28/05/2026
उपस्थितिको लागु अनुरोध !
**********************
रजान समूहमा एउटा दुखद खबर,
सोलुखुम्बु, बागम निबासी श्री सरदमान रजान मगर तथा श्रीमती बिष्णु मायाको छोरा रमेश कुमार रजान मगर (४२ वर्ष) को यही मिति २०८३/०२/०९ गतेका दिन सोलुखुम्बु खुम्बुको पाङ्बोचे क्षेत्रमा श्रमिक काम गर्ने क्रममा अचानक प्रेसरको कारण बिरामी भै गम्भिर अबस्थामा काठमाडौंमा हेलिकप्टर मार्फत ल्याई अन्नपूर्ण हस्पिटल माइतीघरमा उपचारका क्रममा हिजो दिउँसो दुखद निधन भएको खबरले सम्पूर्ण रजान परिवार दुःखी बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।
हाल शबलाइ टिचिङ अस्पतालमा राखिएको र आज बिहान ९.०० बजेपछि पोष्टमार्टम गर्ने र त्यस पश्चात पशुपति आर्यघाटमा आज १४ गते मध्यन्हा ११/१२ बजे तिर दाहासस्कार गरिने भएकोले सबैजनालाइ उपस्थितिका लागि आफन्त नातेदार शुभचिन्तक हरुलाई सुचित गरिन्छ ।
सम्पर्क- रोसन रजान मगर (छोरा) -
9741 894444
तथा, प्रेम रजान मगर बागम, -
9769 384433