राष्ट्रिय पिछ्डावर्ग महासंघ : Federation of National Pichhdabarg

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय पिछ्डावर्ग महासंघ : Federation of National Pichhdabarg

राष्ट्रिय पिछ्डावर्ग महासंघ : Federation of National Pichhdabarg Federation of National Pichhdabarg is the umbrella organisation of all the backward classes including Dalit, Janjati and Other Backward Classes (OBC) of Nepal.

"National Backward Classes (OBC) Federation" is the umbrella organisation of the OBCs (Other Backward Classes) of Nepal. OBC means those lower classes who do not fall under the Dalit/Aadibasi/Janajati category but their Education as well as Socio-Economic condition is very poor in terms of International Human Development Index. There are around 50 casts have been identified so far as OBC populatio

n of which are estimated over 19% of the total population of the country. Casts included in OBC are:-
Kushavaha, Kurmi, Kumhar, Kahar, Kewat, Kanu, Kalawar, Kamar, Teli, Nuniya, Baniya, Barai, Badhai (Barahi), Bhedihar, Mali, Mallah, Musalman, Yadav, Rajbhar, Rajdhov, Rauniyar, Lohar, Lodh, Sudi, Sonar, Hajam, Haluwai, Amat, Kewarat, Binna, Jogiya, Kalal, Vaishya (Kamalapuri), Patanwar, Kalabanjar, Bot, Kathbaniya, Chanau, Kamakar, Lahera.

31/07/2026

A telephone interview I gave to Capital TV HD regarding the Hindu-M...

राष्ट्रिय पिछडावर्ग महासंघको सुनसरी घटना सम्बन्धमा प्रेस वक्तव्य यही साउन १० गते राती सुनसरीको देवानगंज-३, कप्तानगंजबाट ...
29/07/2026

राष्ट्रिय पिछडावर्ग महासंघको सुनसरी घटना सम्बन्धमा प्रेस वक्तव्य

यही साउन १० गते राती सुनसरीको देवानगंज-३, कप्तानगंजबाट शुरु भएको हिन्दु-मुस्लिम झडप अहिले देशभर फैलिसकेको छ । घटनामा देश, समाजका एउटा होनहार २४ वर्षीय युवा ओम‌प्रकाश मेहताको ज्यान गएको छ भने अन्य आठ जनालाई गोली लागेको छ । साथै, दुई पक्षबीचको झडपमा परी दुवैतर्फ दर्जनौं घाइते भएका छन् ।
सर्वप्रथम मृतक ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यस विकट परिस्थितिमा सबैलाई धैर्यधारण गरी घटनामा शुरुदेखि संलग्न व्यक्ति, प्रहरी, प्रशासन जो सुकैलाई पनि अनुसन्धानको दायरामा ल्याएर अर्थात् गिरफ्तार गरी व्यक्ति हत्या, सांगठनिक अपराध, लुटपाट, कुटपीट, सार्वजनिक अपराध जस्ता प्रकृतिको अपराधिक मुद्दामा कारवाही गरी‌ हदैसम्मको सजाय दिलाउन पहल गर्न‌ सरकारसंग माग गर्दै सरकारले हत्यामा संलग्नलाई जन्मकैदसहित सर्वस्वहरण जस्तो कडा सजायको लागि पहल गर्न आग्रह समेत गर्दछौं । साथै, मृतक मेहताको परिवारलाई क्षतिपूर्ति र सम्मान तथा घाइतेहरूको नि: शुल्क उपचार र अंगभंग हुनेहरूलाई आजिवन सुविधा/विशेष जीवन निर्वाह भत्ताको माग गर्दछौं ।
यसका साथै एउटै गाउँ समाजमा मिलेर बसेका जातिय, धार्मिक समुदायमा तिक्तता उत्पन्न गराउने तत्वलाई दुवै पक्षले खोजी गरी त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउनु पर्दछ । देवानगंजमा भएको अहिलेको घटनामा पनि स्थानीयभन्दा बाहिरवालाको संलग्नता रहेका कतिपय‌ संकेतहरू देखिएकाले अनुसन्धान गहिरो र निष्पक्ष रुपमा हुनु अनिवार्य देखिन्छ । यसअघि भएका यस्तै प्रकृतिका घटनाको कुनै ठोस र प्रभावकारी अनुसन्धान, छानबीन नहुदाँ तथा दोषीले कुनै कडा सजाय नपाउँदा यह किसिमका घटना दोहोरिदैँ, तेहरिदैँ पटके हुन थालेका छन् ।
यसलाई पुनः दोहोरिन नदिन र घटनाको सत्यतथ्य बाहिर ल्याएर कारवाही गर्न सर्पवक्षीय उच्च स्तरीय छानबीन र जाँचबुझ आयोग गठन गरी अगाडी बढ्न सरकारलाई आग्रह गर्दछौं ।
साथै, आर्थिक, सामाजिक, राजनीतिक रुपमा पछाडी परेका/पारिएका हामी पिछडा समुदाय आफ्नो उन्नति, प्रगति र समृद्धिको लागि लड्नुपर्नेमा हामी कसैको राजनीतिक गोटी बन्नु हुँदैन्, कसैको लागि प्रयोग हुनुहुदैँन् भन्नेतर्फ सचेत भएर भोलि फेरी एउटै टोल समाजमा बस्नुपर्ने भावना र सोचका साथ टोल समाजका अगुवा, बुद्धिजीवी, अभिभावक, यूवा नेतृत्वमा एक ठाउँमा बस्न आग्रह गर्दछौं । भोलीका दिनमा यस किसिमका संभावित घटना वा विवादलाई निराकरण गर्न सर्वपक्षीय/सर्वजातिय टोल समिति गठन गर्न समेत निवेदन गर्दछौं ।
यसका लागि सबै पक्ष एक ठाउँमा बसौं, निकास खोजौं र भविष्यका लागि सचेत बनौं । होइनभने, मर्ने हामी नै हुन्छौं, घाइते हामी नै हुन्छौं र क्षति पनि हाम्रै‌ हुनेछ । हामी माथि शासन गर्ने, सिंहदरबारमा राज गर्नेहरूको केही बिग्रनेवाला छैन् । उनीहरु हाम्रै कमजोरी, असंतोष र अमिलनको फाइदा उठाउँदै फेरी फेरी सिंहदरबारबाट शासन गर्नेछ र हाम्रो शोषण गरिराख्ने छन् । तसर्थ, हामी आफैं सचेत बनौं, सतर्क‌ होऔं र होसियारी देखाऔं ।
- जय‌ ओबीसी ।

कौशल कुमार सिंह
अध्यक्ष
9851133861

13/07/2026

Capital TV HD मा समसामयिक विषयमा पिछडावर्ग (OBC) का अध्यक्ष श्री कौशल कुमार सिंहजीसंग भएको फोन संवाद

06/07/2026
05/07/2026

ध्वनी प्रदुषणबारे राष्ट्रिय पिछडावर्ग (OBC) महासंघका अध्यक्ष श्री कौशल कुमार सिंहजी

पिछडावर्ग ( ) को बारे समाचार
29/06/2026

पिछडावर्ग ( ) को बारे समाचार

काठमाडौं । पिछडावर्ग (OBC) का अधिकार र पहिचानका विषयमा संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघले आफ्नो आन्दोलनलाई थप स...

पिछडावर्ग OBC बारेको समाचार
29/06/2026

पिछडावर्ग OBC बारेको समाचार

काठमााडौं, १५ असार । नेपालको जनसंख्याको‌ १५ प्रतिशतभन्दा बढिको संख्या रहेका पिछडावर्ग (OBC) को अधिकार, पहिचानका लाग....

29/06/2026

पिछडावर्ग (OBC) को संघर्षमा जाने तयारी

काठमाडौं, असार १५ । नेपालको जनसंख्याको‌ १५ प्रतिशतभन्दा बढिको संख्या रहेका पिछडावर्ग (OBC) को अधिकार, पहिचानका लागि संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघको हिजो आइतवार काठमाडौंको शान्तिनगरमा महासंघका अध्यक्ष कौशल कुमार सिंहको अध्यक्षता बसेको बैठकले पिछडावर्ग (OBC) को माग मुद्दालाई राज्यबाट कसरी संबोधन गराउने र यसका लागि अब कसरी अगाडी बढने विषयमा गम्भिर ढंगले छलफल भएको महासचिव सिएन खड्गाले जानकारी दिएका छन् ।
बैठकमा महासंघका पदाधिकारीहरु, विभिन्न जातीय संगठनका प्रतिनिधिहरूका साथै पिछडावर्ग (OBC) का बुद्धिजीवी, प्राध्यापक, कानूनविद, व्यवसायी तथा युवाहरूको सहभागिता थियो ।
बैठकमा पिछ्डावर्ग को अधिकारका लागि भएका संघर्ष र उपलब्धिमाथि समीक्षा हुनुका साथै आगामी कार्यदिशा र त्यसमा देखिने चुनौतीहरूबारे विस्तृत चर्चा गर्दै पिछ्डावर्ग (OBC)को संघर्षलाई अगाडि बढाउनका लागि विभिन्न समितिहरू गठन गर्ने सहमति भएको महासचिव खड्गाले बताएका छन् । उनले यस सम्बन्धमा आवश्यक गृहकार्य सहित यसै साता पुनः बैठक बसी निर्णय गरिने सहमति भएको बताए ।
पिछडावर्ग (OBC) मा कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, तेली, नुनिया, बनियाँ, बढई, भेडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, सैनी, बिन, जोगिया, लहेरा/लहेरी, बेल्दार, नट/नटवा, कलाबाज, कथबनिया, अरख, भुर्जी, राजी, खैराह/गुज्जर, पटवा, चनऊ, कलाल, बरई, वोट, कशेरा/कशेरी, पटनवार, कमकर, कसोधन, मंगता/महाउत, चौहान, चाई आदी जातिहरु रहने राष्ट्रिय समावेशी आयोगको निर्णय रहेको छ ।
゚viralシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय पिछ्डावर्ग महासंघ : Federation of National Pichhdabarg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय पिछ्डावर्ग महासंघ : Federation of National Pichhdabarg:

Shortcuts

Share