GenZ Parbat

GenZ Parbat GenZ is a community for the Generation-Z sharing news, trends, culture, memes and voices of Nepali youth.

Connecting GenZ with ideas, inspiration, and opportunities.

पर्वत जिल्लाका जनता आज फेरि एउटा गम्भीर मोडमा उभिएका छन्…अब हामीलाई नेता चाहिएको हो कि सच्चा अभिभावक?वर्षौंदेखि आश्वासन ...
20/04/2026

पर्वत जिल्लाका जनता आज फेरि एउटा गम्भीर मोडमा उभिएका छन्…

अब हामीलाई नेता चाहिएको हो कि सच्चा अभिभावक?
वर्षौंदेखि आश्वासन धेरै सुनियो…
तर प्रश्न एउटै छ
परिवर्तन खोइ?
के चुनाव आउँदा मात्र हात जोड्ने नेता चाहिएको हो?
कि चुनावपछि पनि जनताको ढोका ढकढक्याउने मेयर चाहिएको हो?
के भाषणमा सपना बेच्ने नेतृत्व चाहिएको हो?
कि काम गरेर परिणाम देखाउने साहसी व्यक्ति चाहिएको हो?
पर्वतलाई अब झुटो नारा होइन, स्पष्ट योजना चाहिएको छ।
पर्वतलाई अब गफ होइन, गति चाहिएको छ।
पर्वतलाई अब स्वार्थी राजनीति होइन, सेवाभाव भएको नेतृत्व चाहिएको छ।
युवा किन विदेशिन बाध्य छन्?
यहाँ रोजगारी सिर्जना कसले गर्ने?
किसानको पसिनाको मूल्य किन छैन?
उनीहरूको सम्मान कसले जोगाउने?
बिरामी हुँदा उपचारका लागि भौतारिनुपर्ने अवस्था किन छ?
स्वास्थ्य सेवा सहज कसले बनाउने?
अब पर्वत जिल्लाले कुर्सीको मालिक होइन, जनताको सेवक खोजिरहेको छ।
अहंकार होइन, उत्तरदायित्व बोकेको नेतृत्व खोजिरहेको छ।
जनताको आँसु बुझ्ने, युवाको सपना देख्ने, विकासलाई गति दिने नेतृत्व…
अब को स्थानीय तहमा कस्तो नेतृत्व आउँछ?
अब समय आउदै छ…
जनताले फैसला गर्ने समय।
पर्वतको भविष्य अब कसलाई दिने?

तपाईंहरूको नजरमा त्यस्तो व्यक्ति को छ???????

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when GenZ Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share