगत सहयोगी सम्बन्धि सकारात्मक पहल |
08/10/2026

Positive news on personal assistant and support provision. व्यक्तिगत सहयोगी सम्बन्धि सकारात्मक पहल |

पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

काठमाडौँ। पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा आवश्यक व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको नेतृत्वमा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मै यससम्बन्धी अध्ययन सम्पन्न गरी आवश्यक व्यवस्था अघि बढाउने तयारी गरेको हो।

मन्त्रालयले व्यक्तिगत सहयोगी सेवाको व्यवस्थालाई पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको स्वतन्त्र जीवनयापन, आत्मसम्मान, अधिकार संरक्षण र सामाजिक समावेशीकरणसँग जोडिएको महत्वपूर्ण विषयका रूपमा अघि बढाएको छ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ को नियम ९ मा सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्था छ। सोही व्यवस्थाअनुसार मन्त्रालयले यसअघि नै व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी २०८० पुस १८ गते अर्थ मन्त्रालयमा रायसुझावका लागि पठाएको थियो। तर स्पष्ट राय प्राप्त हुन नसकेपछि कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन। अब चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार व्यक्तिगत सहयोगी सेवा सामान्य सहायता वितरणको विषय मात्र होइन। पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिले आफ्नो दैनिक जीवन आफ्नै निर्णय र नियन्त्रणमा सम्मानपूर्वक सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु यसको मुख्य उद्देश्य हो। त्यसका लागि सेवा आवश्यक पर्ने व्यक्तिको अवस्था, सेवा प्रदायकको भूमिका, सेवा सञ्चालनको मापदण्ड, आर्थिक दायित्व र कार्यान्वयनको प्रभावकारितालगायत विषयमा अध्ययन गरी स्पष्ट व्यवस्था गरिनेछ।

अपाङ्गता सेवाका लागि डिजिटल तथ्याङ्क प्रणाली बलियो बनाउँदै

व्यक्तिगत सहयोगी सेवा आवश्यक पर्ने व्यक्तिको पहिचान र आवश्यकता मूल्याङ्कनका लागि मन्त्रालयले अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (DMIS) लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (SIMS) मा पूर्ण रूपमा एकीकृत गरेको जनाएको छ। प्रणालीलाई देशका सबै ७५३ स्थानीय तहमा विस्तार गर्ने काम भइरहेको छ।

एकीकृत प्रणालीबाट अपाङ्गता पहिचान, परिचयपत्र वितरण, डिजिटल अभिलेख तथा तथ्याङ्क व्यवस्थापन थप व्यवस्थित हुने र उपलब्ध तथ्याङ्कका आधारमा आवश्यक सेवा तथा स्रोत व्यवस्थापन गर्न सहज हुने मन्त्रालयको अपेक्षा छ।

मन्त्री सिता बादीको नेतृत्वमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिलाई परिवार वा समुदायबाट अलग राख्ने नभई आवश्यक सहयोगसहित सम्मानपूर्वक, सुरक्षित र स्वतन्त्र जीवनयापन गर्न सक्ने वातावरण निर्माणलाई प्राथमिकतामा राखेको छ। व्यक्तिगत सहयोगी सेवा कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिका संस्था, स्थानीय तह, प्रदेश सरकार, सम्बन्धित निकाय तथा विज्ञसँग परामर्श गरी आवश्यक कानुनी र संस्थागत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ।

के तपाई श्रवणदृष्टि विहीनतालाई बुझ्न चाहनु हुन्छ ? कृपया यो लिंकमा गएर थप जानकारी लिनु होला | Do you want to learn more ...
08/10/2026

के तपाई श्रवणदृष्टि विहीनतालाई बुझ्न चाहनु हुन्छ ? कृपया यो लिंकमा गएर थप जानकारी लिनु होला | Do you want to learn more about Deaf blidness then please get through the link:

यो पेजमा श्रवणदृष्टि विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पन....

23/09/2026

Happy International Day of Sign languages 2026 !

Solidarity and let's join the event happening in different part of nepal..international day of sign languages..
23/09/2026

Solidarity and let's join the event happening in different part of nepal..international day of sign languages..

CADiR (SIGNO Partnership Project) को पहिलो दिनको प्रारम्भिक (Inception) बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरू, परियोजनाका...
10/07/2026

CADiR (SIGNO Partnership Project) को पहिलो दिनको प्रारम्भिक (Inception) बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरू, परियोजनाका कर्मचारी तथा बोर्ड सदस्यहरूसँग एकै ठाउँमा बसेर आगामी चार वर्षको साझा यात्रा र सहकार्यको सुरुवात गर्न पाउँदा गौरव र खुशी लागेको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी विकास र दिगो परिवर्तनका लागि हाम्रो सामूहिक प्रतिबद्धता अझ सशक्त बनोस् भन्ने शुभकामना।
It was a privilege to meet with partner organisations, project staff, and Board members as we officially launched this collaborative journey towards advancing disability rights and inclusive development in Nepal-CADiR (SIGNO Partnership Project)

Federation of the Deaf Nepal - NDFN
of Deafblind Parents Rupandehi
Association Kailali

Address

Ranibari
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714435514

Website

Alerts

Be the first to know and let us send you an email when National Resource center on deafblindness in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share